Thursday, April 30, 2015

नेपालमा भुकम्प पिडितहरुको लागि बलिवुड र हलिवुड सेलिब्रेटीहरुको सहयोग

 

बिपत्तिमा परेका बेला सधै ठूलो सहयोग जरुरी पर्दैन् । कहिलेकाहीं मायाका दुई शब्दले पनि मानिसलाई ठूलो राहत महसुस हुन्छ । बलिउड कलाकारहरुले पनि नेपालमा परेको यो बिपत्तिप्रति आ-आफ्नो ठाउँबाट साथ दिने कोसिस गरेका छन् ।

बलिउडकी कान्छी स्टार आलिया भट्टले त यतिबेला सहयोग रकम संकलन अभियान नै थालेकी छिन् । उनले एक लाख भारतीय रुपैयाँ जम्मा गर्ने उद्देश्यसहित सामाजिक संजालमा सहयोग रकम संकलन अभियान थालेकी थिइन्, तर एकै दिन उनले अपेक्षा गरेभन्दा धेरै उठ्यो ।

बलिउड अभिनेता अमिताभ बच्चन र अक्षय कुमारले पनि सहयोगका लागि अग्रसरता देखाएका छन् । अमिताभले ट्वीट गर्दै आफूले सहयोग गर्न चाहेको तर सहयोग रकम जम्मा गर्ने आधिकारिक ठेगाना थाहा नभएको भन्दै सहयोग मागेका छन् ।

अक्षय कुमारले आफ्नो नयाँ फिल्मको पहिलो दिनको कमाई नेपालाई सहयोग गर्ने भन्ने भनाई सत्य नभएको भन्दै यस्तो पवित्र कार्यमा सहयोग गर्न फिल्म रिलिज कुर्नु नपर्ने बताएका छन् ।

आफू निर्माता नभएकाले फिल्मको कमाई दिने निर्णय आफूमा निहित नभएको भन्दै उनले आफू नेपाललाई सहयोग गर्न अग्रसर रहेको बताएका छन् ।

यस्तै प्रियंका चोपडाले नेपालका भूकम्पका तस्वीर हेरेर स्तब्ध भएको भन्दै सहयोगका लागि अपिल गरेकी छिन् ।

बलिउड अभिनेता बरुण धवनले प्रत्येक भूकम्प पीडित वालवालिकालाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेजले भूकम्प पीडित नेपाली वालवालिकालाई सहयोग गर्न आग्रह गरेकी छिन् । राष्ट्रसंघीय नियोग युनिसेफको कार्यमा हातेमालो गर्न उनले अपिल गरेकी छिन् ।

गत वर्ष उनी नेपाल आएकी थिईन् । नेपालगञ्ज र दाङ घुमेकी सेलेना वालवालिकाको क्षेत्रमा काम गर्दै आएकी छिन् ।


पशुपतिनाथलाई अहिले सम्म आएका ठुला ठुला भुकम्पहरुले असर पुराउन नसक्नुको कारणहरु

शनिबार गएको महाभूकम्पले काठमाडौंसहित करिब आधा नेपाल क्षतविक्षत बनायो । पाँच हजार बढी मानिसले ज्यान गुमाए । १० हजार बढी मानिस घाइते भए । लाखौं मानिस घरबार गुमाउन बाध्य भए ।शनिबार भूकम्पको झट्काले काठमाडौं र पशुपति मन्दिर आसपासमा वितण्डा मच्चाइरहँदा पशुपतिनाथको मन्दिर भने जस्ताको तस्तै खडा थियो । जुन बेला काठमाडौंमा भूकम्पले ताण्डब मच्चायो, सो समयमा पशुपतिनाथ मन्दिर परिसरमा सयौं भक्तजन दर्शन गरिरहेका थिए ।

पशुपतिनाथ परिसरमा रहेका भक्तजनले काठमाडौंको धर्ति काँपिरहँदा भोलेनाथले आफूहरुलार्इ नयाँ जिन्दगी दिएको प्रतिक्रिया दिएका छन् ।भूकम्पबाट पशुपतिनाथ जोगिएको यो पहिलो पटक होइन । वि.स. १९९० सालमा गएको ८.३ म्याग्निच्यूटको भूकम्प जाँदा पनि पशुपतिनाथको मन्दिरमा कुनै असर परेन ।

त्यसभन्दा अघि आएका करिब ४ वटा ठूला भूकम्पले पनि पशुपतिनाथको मन्दिरमा कुनै क्षति गर्न सकेन । वि.सं. १९९० सालको भूकम्पले धरहरासहितका काठमाडौंका अधिकांश मठमन्दिर ढलेका थिए । तर त्यसबेला पनि पशुपतिनाथको मन्दिरमा कुनै क्षति पुगेन ।

भूकम्पले काठमाडौंका देवीदेवताका सयौं मन्दिर र संरचना ध्वस्त भए । तर, काठमाडौंकै पशुपतिनाथको मन्दिरमा भूकम्पले अलिकति पनि क्षति पुर्याउन सकेन । भूकम्पले सुन्धाराको नौतले धरहरा पनि माटोमा मिल्यो । बसन्पुरमा रहेका काष्ठमण्डप, माजुदेवल, जोशीदेवल, कृष्ण मन्दिर, शिव मन्दिर, तलेजु भवानीको मन्दिर, पाटनका मन्दिर र साँखुका सबै मठमन्दिर ध्वस्त हुँदा पनि पशुपतिनाथको मन्दिरमा कुनै क्षति भएन ।

पशुपतिनाथको मन्दिर र केदारनाथको मन्दिर
भगवान पशुपतिनाथको मन्दिरमा सानो क्षति पनि नपुगेको देखेर धेरै मानिस आश्चर्यमा परेका छन् । यसअघि सन् २०१३ मा भारतको उत्तराखण्डमा आएको भीषण बाढी पहिरोमा केदरनाथको मन्दिरलार्इ क्षति नपुर्याएजस्तै यो पटक पशुपतिनाथको मन्दिर पनि त्यसैगरी जोगिएको छ ।

जुन २०१३ मा आएको प्रलयकारी बाढी पहिरोले भारतको उत्तराखण्डस्थित केदारनाथ आसपासको क्षेत्र सबै ध्वस्त भयो । तर, मन्दिरमा कुनै क्षति पुगेन ।

यो पटकको भूकम्पमा पशुपतिनाथसँग भएको यस्तै अद्भुत संयोगबारे सोच्न बाध्य पारेको छ । यी दुबै मन्दिरले यति ठूलो प्राकृतिक विपत्ति कसरी झेल्न सके ? यो प्रश्नको उत्तरको खोजीमा विज्ञहरुसमेत लागेका छन् ।

७.९ म्याग्निच्यूटको भूकम्ले धरहरा र अन्य दरबारसहितका ऐतिहासिक महत्वका संरचना ध्वस्त बनायो । पशुपतिनाथको मन्दिरमा भने कुनै क्षति नपुग्दा यसलार्इ कतिपयले चमत्कारकै रुपमा लिइरहेका छ्न् ।

काठमाडौंकै सबैभन्दा पुरानो मानिने पाँचौ शताब्दीको पशुपतिनाथ मन्दिर भूकम्पपछि पनि जस्ताको तस्तै खडा छ । भूकम्पपछि यो मन्दिरको पटक पटक निरीक्षण गर्दा यसमा कुनै क्षति नभएको पाइयो । आसपासका संरचना भूकम्प र पहिरोले क्षतविक्षत पार्दा यी दुर्इ मन्दिर कसरी जोगिए होलान् ? सबैको जिज्ञासाको विषय बनेको छ । सबैभन्दा पहिले काठमाडौंको पशुपतिनाथको चर्चा गरौं ।

पशुपतिनाथको मन्दिरको गर्भगृह करिब एक मिटर अग्लो पर्खालमाथि बनाइएको छ । मन्दिरको चार सुरको अधिकतम भागको निर्माणमा काठको प्रयोग गरिएको छ । पशुपतिनाथमा चारवटा ढोका रहेका छन् ।

पशुपतिनाथको मन्दिर प्रतस्थापित गरिएको ठाउँमा चुम्बकीय तरंग धेरै घना रहेको छ। शिवलिङ्ग यस्तो स्थानमा राखिएको छ, जहाँ चुम्बकीय तरङ्गको न्यूक्लियर सेन्टर रहेको विज्ञहरुको भनाइ छ ।

पशुपतिनाथको गजुरको केन्द्र शिवलिङ्गको केन्द्रको सिधामाथि पर्ने गरी स्थापित गरिएको छ । यीनै कारणले भूकम्पको असर धेरै कम हुने गरेको छ ।

मन्दिरको मिलेको चौकोस, हलुंगो छत, काठबाट जोडिएको खम्बा र बलियो जोडार्इका कारण यो मन्दिरलार्इ भूकम्पले केही गर्न नसकेको अर्को तर्क छ । मन्दिरको बाहिरी स्वरुप प्राकृतिक विपत्तिले कयौं पटक क्षति गरेपनि यसको गर्भगृह पौराणिक कालदेखि आजसम्म सम्पूर्णरुपमा सुरक्षित रहेको छ ।

यस्तो छ पशुपतिनाथको गर्भगृह
ज्योतिर्लिङ्ग केदारनाथको किम्बदन्ती अनुसार पाण्डवको स्वर्गप्रयाणका क्रममा भगवान शंकरले पाण्डवहरुलार्इ भैंसीको रुप धारण गरेर दर्शन दिएका थिए । त्यसपछि भगवान शंकर धर्तिमा समाहित भएका थिए ।

त्यसक्रममा भीमले उनको पुच्छर पक्रन पुगे । जुन स्थानमा धर्तीबाहिर उनको पुच्छर अड्कियो, सो स्थान केदारनाथका रुपमा कहलियो । अर्कातिर जहाँ धर्तिबाहिर उनको मुख प्रकट भयो, त्यो स्थान पशुपतिनाथका नाममा कहलियो । यो कथाको पुष्टि स्कन्दपुराणले पनि गरेको छ ।

पशुपतिनाथको गर्भगृहमा एक मिटर अग्लो चारमुखी शिव लिङ्ग स्थापित गरिएको छ । शिवलिङ्गको प्रत्येक मुखाकृतिको दायाँ हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु बोकिएको छ ।

प्रत्येक मुखले अलग-अलग गुण देखाउँछन् । पहिलो दक्षिण मुखलार्इ अघोर भनिन्छ । दोस्रो पूर्व मुखलार्इ तत्पुरुष भनिन्छ । तेस्रो उत्तर मुखलार्इ अर्धनारिश्वर वा वामदेव भनिन्छ । चौथो पश्चिमी मुखलार्इ साध्योजटाले पुकारिन्छ । माथिल्लो भागको निराकार मुखलार्इ ईशान भनिन्छ ।

मान्यतानुसार पशुपतिनाथ चतुर्मुखी शिवलिङ्गलार्इ चारधाम र चार वेदको प्रतिक मानिन्छ । यहाँ भैंसीको रुप धारण गरेका भगवान शिवको शिरभाग रहेको छ । जसको पुच्छरको भाग भारतको उत्तराखण्डस्थित केदारनाथ मन्दिरमा रहेका छन् ।

काठमाडौंको बागमती नदी किनारमा अवस्थित शुपतिनाथको मन्दिर सनातनधर्मका आठ सर्वाधिक पवित्र स्थलमध्ये एक रहेको छ । नेपाल र भारतका हिन्दू धर्मावलम्बीका लागि पशुपतिनाथ कति धेरै आस्था राख्छन् भन्ने कुराको यहाँ चर्चा गर्नै पर्दैन ।

भूकम्प गएकै दिन पनि धेरै भक्तजन पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए । अहिले पनि पशुपतिको दर्शन गर्न जाने भक्तजन उत्तिकै छन् ।भूकम्प पीडित नेपालीहरु शक्ति र आशिष माग्दै पशुपतिनाथमा पुग्ने क्रम रोकिएको छैन ।

(अन्नपुर्ण पोष्टबाट साभार)

Saturday, April 25, 2015

आगामी मे ३ तारिक आईतबार मनाङ् समाज जापान द्वारा "गोल्डेन सद्भाव बनभोज (बार्बिक्यु)" कार्यक्रमको आयोजना

आगामी मे ३ तारिक आईतबार 
मनाङ् समाज जापान द्वारा "गोल्डेन सद्भाव बनभोज (बार्बिक्यु)" कार्यक्रमको आयोजना गर्ने भएको छ I नेपाली नया बर्ष तथा गोल्डेन विकको अवसरमा शुभकामना आदान प्रदान र जापानमा भएका नेपालीहरु बीच एक आपसमा भाईचारा अभिबृद्धि  गर्ने हेतुले सो कार्यक्रमको आयोजना गरिएको सम्बन्धित पक्षले जानकारी गराए I 
कासाई रिन्काई कोएन(गत बर्ष तिर युथ क्लबले गर्ने स्थान)मा हुने उक्त बार्बिक्यु कार्यक्रम बिहान १० बजे बाट ४ बजे सम्म हुनेछ I कार्यक्रममा खानुको अलावा जापानमा भएको आफ्ना साथीभाई र इस्टमित्रहरु आपसमा भेटघाट गर्ने एक अवसर हुने र साथै बिबिध सांगेतिक र खेलकुद कार्यक्रम मार्फत भरपुर मनोरंजन लिने अवसर पनि मिल्ने भएकोले जापान बासी सम्पूर्ण नेपालीहरुलाई उपस्थिति जनाई कार्यक्रमलाई सफल पारिदिनु हुन मनाङ् समाज जापानका अध्यक्ष पेम्बा लामा ज्युले अपिल गर्नु भएको छ I 

नेपाल जापान युथ क्लबले आज बहुप्रतिक्षित नेपाली चलचित्र "रेशम फिलिली" प्रदर्शन गर्दै, प्रदर्शनबाट नेपालमा राहत उपलब्ध गराउने


टोकियो:- नेपाल जापान युथ क्लब द्वारा आज साँझ ५ बजे मेगुरो कुमिन सेन्टरमा हलमा बहुप्रतिक्षित नेपाली चलचित्र "रेशम फिलिली" प्रर्दशनको सम्पूर्ण कार्य तयारी भैसकेको कुरा कार्यक्रम संयोजक किरण थापा मगर र श्याम भट्टचनले जानकारी गराउनु भयो I 
टोकियोको प्रदर्शन 
लगत्तै गोल्डेन विकको अवसर पारेर ओसाका फुकुओका,निगाता,सिजउका,गुन्माकेन लगायत जापानका अन्य ठुला शहरहरुमा पनि प्रदर्शन गरिने र चलचित्र प्रदर्शनको केहि रकम हिजोको महाभूकम्प पिडित हरुको निम्ति राहत उपलब्ध गराउने कुरा क्लबका अध्यक्ष टाशी लामा ज्युले सहयात्री जापानलाई जानकारी गराउनु भयो I 
नेपालमा हिजो गएको महाभुकम्प बाट धन जनको क्षतिले क्लबलाई दुखित तुल्याएको र क्लबले यस्तो दैबी प्रकोपको बेला सक्दो आर्थिक सहयोग गर्ने अध्यक्ष लामाले बताउनु भयो I साथै उहाले यस्तो महाबिपत्तिको अवस्थामा जापान लगायत अन्य मुलुकमा बसोबास गर्ने नेपालीहरुले सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनुहुन अपिल पनि गर्नु भयो I 

Friday, April 24, 2015

बिश्वको सबै भन्दा खुसी मुलुक स्विटजरल्याण्ड , नेपाल १२१औं स्थानमा

 स्वीट्जरल्यान्ड विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ ।संयुक्त राष्ट्रसंघअन्तर्गतको ‘सस्टेनेवल डेभेलपमेन्ट सोलुसन नेटवर्क’ले निकालेको 
प्रतिवेदनअनुसार घडी र चक्लेटका लागि प्रसिद्धी कमाएको उक्त मुलुकका नागरिक सबैभन्दा खुशी  मानिएको हो ।

१० 
पूर्णाङ्क दिएर १५८ मुलुकमा गरिएको सर्वेक्षणमा ७ दशमलव ५८ नम्बरका साथ स्वीट्जरल्यान्डले लगातार तेस्रो वर्षपनि पहिलो स्थान कायमै राखेको हो । त्यसपछिका अरु मुलुकमा क्रमशः आइसल्यान्ड, डेनमार्क, नर्वे र क्यानडा रहेका छन् । यसैगरी, सबैभन्दा कम खुसी पाँच मुलकमा टोगो, बुरुन्डी, सिरिया, बेनिन र रुवान्डा छन् ।दक्षिण एसियामा भने भुटानले सबैलाई उछिनेको छ । सबैभन्दा खुुसी दक्षिण एसियाली मुलुक बन्नेक्रममा भुटान ५ दशमलव २५ नम्बरसहित ७९औं स्थानमा छ भने नेपाल ४ दशमलव ५१ नम्बरसहित १२१औं स्थानमा छ ।

पाकिस्तान ८१, बंगलादेश १०९, भारत ११७, श्रीलंका १३२ स्थानमा रहँदा अफगानिस्तान भने १५३ नम्बरमा रहेर कम खुसी देशको छैठौं स्थानमा छ । विश्वकै शक्तिशाली मुलुकहरु भने विश्वकै खुसी मुलुकको सूचीमा निकै तल छन् ।

विश्वकै पहिलो अर्थतन्त्रको अमेरिका १५, दोस्रो चीन ८४, तेस्रो जापान ४६ औं खुसी मुलुकमा छन् भने बेलायत २१औं स्थानमा रहेको छ ।

सदस्य राष्ट्रहरुको प्रतिव्यक्ति आय, स्वस्थ जीवनस्तर, भ्रष्टाचारको अवस्था र सामाजिक स्वतन्त्रता जस्ता विषयमा आधारित रहेर अध्ययन गरिएको उक्त संस्थाले जनाएको छ । (एजेन्सी) 

Wednesday, April 22, 2015

टोकियोमा "रेशम फिलिली" प्रदर्शन हुने मिति अप्रिल २६ तारिक आईतबार

आउँदो आईतबार अप्रिल २६ तारिक मेगुरो कुमिन सेन्टर हलमा बहुप्रतिक्षित नेपाली चलचित्र "रेशम फिलिली" प्रदर्शन  हुदैछ I नेपाल जापान युथ क्लब द्वारा प्रदर्शन  गर्न लागिएको उक्त चलचित्र साँझ ५ बजे बाट मेगुरो कुमिन सेन्टर हलमा प्रदशन हुन लागेको हो I 

 चलचित्रको "जालमा" बोलको गीत युट्युब मार्फत एका एक हिट र भाइरल बने पछि चलचित्रको चर्चा झन् आकाशियो जसको फलस्वरूप चलचित्रले प्रदर्शन अगावै लगानी सुरक्षित गर्न पनि 
सफल रहयो I 
 मादव वाग्ले द्वारा निर्मित र प्रणब जोशी द्वारा निर्देशित चलचित्रको मुख्य भूमिकामा बिनय श्रेष्ठ, कर्मा, कामेश्वर चौरासिया र मेनुका प्रधान रहेको छ I नेपालमा शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र टोकियोमा दुइ दिन पछि आईतबार प्रदर्शन हुन लागेको हो I उक्त चलचित्र टोकियोको प्रदर्शन पश्चात फुकुओका,नागोया,ओसाका लगायत जापानका अन्य शहरहरुमा पनि प्रदर्शनमा आउने कुरा सम्बन्धित पक्षले जानकारी गराए I 
चलचित्र कस्तो छ भन्ने कौतुहल मेटाउन र जालमा बोलको गीतको आधिकारिक भिडियो हेर्न टोकियोबासी नेपालीहरुलाइ २६ तारिक सम्म कुर्नु पर्ने नै हुन्छ I 


नोट :- टोकियोको प्रदर्शन पश्चात रेशम फिलिली मे ३ तारिक फुकुओका पनि प्रदशन हुदैछ 

Monday, April 20, 2015

"गोर्खाली रनिङ्ग कप २०१५"को बिजेता गोर्खाली फुटबल क्लब र उपविजेता नेपाल युनाईटेड

टोकियो:- हिजो १९ अप्रिल आईतबार टोकियोमा "गोर्खाली रनिङ्ग कप २०१५" नामक फुट्सल टुर्नामेन्ट सम्पन्न भयो I क्योदाई रेमिटेन्सको प्रायोजनमा गोर्खाली फुटबल क्लब र टोक्यो ब्रदर्सले संयुक्त रुपमा आयोजना गरेको उक्त रनिङ्ग कपको उपाधि आयोजक गोर्खाली फुटबल क्लबले जित्न सफल भएको छ I टोकियोको ओता कु स्थित अनामोरीईनारिमा रहेको टोक्यो बेय फुट्सल क्लबको खेल मैदानमा भएको उक्त टुर्नामेन्टमा २४ टिमले सहभागी जनाएको थियो I 
खेल पहिलो चरण लिगमा खेलाईएको थियो भने दोस्रो चरण बाट नक आउट आधारमा खेलाईएको थियो I
सेमीफाईनलका खेलहरु गोर्खाली फुटबल क्लब र सुबराशी फुटबल क्लब, नेपाल युनाईटेड र टोक्यो ब्रदर्स बीच प्रतिस्प्रधात्मक खेल भएको थियो I यी चार टिमबाट गोर्खाली फुटबल क्लब र नेपाल युनाईटेड फाइनलमा प्रवेश गरेका थिए I फाइनल खेलमा २ का बिरुद्ध ६ गोल गरि गोर्खाली फुटबल क्लबले नेपाल युनाईटेडलाई पराजित गरि उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका थिए I फाईनल खेलमा गोर्खाली फुटबल क्लबका तर्फ बाट अजय गुरुङ र बिशाल कार्की
ले तिन तिन गोल गर्न सफल भएका थिए भने नेपाल युनाईटेडका संगीत शाक्यले दुई गोल गरेका थिए I 
यसरि गोर्खाली फुटबल क्लब बिजेता बनि नगद २२२२२२ जापानी येन,ट्रफी,मेडल र प्रमाण पत्र हात पार्न सफल भए भने उपविजेता बनेको नेपाल युनाईटेडले नगद ९९९९९ जापानी येन,ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरे I 
यसै गरि सर्बोत्कृष्ठ खेलाडीको उपाधि गोर्खाली फुटबल क्लबका अजय गुरुङले प्राप्त गरे र सर्बोत्कृष्ठ गोलकिपरको उपाधि पनि गोर्खालीकै कुश कार्कीले प्राप्त गरे I तेसै गरि अत्यधिक गोल कर्ता नेपाल युनाईटेडका संगीत शाक्य ठहरि I
फाईनल खेल हुनु भन्दा अगाडी नेपाल जापान युथ क्लब र टोक्यो ब्रदर्स (सिनियर) बिचमा मैत्रीपुर्ण खेल पनि भएको थियो उक्त खेलमा टोक्यो ब्रदर्स (सिनियर) बिजयी भएको थियो I 
खेलको समापन कार्यक्रममा बिजयी खेलाडी हरुलाई जापानका लागि नेपाली राजदुत डा.मदन कुमार भट्टराईले पुरस्कार वितरण गर्नु भएको थियो I

Saturday, April 18, 2015

मिस नेपाल २०१५ को उपाधि इभाना मानन्धरले हात पारिन


यस वर्षको मिस नेपाल २०१५ को उपाधि इभाना मानन्धरले हात पारेकी छन्। शनिबार राजधानीको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिश्पर्धामा १८ युवतीलाई पछि पार्दै २३ वर्षेमानन्धरले उपाधि हात पारेकी हुन्।

उनले जजले सोधेको अबको १५ वर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उपाधि हात पारेकी हुन्। उनलाई अघिल्लो वर्षकी मिस नेपाल सुविन लिम्मुले ताज पहिर्याइदिएकी हुन्।

२० औं मिस नेपाल बन्नको लागि १९ जना प्रतिष्पर्धी सहभागी थिए।

हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताकी विजेता मानन्धरले मिस वल्र्ड नेपाल २०१५ को उपाधीसहित एकलाख रुपैंया पुरस्कार पाएकी छन्।

यस्तै फस्ट रनर्सअपको उपाधि दिब्यता वैद्यले हात पारिन उनले मिस नेपाल अर्थको उपाधि सहित ६० हजार रुपैंया र सेकेण्ड रनर्सअप भएकी मेधा कोइरालाले मिस नेपाल इन्टरनेसनलको उपाधि सहित ४० रुपैयाँ पाउएकी छन्।

मिस नेपालःइभाना मानन्धर ,फस्ट रनरअपःदिब्यता वैद्य,सेकेन्ड रनरअपः मेधा कोइराला,मिस ट्यालेन्टः पूजा श्रेष्ठ,मिस गस गर्लः इभाना मानन्धर,मिस बब्लीः निश्मा चौधरी,मिस फोटोजेनिकः दिव्यता वैद्य,मिस पपुलरः नुनिङ लिम्बु,स्कलर अफ द इयरःसुदीपा पाठक,बेस्ट कम्प्लेक्सनः निश्मा चौधरी,मिस इन्टेलेक्चुअलः इभाना मानन्धर,मिस फोटोजेनिकः दिव्यता वैद्य,मिस फ्रेन्डसिपः सोनु थापा मगर,मिस पर्सनालिटीः इभाना मानन्धर,ब्युटी विद् पर्पजः रेबिका क्षेत्री

Monday, April 13, 2015

टोकियोमा " World Peace From Lumbini"नामक शान्ति पदयात्रा सम्पन्न

टोकियो:-हिजो अप्रिल १२ तारिकको दिन  टोकियोको सिबुयामा नेपालीहरुको " World Peace From Lumbini"नामक शान्ति पदयात्रा सफलताका साथ सम्पन्न भयो I  
 सिबुया स्टेसन नजिक रहेको मियाशिता पार्क बाट सुरुवात भयको उक्त शान्ति पदयात्रामा करिब तिन सयको हाराहारीमा जापानबासी नेपालीहरुले उपस्थित जनायका थिए I पद यात्रामा सहभागी हुन साना साना नानी बाबु देखि जापानमा भएका विभिन्न सङ्ग संस्थामा समेत आबद्द व्यक्तित्वहरु तथा सर्बसाधारण व्यक्तिहरु र अल्प संख्यामा जापानीहरु समेत सहभागी भएका थिएI

नेपाल जापान युथ क्लब र वि फर अल दुई संस्थाको संयुक्त आयोजनामा गरिएको शान्ति पदयात्राको मूल उदेश्य भनेको जापानी समुदाय र जापानमा बसोबास गर्ने अन्य देशका नागरिकहरुलाई भगवान गौतम बुद्ध नेपालमा जन्मिनु भएको हो I अन्य देशमा होइन भन्नि सकारात्मक शन्देश दिनु थियो I 

पदयात्रामा विभिन्न जातजातिको आ आफ्नै सस्कृति झल्किने भेष भुषामा सजिएका व्यक्तिहरु नि प्रशस्तै 
देखियो I पदयात्रामा "Buddha was born in Nepal" लेखिएका ब्यानर र प्ल्ये कार्ड बोकेर नारा लगाईएको थियो I 





Thursday, April 9, 2015

फिफा बरियतामा नेपाल १८१औं स्थानमा भुटानले एतिहासिक फडको मारी १६३औं स्थानमा


बिश्व फुटवल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ फिफा बरियातामा नेपाल एक स्थान तल झरेको छ । यसअघि १ सय ८० औं स्थानमा रहेको नेपालले एक स्थान खस्किएको हो । दक्षिण एशियामा भुटानले ऐतिहासिक फड्को मार्दै ४६ स्थान सुधार गरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको बरियातामा दक्षिण एशियामा भुटानले ऐतिहासिक फट्को मारेको छ । यसअघि फिफा बरियाताको अन्तिममा रहेको भुटानले ४६ स्थान सुधार गर्दै  १ सय ६३ औं स्थानमा पुगेको छ । भुटान नेपालभन्दा १८ स्थान माथि छ । दुई साता अघि सम्पन्न बिश्वकप छनौटमा श्रीलंकालाई हराएर दोस्रो चरणमा पुगेपछि भुटानको फिफा बरियातामा उल्लेख्य सुधार आएको हो । दक्षिण एशियामा भुटान चौथो नम्बरमा आएको छ । श्रीलंकाले १ सय ८६ बरियाता पाएको छ । दक्षिण एशियामा अफगानिस्तान १ सय ३५ औं स्थानमा छ । त्यस्तै माल्दिभ्स १ सय ४१ औं स्थानमा छ ।
बिश्वकप छनौटमा नेपाललाई हराएर दोस्रो चरणमा पुगेको भारतले २६ स्थान सुधार गर्दै १ सय ४७ औं स्थानमा पुगेको छ । त्यस्तै बंगलादेश र पाकिस्तान क्रमसः १ सय ६७ औं र १ सय ७२ औं स्थानमा छन। फिफा बरियाताको शीर्ष र दोस्रो स्थानमा बिश्वबिजेता जर्मनी र उपबिजेता अर्जेन्टिना थयावत छन । कोलम्बियालाई पछि पार्दै बेल्जियम तेस्रो स्थानमा उक्लेको छ । ब्राजिल पाँचौं स्थानमा छ । त्यस्तै नेदरल्याण्ड छैटौं, पोर्चुगल सातौं, उरुग्वे आठौं, स्विटजरल्याण्ड नऔं र स्पेन दसौं स्थानमा छन ।   

Tuesday, April 7, 2015

नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच वार्षिक १ करोड ५५ लाख रुपैयाँको प्रायोजन सम्झौता

नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच वार्षिक १ करोड ५५ लाख रुपैयाँको प्रायोजन सम्झौता भएको छ। टेलिकमले सिनियर राष्ट्रिय पुरुष र महिला क्रिकेटका लागि कर कटाएर वार्षिक ८५ लाख तथा पुरुष ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि ७० लाख रुपैयाँ प्रायोजन गर्ने ३ वर्षे सम्झौता सोमबार भएको हो। 
दुवै पक्षको सहमतीमा हरेक वर्ष सम्झौता नवीकरण गरिने बताइएको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले सम्झौता पत्रमा हस्ताक्षर गरे। 

सम्झौता पछि पुरुष र महिला राष्ट्रिय टोली नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर भएका छन्। सिनियर टोलीलाई प्रायोजन गरिएको रकममध्ये क्यानले २५ प्रतिसत राष्ट्रिय खेलाडीलाई भत्ताको रुपमा उपलब्ध गराउनु पर्ने सर्त छ। 
यसैगरी क्यानले गर्ने ट्वान्टी–२० क्रिकेट नेपाल टेलिकम च्याम्पियनसिप ट्रफीका नाममा तीन वर्ष सम्म हुने छ। ट्रफी जित्ने टोलीले १० लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन। जुन घरेलु क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी हो। 
टेलिकमका प्रवन्ध निर्देशक आचार्यले छोटो समयमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको ख्याती बढाएकोले क्रिकेटलाई प्रायोजन गरेको बताए। उनले भने, ‘नेपालले गर्व गर्न सक्ने विषय खेलकुदमा क्रिकेट बनेको छ। क्रिकेट खेलाडीको जोस र सफलताको सम्मानस्वरुप हामीले सम्झौता गरेका हौं। सम्झौता पछि क्रिकेटले थप प्रगति गर्ने विश्वास लिएका छौं।'
उनले तीन वर्षपछि सम्झौता लम्बाउने टेलिकमको चाहना रहेको बताए। ‘हामी तीन वर्षपछि पनि यो सहकार्य निरन्तर होस भन्ने चाहन्छौं। क्रिकेट परिवारलाई अहिलेसम्म हासिल गरेको उपलब्धीका लागी धन्यवाद,' उनले भने, ‘अब क्रिकेटले समग्र रुपमा देशभरीनै यो खेलको विकास तर्फ ध्यान दिनु पर्छ।'

क्यानले नेपाली क्रिकेटको विकासका लागी थप योजना अगाडी ल्याए टेलिकमले थप सहयोग समेत गर्ने प्रबन्ध निर्देशक आचार्यले बताए। सम्झौताको तेस्रो वर्ष सम्झौता रकममा वृद्धि गरिने नेपाल टेलिकमले बताएको छ।  
सम्झौतापश्चात निर्देशक आचार्यले नेपाल टेलिकम लेखिएको नेपालको जर्सी राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई हस्तान्तरण गरे। सम्झौता कार्यक्रममा पुरुष र महिला राष्ट्रिय टोलीका केही खेलाडी उपस्थित थिए। राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषावकर, राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास, महिला टोलीकी पूर्व कप्तान निरा राजोपाध्याय, राष्ट्रिय खेलाडी सिता रानामगर लगायतका खेलाडी कार्यक्रममा सहभागी थिए। 
क्यानका कार्यवाहक अध्यक्ष कोइरालाले सम्झौतापछि नेपाली क्रिकेट नयाँ ढंगले अगाडी बढने बताए। उनले भने, ‘नेपाली खेलकुदमा महत्वपूर्ण सम्झौता भएको छ। टेलिकमसँगको सहकार्यले नेपाली क्रिकेटको विकासमा थप सहयोग गर्नेछ। क्रिकेटलाई प्रायोजन गरेकोमा टेलिकमलाई धन्यवाद।' सम्झौताले अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटलाई थप उपलब्धी हासिल गर्न हौसला थप्ने कोइरालाले बताए। 
क्यानकी प्रमूख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले टेलिकमको प्रायोजनबाट क्रिकेटमा भविष्य खोजिरहेका युवा खेलाडीलाई प्रोत्साहन मिल्ने बताइन। ‘राष्ट्रिय टोलीलाई टेलिकमले प्रायोजन गर्दा हामी खुशी छौं। यो भन्दा पनि ट्वान्टी–२० क्रिकेटको लागी भएको सम्झौताले हामीलाई अझ धेरै खुशी बनाएको छ,' उनले भनिन्, ‘सम्झौताले क्यानको आर्थिक अवस्था सुधार गर्न पनि सहयोग मिल्नेछ।' 

नेपाली नया बर्षको उपलक्ष्यमा टोकियोमा आयोजना गर्न लागिएको "गोर्खाली रनिङ्ग कप २०१५" फुटसल टुर्नामेन्टको खेल तालिका सार्बजनिक

आउँदो अप्रिल १९ तारिक 
आईतबार टोकियोकोमा "गोर्खाली रनिङ्ग कप" फुट्सल टुर्नामेन्ट हुन गैरहेको छ I टोकियोको ओता कु स्थीत अनामोरीइनारीको टोकियो बे फुट्सल क्लबको खेलमैदानमा हुन गैरहेको उक्त फुट्सल टुर्नामेन्ट जापानमा भएका टोक्यो ब्रदर्स,गोर्खाली समाज र क्योदाई रेमिटेन्स मिलि संयुक्त रुपमा आयोजना गर्न लागिएको हो I 
नेपाली नया बर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको "गोर्खाली रनिङ्ग कप २०१५" फुटसल टुर्नामेन्टको खेल तालिका सार्बजनिक गरिएको छ I टुर्नामेन्टमा कुल २४ टिमले सहभागिता जनाएको र खेलहरु तिन ओटा कोर्टमा खेलाईने कुरा सम्बन्धित पक्षले सहयात्री जापानलाई जानकारी गराए I  
सहभागि २४ टिमलाई A,B,C,D,E  F गरि ६ पोलमा बिभाजन गरिएको छ I प्रतेक पोलमा चार टिम रहनेछ पहिलो चरण अन्तर्गत प्रतेक टिमले आफ्नो पोलमा भएको बाकी तिन टिम संग लिग गेम खेल्नेछ,यसरि पहिलो चरण लिगको आधारमा खेलिसकेर अंकको आधारमा बिजेता टिम दोस्रो चरण(क्वाटर फाईनल)मा प्रवेश गर्नेछ I यसरि ६ पोलबाट बिजेता एक एक टिम गरि ६ टिम र बाकी रहेको १८ टिम मध्ये लिगमा उत्कृष्ठ प्रदसन पश्चात अंकको आधारमा पहिलो र दोस्रो टिम गरि कुल ८ टिम दोस्रो चरण अर्थात् क्वाटर फाईनल प्रवेश गर्नेछ I 
क्वाटर फाईनलमा आठ टिम बीच प्रतिस्पर्धा हुनेछ I यी आठ टिमबाट बिजेता चार टिम सेमी फाईनल प्रवेश गर्नेछ सेमिफाईनलबाट बिजेता दुइ टिम फाइनल पर्बेश गरि उपाधिको लागि भिड्नेछ  I समग्रमा भन्दा पहिलो चरणको खेल लिगमा खेलाइने छ भने दोस्रो चरणबाट नकआउट आधारमा खेलाइने छ I 
फाईनल खेल हुनु भन्दा अगाडी नेपाल जापान युथ क्लब र टोक्यो ब्रदर्स (सिनियर)बीच मैत्रीपूर्ण खेल पनि हुने कुरा सचिन श्रेष्ठ ज्युले हामीलाई जानकारी गराउनु भयो I साथै उहाँले सो दिन सहभागी खेलाडी साथीहरुलाई बिहान १० बजे नै खेल मैदानमा उपस्थित भै दिनु हुन र जापानबासी नेपालीहरुलाई र खेलप्रेमी मित्रहरुलाई समयमै उपस्थित जनाई कार्यक्रम सफल बनाइदिनु यसै सुचना मार्फत हार्दिक अनुरोध गर्नु भयो I 

Monday, April 6, 2015

हाल प्रयोगमा आइरहेको सवारी चालक अनुमति पत्र(लाईसेन्स)लाई बिधुतिय प्रणाली अन्तर्गतको स्मार्ट लाईसेन्समा परिमार्जित गरिदै

सरकारले कागजी सवारी चालक अनुमतीपत्र (लाइसेन्स) लाई विस्थापित गर्दै स्मार्ट (विद्युतीय) लाइसेन्स वितरण गर्ने भएको छ। यातायात व्यवस्था विभागले आगामी साउन १ गतेबाट चालकलाई विद्युतीय प्रणाली अन्तर्गतको स्मार्ट लाइसेन्स वितरण शुरु गर्नेछ। 
सुरुमा लाइसेन्स बनाउनेलाई विद्युतीय प्रणालीमा लगिने र तीन वर्षपछि सबै पुरानालाई स्मार्ट लाइसेन्स बनाइसक्ने विभागले जनाएको छ। स्मार्ट लाइसेन्सको अवधि १० वर्ष हुनेछ।

विभागले सोमबार एक कार्यक्रमबीच स्मार्ट लाइसेन्सको नमुना सार्वजनिक गरेको छ। स्मार्ट लाइसेन्स सार्वजनिक कार्यक्रममा केही नुमना लाइसेन्सको प्रिन्ट गरेर समेत देखाइएको थियो। स्मार्ट लाइसेन्स सार्वजनिक गर्दै विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले यो एटिम जस्तै हुने बताए। घामले नखुइलिने, पानीले नभिज्ने तथा नभाँचिने खालको हुने उनले जानकारी दिए।

'लाइसेन्सलाई व्यवस्थित र सुरक्षित बनाउन स्मार्ट कार्ड ल्याइएको हो,' उनले भने, 'यो नयाँ कार्ड वितरणपश्चात नक्कली लाइसेन्सको समस्या समेत समाधान हुनेछ।' उनका अनुसार उक्त स्मार्ट लाइसेन्सको चिप्समा चालकको सम्पूर्ण विवरहण रहनेछ ।

सरकारले एसियाली विकास बैंकको १५ करोड रुपैयाँ सहयोगमा उक्त स्मार्ट लाइसेन्स प्रयोगमा ल्याउन लागेको हो। विभागले कार्ड प्रिन्ट गर्ने ३ वटा प्रिन्टर, सफट्वेयर लगायत आवश्यक सबै प्राविधिक तथा पूर्वाधारहरु तयार पारिसकेको छ।

Sunday, April 5, 2015

२५० मिलियन डलर खर्च गरिएको हलिवुड चलचित्र "फास्ट एण्ड फ्युरियस ७"

कार रेस र खतरनाक एक्सन सिक्वेन्सका कारण संसारभर प्रसिद्धि पाएको फिल्म हो, फास्ट एन्ड फ्युरियस । २ सय ५० मिलियन डलर खर्च गरिएको यसको सातौ सिरिज अझ डरलाग्दो र रोचक दृश्यले भरिएको छ । दुई वर्षअगाडि छैटौ सिरिज हेरेका दर्शकको अपेक्षा यसले पूरा गरेको छ । भलै निर्देशक परिवर्तन भएका  किन नहुन् । छैटौ सिरिजका निर्देशक जस्टिन ली थिए भने फ्युरियस ७ लाई ३८ वर्षीय जेम्स वानले निर्देशन गरेका छन् । यद्यपि, निर्देशक नया भए पनि कथाको स्वरूप र मुख्य कलाकार बदलिएको छैन । फास्ट एन्ड फ्युरियसको फिक्सनल क्यारेक्टर डोमेनिकले यसमा पनि निरन्तरता पाएको छ ।

ओवेन सालाई पराजित गरेपछि डोमेनिक टोरेट्टो (भिन डाइसेल), ब्रायन ओकोनर -पल वाल्कर) र उनको टिम अमेरिकामा सामान्य जीवन बिताइरहेको छ । उनीहरू हिजोका कष्टकर दिन सम्झन चाहदैनन् तर ओवेनका भाइ डेकार्ड -जासोन स्ट्थाम) डोमेनिकको टिम खोज्दै आइपुग्छ, दाजुको हत्याको बदला लिन । डे कार्डको उद्देश्य बदला लिनुमा मात्र सीमित छैन । खुंखार आतंककारी जकान्दे -डिजीमोन हौनसु)सग पनि उसको साठगाठ छ । भिन आफ्नो टिमको साथ लिएर डेकार्ड र जकान्देलाई परास्त गर्न निस्कन्छन् । फिल्म भिन र डेकार्डको टिमको लडाइमै केन्द्रित छ ।

निर्देशक जेम्सले अघिल्ला ६ भाग नहेरेका दर्शकले पनि बुझ्ने गरी फिल्मको कथा बुनेका छन् । सगै फिल्मलाई अझ रोचक बनाउन निकै डरलाग्दा दृश्यहरू कैद गरिएका छन् । अरू फिल्ममा हवाईजहाज उडाइन्छ तर यसमा कार पनि उडाइएको छ । हवाईजहाजबाट कार झारेको, भिन र पलले ठूलठूला भवन छेडेर  कार उडाएको, फाइटर विमानले गुडिरहेको कारमाथि आक्रमण गरेको लगायतका दृश्यले दर्शकको मथिंगल हल्लाउछ । फिल्म टोकियो, अबुधाबी, लन्डन र लस एन्जलसमा खिचिएको छ ।

पलको यो अन्तिम फिल्म हो । यसको सुटिङ नसकिदै कार दुर्घटनामा पलको मृत्यु भएको थियो । उनको दुःखान्तले फिल्मलाई अझ प्रतीक्षित बनायो । तर, बीचमा  स्क्रिप्ट सम्पादनका लागि केही समय सुटिङ रोकिएको थियो । पलका बाकी दृश्य उनका भाइद्वय कालेव र कोडी वाल्करलाई प्रयोग गरी खिचिएको थियो ।  तैपनि, फिल्म कही अड्किएको महसुस हुदैन । पलसगै भिन, जासोन, मिकेलालगायतका कलाकारले पनि निकै डरलाग्दो स्टन्ट दिएका छन् । भलै कति दृश्य अपत्यारिला लाग्छन् ।

आकर्षक र डरलाग्दा एक्सन सिक्वेन्स मात्र होइन, फिल्ममा केही रोमान्टिक र इमोसनल दृश्य पनि छन् । खास गरी परिवारप्रतिको पलको प्रेम, भिन र मिकेला रोडि्रगेजबीचको सम्बन्ध निकै भावनात्मक ढंगबाट पोखिएको छ । हसाउने जिम्माचाहि टिरेसे गिब्सनले पाएका छन् ।

एक्सन र क्राइम थ्रिलर फिल्मका पारखीले छुटाउनै नहुने फिल्म हो यो । कम्तीमा क्षमतावान् अभिनेता पलको आखिरी फिल्म भएकाले पनि यसले धेरैको मन छुन सक्छ I 

जापानमा मनाईने उत्सबहरु मध्य एक बिशेष उत्सब "कानामारा माचुरी"(लिङ्ग जात्रा)



आज अप्रिल ५ तारिक जापानको कानागावा केनको कावासाकी दाईशिमा "कानामारा फेष्टिभल" सम्पन्न भयो I कानामारा  फेष्टिभल एक हिसाबमा नेपालको लिङ्गे जात्रा जस्तै हो I प्रतेक बर्ष अप्रिल महिनाको पहिलो आईतबार यो फेष्टिभल मनाउने गर्दछ I 
सन्तान लाभ स्वस्थ जिन्दगि अनि यौनरोग हरु बाट बचोस भनेर यो उत्सब मानिदै आएको छ I बिशेष गरि जापानमा भएको बिदेशी समुदायहरुमा यो उत्सवले खास महत्व राख्दछ I यो उत्सब हेर्न बेदेशीहरु टाढा टाढा बाट धाउने गर्दछ भने यो फेष्टिभल हेर्नकै निम्ति बर्षेनी हजारौ बिदेशी पर्यटक जापान भित्रिने गर्दछ I
जापानमा यो उत्सवले जापान बाहिर अन्य देशका पर्यटकहरु भित्र्याउने भएकोले यस उत्सबलाई जापानीहरुले पनि एक महत्वपूर्ण उत्सबको रुपमा लिने गर्दछ I 








लोकप्रिय समाचार