Sunday, December 28, 2014

Pictorial from New year get together dance party.


No Image Loaded
Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded

Wednesday, December 24, 2014

नेपाली मोडल आस्था पोखरेल भारतको चर्चित‘किगंफिसर सुपरमोडल २’को बिजेता बनिन

नेपाली मोडल आस्था पोखरेल भारतको चर्चित किंगफिसर क्यालेन्डरको आवरणमा देखिन भएकी छन् ।
भारतीय च्यानल एनडीटिभी गुड टाइम्सको कार्यक्रम ‘किगंफिसर सुपरमोडल २’ सिरिजकी विजेता बन्दै उनी क्यालेन्डरमा देखिन लागेकी हुन् ।
६ हप्तासम्म चलेको सुपरमोडल सिरिजमा उनले नौ स्वदेशी एबं विदेशी मोडलहरुलाई पछि पार्दै ‘किगंफिसर सुपरमोडल २’ को विजेता हुन सफल भएकी थिइन् ।

अब उनले किगंफिसरले निकाल्न लागेको सन् २०१५ को क्यालेन्डरमा सहभागी हुने अवसर पाउने छिन् ।
क्यालेण्डर गर्ल हुनकै लागि भएको प्रतियोगितमा भिडेका मोडलहरुलाई बलिउड अभिनेत्री नेहा धुपियाले प्रशिक्षण दिएकी थिइन् ।

चार वर्षअघि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी आस्थाले यसअघि ‘एसिया नेक्ट मोडल’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
‘मेरो लागि किंगफिसर सुपरमोडल भएर क्यालेन्डरको एक हिस्सा हुन पाउनु महत्वपूर्ण सपना पूरा भएजस्तो हो ।’ प्रतियोगितापछि प्रतिक्रिया दिँदै उनले भनिन् ।


सन् २००३ देखि सुरु भएको किंगफिसर क्यालेन्डरमा बलिउड अभिनेत्री क्याटरिना केफ, याना गुप्ता, पुनम पाण्डे, दीपिका पादुकोण, नरगिस फाकरी र उज्जवला रावत लगायत अभिनेत्रीहरु सहभागि भइसकेका छन् ।

मोडल पोखरेल यसवर्षको मिस नेपाल प्रतियोगितामा समेत सहभागिता जनाएकी थिइन् । प्रतियोगितामा उनी उत्कृष्ट पाँच भित्र परे पनि उपाधिविहीन बनेकी थिइन् ।
मिस नेपालमा छानिन नसकेपनि उनी अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्ने सिमित नेपाली मोडलमध्ये पर्छिन् ।


Monday, December 22, 2014

Japanese version of Jingle bell...


"JERRYY" Nepali movie screening in Japan.

Jerryy is a new nepali movie directed by Hemraj B.C. And Hemraj B.C who debuted as a director has  already given a superhit movie "Hostel" and  coincidentally the Director Hemraj has chosen the Hostel movie debut actor Anmol KC in the lead role for this movie as well. And gentle reminder for everyone that the lead actor Anmol KC is the son of our very own Bhuwan KC. Bhuwan KC's son, Anamol KC staring movie Jerry has been released in Kartik 28.The gross collection of the movie is 2.8 crore in 14 days.

want to Know more about the movie?

Cast: Anmol KC, Anna Sharma, Amalya Sharma, Abhishek Man Sherchan
Genre: Love Story
Story: Samrat Prasad Gauchan, Hem Raj BC
Cinematography: Shailendra D Karki
Music: Naren Limbu
Produced By: Manoj Sherchan
Directed By: Hem Raj BC
Production: Falcon Pictures

JERRYY screening in Japan.
Date : 11th January , 2015,Sunday
Time : 6 pm onwards
Venue : Meguro kumin center 


Thursday, December 18, 2014

जापानमा काम देखि टाढा बस्ने बेफाइदाहरू .....

राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को  घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ?
यो वीडियो मा हेर्नुहोस |

अन्तत निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू " डिसेम्बर २५ को रिलीज रद्द ......

अहिलेको निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू "  हैकर्सले चलचित्र प्रदर्शन भएमा आतंकवादी हमला हुनसक्ने धम्की आएपछि ठूलो मल्टीप्लेक्सले चलचित्र प्रदर्शन नगर्ने भएको छ |बुधबार सोनी कंपनीले  एक बिज्ञप्ति जारी गारी " प्रदर्शकहरुले चलचित्र प्रदर्शन नगर्ने भएको ले "द इंटरव्यू " डिसेम्बर २५ को  रिलीज रद्द गरिएको " कारण देखाइएको छ |
सोनी कंपनी  द्वारा निर्माण गरिएको  चलचित्र "द इंटरव्यू " उत्तर कोरियाको  नेता किम जोंग अन को  हत्या योजना बारे एक विवादास्पद कमेडी धारमा बनाईएको चलचित्र  हो । "द इंटरव्यू "चलचित्र को ट्रेलर प्रकाशन लगतै सोनी कंपनी निक्कैनै विवादास्पद फसेको हो |
"द इंटरव्यू " को यो ट्रेलर तपाई पनी हेर्नुहोस्।

Monday, December 15, 2014

जापानको टोक्यो शहरमा बहुप्रतिक्षित चलचित्र जेरी (JERRY) प्रदशन गरिने...

रोमान्टिक लब स्टोरीमा आधारित नेपाली चलचित्र "JERRY"(जेरी)अन्तत जापानमा पनि पर्दशन हुने भएको छ I नया बर्ष २०१५ को अवसर पारेर जनवरी ११ तारिक आइतबार मेगुरो कुमिन सेन्टर हलमा साँझ ६ बजे बाट "जेरी" पर्दशन हुन गैरहेको हजुरहरु समक्ष जानकारी गराउदछौ I
जापानबासी युवा युवतीहरुको अत्यधिक रोजाई र मागलाई मध्य नजर गरि "कला र प्रतिभाको सम्मान गरौं,नेपाली चलचित्रलाई माया गरौं" भन्ने मूल उदेश्य लिएर यस 'सहयात्री जापान' समुह तपाईहरु समक्ष "जेरी" लिएर उपस्थित हुदैछौ I जापानबासी सम्पूर्ण नेपाली, बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्ण मित्रजनहरु बहुचर्चित नेपाली चलचित्र "जेरी"हेर्न आइदिनु हुन् 'सहयात्री जापान' परिवार हार्दिक अनुरोध गर्दछौ I 
नेपालमा नोबेम्बर १४ बाट भब्य प्रदशन भैरहेको उक्त चलचित्र बिशेषगरि युवायुवतीहरुले अत्यधिक रुचाईएको पाईन्छ I जेरिमा युवतीहरुको ढुकढुकी अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुको पनि बेजोड अभिनय रहेको छ I निर्देशक हेमराज बिसी र मनोज शेरचन निर्माता रहेको "जेरी" नेपालको उत्कृष्ट गन्तब्य मध्ये एक,हिमाल पारीको जिल्ला मुस्ताङ्मा छायांकन गरिएको चलचित्र हो I

मिति : २०१५ जनवरी ११ तारिक आइतबार
समय : साँझ ६ बजे बाट 
स्थान : मेगुरो कुमिन सेन्टर हल


Sunday, December 14, 2014

महायज्ञलाई बलेवा सेवा समाज जापानको आर्थिक सहयोग

बाग्लुङ्ग जिल्लाको बलेवा क्षेत्र अन्तर्गत पर्ने पैयुँपाटा गाउँ बिकास समितिमा रहेका बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस र त्रिभुवन उच्च माध्यामिक विद्यालयको संयुक्त आयोजनामा संचालित श्री बिश्वशान्ति धनधान्याचल श्रीमद् भागवत बिराट ज्ञान महायज्ञमा जापानलाई कर्मथलो बनाई बसिरहेका जापानबासी बलेवालीहरुको सामाजिक परोपकारी संस्था बलेवा सेवा समाज जापानले एकाउन्न हजार एक सय एघार रुपयाँ कार्यक्रम स्थलमा संस्थाका महासचिब शर्मेन्द्र पौडेल स्वयं उपस्थित भएर हस्तान्तरण गर्नु भएको थियो ! उक्त महायज्ञका प्रमुख बाचक दिनबन्धु पोख्रेलले बिदेसमा रहेर पनि समाज सेवाका लागि तत्परता देखाई सहयोगी भावनालाई उजागार गर्ने जापानबासी बलेवालीहरुलाई सुख-शान्ति र उत्तोरोत्तर प्रगतिको कामना सहित धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

Thursday, December 11, 2014

निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू " जापानमा प्रदर्शन नहुने.......

अहिले को निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू " जापानमा प्रदर्शन नहुने । सोनी कंपनी  द्वारा निर्माण गरिएको   सो चलचित्र  उत्तर कोरियाको  नेता किम जोंग अन को  हत्या योजना बारे एक विवादास्पद कमेडी धारमा बनाईएको चलचित्र  हो ।

"द इंटरव्यू "चलचित्र को ट्रेलर प्रकाशन लगतै सोनी कंपनी को सर्भर हैक भएको थियो ।
"द इंटरव्यू " को यो ट्रेलर तपाई पनी हेर्नुहोस्।

जापानी दूरसंचार कम्पनी केडिडिआइले विदेशी पर्यटकहरूको लागी निसुल्क वाइफाइ सेवा प्रदान गर्ने......

जापानी दूरसंचार कम्पनी केडिडिआइले जापान मा विदेशी पर्यटकहरूको बढ्दो संख्यालाई मध्यनजर गर्द्दै निसुल्क वाइफाइ सेवा प्रदान गर्ने भएको छ ।  उक्त सेवा लाई "ट्रवेल जापान वाईफाई  सर्विस " नामांकरण गरिएको छ ।
केडिडिआइ कम्पनीले जनाए आनुसार शुक्रबार देखि विदेशी पर्यटकहरूलाई देश भर २४०,००० वाइफाइ स्पट खुल्ला गरीनेछ  । थप जनकारी वीडियोमा हेर्नुहोस ।

Tuesday, December 9, 2014

एप्पल कम्पनीले जापानमा एक ठूलो रिसर्च सेंटर बनाउने.....

एप्पल कम्पनीले जापानमा  एक ठूलो रिसर्च सेंटर बनाउने भएको छ । प्रधानमन्त्री शिञो अबेले मङ्गलबार  टोकियो बाहिर निर्वाचन नजिक्कै गर्द्दा दिएको भाषण सो कुरा  भन्नुभएको हो ।

प्रधानमन्त्री शिञो अबेका अनुसार सो  कुरा औपचारिक रुपमा चाँडै घोषणा गरिनेछ। प्रधानमन्त्री शिञो अबेका अनुसार सो रिसर्च सेंटर  एप्पल कम्पनीको एशियामा नै सबै भन्दा ठूलो  रिसर्च सेंटर हुनेछ।
थप जनकारी वीडियोमा हेर्नुहोस ।

Friday, December 5, 2014

बलेवा सेवा समाज जापान र अन्तराष्टिय नेपाली समाज जपानको संयुक्त आयोजनामा टोकियोमा शुभकामना साँझ २०१५ हुने.....

दृष्टिबिहिनलाई दया मात्र नगरौं  सक्दो आर्थिक सहयोग पनि गरौं  भन्ने मुलनाराको साथ बलेवा सेवा समाज जापान र अन्तराष्टिय नेपाली समाज जपानको संयुक्त आयोजनामा पश्चिमाञ्चल दृष्टिबिहिन बिधार्थीको सहयोग स्वरूप गर्न लागिएको साँस्कृतिक कार्यक्रम यहि आऊँदो नयाँ बर्ष २०१५ -०१-०१ अर्थात जनवरी १ तारिक हुनगैरहेको क़ुरा आयोजक पक्ष एक बिज्ञप्ति मार्फ़त हामीलाई जानकारी दिईएको छा 
उक्त सांगीतिक कार्यक्रम टोकियोको ईकेगामी खाईगानमा नेपालका चर्चित पप गाएक  सुगम पोख्रेल तथा चर्चित लोक गायीका ज्योती मगरको  प्रस्तुती रहनेछ| 
उक्त साँस्कृतिक कार्यक्रम हुन गैरहेकोले  सम्पूर्ण जापान बासी बुवा आमा ,दाजुभाई तथा दिदी बैनीहरूलाई  बलेवा सेवा समाज जापान र अन्तराष्टिय नेपाली समाज जपान बिशेष अनुरोधको  साथ आमन्त्रित गर्दछ ।

Thursday, December 4, 2014

नयाँ बर्षको आगमनको पहिलो हप्ता बाटनै टोकियो महानगरीय प्रहरीले मनोरंजात्मक ठाउँमा विशेष गस्ती सुरु गर्ने......

टोकियो महानगरीय प्रहरी यो हप्ता देखि लागु हुँने गरी मनोरंजात्मक ठाउँमा विशेष गस्ती सुरु गर्ने भएको छ | जापानमा डिसेम्बर महिनामा बिशेष गरी पार्टी धेरै हुँने भएकोले मनोरंजात्मक ठाउँमा  सुरक्षा बढाएको छ |

बुधबार राती , ८०  अधिकारीहरू र स्वयंसेवकहरूले शिंजुकूको खाबुकीचोमा  विशेष गस्ती गरेको थियो | प्राय ग्राहकहरु अधिक शुल्कको मारमा पर्ने भएकोले  , त्यस्तो कुंनै पनि अपराधिक क्रियाकलाप हुन नदिन नयाँ बर्षको आगमनको पहिलो हप्ता बाटनै  विशेष गस्ती खटाइएको  छ |

यो बर्ष मात्र ग्राहकहरुले खाबुकीचोको क्लब र बार मा  अधिक शुल्क लिइएको ४०० भन्दा बढ़ी उजुरी पुलिसको मा परेको थियो |
 थप जानकारी भिडियो मा हेर्नुहोस् |


जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंकले "ग्रयाब टैक्सी" मोबाइल एप्लीकेशनमा गरे २५० मिलियन डलर लगनी....

यो बर्ष जापानको  दूरसञ्चार  कम्पनी  सॉफ्टबैंक निक्कैनै चर्चामा रह्यो | चाहे त्यो ईन्टरनेट शोप्पिङ साईट "अलिबाबा डट क्म " मा शेयर लगनी गर्द होस् या यही बर्ष सॉफ्टबैंक का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे बन्न सफल भएका कुराले होस् ,सॉफ्ट बैंक यो बर्ष विश्व भर नै चर्चामा रह्यो |

केहि महिना अगि अक्टूबर को अन्तमा जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंकले भारतीए अन्लाईन रिटेलोर स्नप डिल डट कम मा $ ६२.७ करोड लगानी गरेका थिए |

यही दोउरान जापान को सॉफ्टबैंकले  दक्षिण एशियामा निक्कैनै चर्चामा रहेको ट्याक्सी अनुप्रयोग सेवा अर्थात ( taxi app services, GrabTaxi.) मा $ २५० मिलियन  (£ १५९.२ मिलियन  ) लगनी गरेको सॉफ्टबैंक ले  जनाएका छन |
थप जानकारी भिडियो मा हेर्नुहोस् |


लोकप्रिय समाचार