Saturday, August 30, 2014

प्रशिशक पुबुदु दासानायकले फेरी नेपाली क्रिकेट समाल्ने

 
 नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न श्रीलंकन मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायके आज काठमाडौं फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक कारण देखाउँदै करार अवधि थप्न अस्वीकार गरेपछि पुबुदु झन्डै तीन वर्षको नेपाल बसाइ सकेर क्यानाडा फर्किएका थिए ।

तर, नेपाल सरकारले पुबुदुलाई फर्काउन आवश्यक व्यवस्था मिलाएपछि उनि  फेरि नेपाली टोलीको बागडोर सम्हाल्न काठमाडौं आइपुगेका हुन् । युवा तथा खेलकुद मन्त्रालयबाट बोलावट आएपछि पुबुदु काठमाडौं फर्किएको बताइएको छ ।

पुबुदुलाई नेपाल फर्काउनेबारे क्रिकेट संघले भने औपचारिक निर्णय गर्न सकेको थिएन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुमाझ कुराकानी गर्दै पुबुदुले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले बोलाएपछि आफू काठमाडौं आएको जानकारी दिए । नेपाल अहिले डिभिजन ‘थ्री’को तयारीमा रहेकोले यसैमा आफ्नो ध्यान केन्द्रित हुने पुबुदुको भनाइ छ ।

पुबुदु काठमाडौं आइपुगेपछि एसियाड र डिभिजन ‘थ्री’ क्रिकेटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीमा आत्मविश्वाश बढेको छ । एसियाड र डिभिजन ‘थ्री’को तयारीको लागि यही शनिबारबाट बन्द प्रशिक्षण सुरु हुँदैछ ।

२०६८ साल आश्विनमा पहिलो पटक नेपाल आएका दासानायकेलाई क्यानले अन्तिम पटक तीन महिना मात्रै करार थपेको थियो । क्यानले दासानायकेलाई बिदा गर्ने निर्णय गरेलगत्तै युवा तथा खेलकुद मन्त्रालयले खर्च ब्यहोर्ने गरी दासानायकेको सम्झौता थप्ने बताएको थियो ।

दासानायकेको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता खेलेको थियो भने बंगलादेशमा भएको ट्वेन्टी–२० विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । 

Wednesday, August 27, 2014

साथ दशकमा पहिलो पटक जापानमा डेंगू ज्वरो देखा पर्यो ......

जापानी स्वास्थ्य अधिकारीहरूले झन्डै ७०  वर्ष यता  देशमा डेंगू ज्वरो को पहिलो स्थानीय  मामला रिपोर्ट प्रसारित गरेका छन्।

मन्त्रालयले  यो घटना साइतमा  प्रान्त मा भएको पुस्टि गरेका छन |स्थानीय मिडिया रिपोर्टहरू अनुसार बिरामी एउटा किशोरी हुन जो अहिले
बिस्तारै निको हूंँदै आएकी छिन|

बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |

Tuesday, August 26, 2014

बॉलीवुडका चर्चित अभिनेता शाहरुख़ खान लाई अंडरवर्ल्ड का डॉन रवि पुजारी बाट धम्की...

इंडियाका चर्चित नायक शाहरुख़ खान जसलाई किंग ऑफ़ बॉलीवुड को नाम ले पनि बिश्वो मा चिंन्निने गरिन्छ , अहिले त्यही इंडियाका महान हस्तीलाई खतरा को संकेत देखिरहेको छ | श्रोत का अनुसार नायक शाहरुख़ खान को ऑफिस "रेड चिल्ली इंटरटेनमेंट" मा अंडरवर्ल्डका डॉन रवि पुजारी फ़ोन गरेका थिए र साथै " अली मोरनी (बिज़नेस पार्टनर ) संग मिलेर काम नगर्न " धम्की गरिएको श्रोत ले जनाएका छन |

गए राति शनिबार शाहरुख़ खानका बिज़नेस पार्टनर अली मोरनी को घरमा बन्दूक चलाइएका खबर पश्च्यात शाहरुख़ खान लाई येस्तो धम्की आएको श्रोत ले बताइएको छ |

बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |



Monday, August 25, 2014

उई फर अल जापानको तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न.....( फोटो फिचर र भिडियो सहित)

उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन  शिंजुकू स्थित  बुंका  सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको छ  । प्रमुख अतिथी बिनिता अधिकारीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख आकर्षण रूपमा  नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल  कार्यक्रममा उपस्थित थिए भने प्रख्यात गायक रामझी खाड भने समय र हवाई टिकट को समय नमिल्दा कार्यक्रममा उपथित हुननसकेको आयोजक पक्षले कार्यक्रममा सबैलाई जानकारी दिएका थिए | नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल  ले दर्सक हरु लाई निक्कै मनोरञ्जन दिएका थिए भने  साथमा स्थानीय कलाकार बिनोद भंडारी र सूर्य खडकाले पनि दर्सक लाई निक्कै नचाएका थिए |

कार्यक्रम का केहि झलक हरु :

"WE FOR ALL" TEEJ MAHOTSAB 2014  FULL EVENT VIDEO

Thursday, August 21, 2014

बॉलीवुडमा पनि लाग्यो ए एल यस आइस बकेट चैलेंज (बर्फ ले भरिएको बाल्टीन चैलेंज सुईकार गर्दै बॉलीवुडका चर्चित हस्तीहरु)...

पश्चिमी देश बाट सुरु भएको यो नौलों अभियान अहिले एशिया महादेश मा पानी लहरै आएको छ र अहिले सामाजिक संजाल मा वायरल बन्दै गरेको एउटा चैलेंज वीडियो .( Ice Bucket Challenge) अहिले इंडिया को फिल्मी संसार बॉलीवुड मा पनि वायरल बन्दैछ |
बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो  फ़लिम पनि बनाउद  छ |

वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा  ALS एसोसिएशन लाई  $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |

हालै बॉलीवुडका चर्चित हस्तीहरु यो अभियनलाई इंडियामा अगाडि बडाएका छन | चर्चित नायक अभिषेक बचन , अक्षय कुमार , रितेश देशमुख ,नायिका सोनम कपूर ,शिनाक्षी शिंह, , चर्चित टेनिस खेलाड़ी सान्या मिर्ज़ा , गायक दलेर मेहँदी र अरु थुप्रै कलाकारहरु ले यो अभियान अगाडि बडाएका छन |
नायक अभिसके बचन  ले आफ्नो पिता श्री अमिताब बचन,  शाहरुख खान र शाहरुख़ खानका नया चलचित्र का टीम लाई यो चैलेंज मा निमंत्रण गरेका छन | श्रोतका अनुसार शाहरुख खान र श्री अमिताब बचन ले भने यो चैलेंज लाई सुिकर गरेका छन |
बॉलीवुड का हस्ती हरु को यो वीडियो हेर्नुहोस |

बलिवुड कलाकार अनुपम खेर काठमांडौमा



  भारतीय चलचित्र क्षेत्रका अभिनेता, चलचित्र निर्माता तथा निर्देशक अनुपम खेर काठमाडौं आएका छन्। कोसेली फाउन्डेसनले गर्ने च्यारिटी कार्यक्रममा सहभागी हुन अभिनेता खेर मध्यानह्न काठमाडौं ओर्लिएका हुन।

खेरले राजधानीको शान्तिनगरमा रहेको कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी तथा मजदुरका १ सय २० बढी बालबालिकाहरुको अध्ययनमा सहयोग पुर्याउन आफ्नो दमदार प्रस्तुती दिनेछन्। हालै मात्र भारतीय कलर्स टेलिभिजन मार्फत आफ्नो 'शो' लिएर दर्शकसामु देखा परेका अनुपमले राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा करीब दुई घण्टाको आफ्नो एकल प्रस्तुति दिनेछन्। उक्त प्रस्तुतिमा खेरले बलिउड क्षेत्रमा आफ्नो करियरको उतार चढाबका बारेमा दर्शकसामु बाड्नेछन्।

खेरको शोमा सहभागिता हुनका लागि आयोजकले सहयोग स्वरुप भन्दै भिआइपी टिकटलाई ८ हजार, गोल्डेन टिकेटलाई ५ हजार, सिल्भर टिकेटलाई ३ हजार र ब्रन्ज टिकटलाई १ हजार ५ सय रुपैँया तोकिएको छ।यसअघि कोसेली फाउन्डेसनले अनुपम नेपाल आउने पत्रकार सम्मेलन मार्पत जानकारी दिएको थियो।

Wednesday, August 20, 2014

जापानका मोमोई बने संसारकै जेष्ठ नागरिक (गिनिज वर्ल्ड रेकर्ड)


१११ वर्षीया जापानी पुरुष, साकारी   मोमोई  बुधबार संसारकै सबैभन्दा जेष्ठ नागरिक भन्न सफल भएका छन|

गिनिज वर्ल्ड रेकर्ड अधिकृतले मोमोई लाई टोकियो को एक  अस्पताल मा   प्रमाणपत्र हस्तान्तरण गरेका थिए | मोमोई को बसोबास उत्तरी टोक्यो को साइतमा प्रान्त मा पर्दछ |
थप जानकारी को लगी वीडियो मा हेर्नुहोस |

Tuesday, August 19, 2014

सॉफ्ट बैंक टेली कम्युनिकेशन का सीईओ मसयोषि सोन (बर्फ ले भरिएको बाल्टीन चैलेंज सुईकार गर्दै).... ( Ice Bucket Challenge)...

जापान का प्रशिद्ध टेली कम्युनिकेशन सॉफ्ट बैंक का सीईओ मसयोषि सोन ले  बर्फ ले भरिएको बाल्टीन चैलेंज सुईकार गर्दै , आफ्नो शिर बाट बर्फ को पानी खानउँदै | 

बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो  फ़लिम पनि बनाउद  छ |
वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा  ALS (Amyotrophic Lateral Sclerosis more often known as ALS or Lou Gherig’s Disease)  एसोसिएशन लाई  $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |
यो बर्ष थुप्रै सेलिब्रिटी र ठूलो हस्तीहरुले पनि चलेंगे सुईकार गारी आफ्नो वीडियो सामाजिक संजाल मा राखेका थियो |यो बर्ष चाही $१५.६ मिलियन डोनेशन को रूपमा संकलन भएको छ |


सामाजिक संजाल मा वायरल बन्दै गरेको एउटा चैलेंज वीडियो .( Ice Bucket Challenge)...

के  तपाईले आजकल बरफले भरिएको बाल्टीन ख़ानएको वीडियो सामाजिक संजाल मा शेयर भएको देख्नु भएको छ | देख्नु भएको छ भने  , यो एउटा वीडियो मात्र नभएर , चैरिटी डोनेशन उठाउने एउटा नया खेल हो भन्ने भुज्नुहोस्|

बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो  फ़लिम पनि बनाउद  छ |

वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा  ALS एसोसिएशन लाई  $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |

यो बर्ष थुप्रै सेलिब्रिटी र ठूलो हस्तीहरुले पनि चलेंगे सुईकार गारी आफ्नो वीडियो सामाजिक संजाल मा राखेका थियो |यो बर्ष चाही $१५.६ मिलियन डोनेशन को रूपमा संकलन भएको छ |

वीडियो हेर्ने को लगी तल को लिंक मा जनुहोस् |

व्यावसायिक बाज ले नारिता हवाई अड्डा मा गॉर्ड गर्ने.....

उडिरहेको बिमान को इंजिन मा चरा र अन्य पंछी हरु ठोक्किन बाट रोक्न, जापान सरकार बाट नया प्रयास थालनी गर्ने भएको छ |  नारिता  हवाई अड्डा मा  यस्तो घटना हुन नदिन   , एक व्यावसायिक बाज ले  गॉर्ड को रुपमा  काम सुरु गर्ने भएको छ |

चरा , पंछीहरु  जहाज उड़न भर्ने बेला जहाज को नजिक  आएमा बाजले चराहरु लाई लखेट्ने काम गर्ने हवाई अड्डाले जनएका छन|

यस्तो ठक्कर बाट   गम्भीर र  विनाशकारी दुर्घटना हुन सकने भएकाले टोक्यो नारिता ले येस्तो कदम उठाएको हो  |
गत वर्ष मात्र  नारिता विमानस्थलमा ६२ ओटा चरा को ठक्कर को घटना भएको थियो  |
वीडियो हेर्नुहोस |

Friday, August 15, 2014

बलिवुड चलचित्र "मेरी कोम" मा अभिनय गरेका नेपाली कलाकार सुनिल थापाको प्रशंसा

नेपाली अभिनेता सुनिल थापाले बलिउड पुनरागमनमै प्रशंसा बटुलेका छन् । आफू अभिनित पछिल्लो सिनेमा 'मेरी कोम'को म्युजिक लन्च समारोहमा प्रियंका चोपडाले थापाको खुलेर प्रशंसा गरेकी हुन् । भारतीय बक्सर मेरी कामको उक्त बायोपिकमा प्रियंकाले मेरी र सुनिलले मेरीको गुरुको भूमिकामा अभिनय गरेका छन् । ‘थापा सर कडा मिहेनत गर्ने र लागिपर्ने एक्टर हुनुहुन्छ’ मुम्बइको आइटीसी मराटा होटलमा प्रियंकाले भनेकी थिइन् । संजयलीला भन्सालीद्धारा निर्मित फिल्मका निर्देशक उमंग कुमारका साथमा आफैले संचालन गरेको कार्यक्रममा प्रियंकाले थापालाई सोधिन् –नेपालका सुपरस्टार सुनिल थापा सरले यसमा कोचको रोल खेल्नुभएको छ । थापा सर हामीसँग काम गर्दा हजुरलाई कस्तो अनुभव भयो ?’ थापाले परिचित लवजमा भने –रमाइलो लाग्यो, खुशि लाग्यो, एक्टिङ सँगै फिजिकल वर्क बढी थियो । तपाईंको पन्चले म घाइते पनि भएको थिएँ । गल्फर्स एल्बो (कुइनाको बायाँपट्टी सड्केको) थियो ।’ सुनिलले सो अवसरमा सहभागि मेरी कोमलाई आगामी एसियन गेमको सफलताको कामना गरे । उनले मेरी कोमले एसियन गेम जितेपछि निर्देशक उमंग कुमारलाई मेरी कोम २ बनाउन समेत निर्देशन दिए । उक्त अवसरमा प्रियंकाले सुनिलको जुँगादारीलाई लिएर ठट्टा पनि गरिन् । ‘दारीजुँगा काट्नु भएछ, असाध्यै ह्यान्डसम र योङ देखिनुभएको छ । योङ बन्नैका लागि दारीजुँगा खौरिनुभएको हो ?’ प्रियंकाले ठट्टा गरिन् । थापाले ठट्टामै दारीजुँगा पाल्ने जवाफ दिए । आउँदो सेप्टेम्बर ५ मा फिल्म रिलिज हुँदैछ । फिल्मको नेपाल वितरण अधिकार आदेश शाक्य र गीतकार तथा संचारकर्मी नरेशदेव पन्तले पाएका छन् । फिल्मको विश्व प्रिमियर भने क्यानडाको मन्ट्रियल फिल्म फेस्टिभलमा हुने भएको छ । 

Thursday, August 14, 2014

स्व.श्रीकृष्ण श्रेष्ठको चलचित्र "कोहिनूर"को एक साताको आम्दानी

'कोहिनुर'ले पहिलो साता अनुमानित १ करोड ६० लाख ग्रस कारोबार गरेको छ । मुलुकका ५० पर्दाबाट फिल्मले आक्रामक कमाइ गरेको हो । बुधबार १४ लाख सिंगल डे ग्रस छ । यो कूल आम्दानीमा सिनेमाले काठमाडौं टेरिटोरीबाट मात्र ९० लाख ग्रस कमाएको छ । बाँकी ७० लाख मोफसलका सिंगल थिएटरको योगदान रह्यो । तर, लगातारको वर्षाका कारण विहिबार अकुपेन्सीमा केही गिरावट देखिएको छ । अन्य नेपाली सिनेमा रिलिज नभएको र बलियो वर्ड अफ माउथले फिल्मले दोस्रो साता २ करोड ग्रस कमाउने प्रक्षेपण गरिएको छ । वितरक सुनिल मानन्धरले यो कूल कलेक्सनको नेट आम्दानी १ करोड ४० लाख रहेको बताए । कोहिनुर वर्ष २०७१ को सर्वाधिक कमाउने फिल्म बनेको छ । निर्माता तथा अभिनेता श्रीकृष्ण श्रेष्ठ निधनको कारण आइतबारदेखि कलेक्सन उकालो लागेको थियो । तर, शुक्रबार र शनिबार कलेक्सन कमजोर थियो । अन्य फिल्म सीसा, बलिउडको इन्टरटेनमेन्टले भने कमजोर ब्यापार गरेका छन् । 

Wednesday, August 13, 2014

बलिवुडका कलाकारहरु मध्ये कसको कति शैक्षिक योग्यता

  मुम्बई :शिक्षामन्त्रीमा नियुक्ति भएलगत्तै कलाकार स्मृति इरानी शैक्षिक योग्यताकै कारण विवादमा परिन् । उनले आफुसंग अमेरिकाको एल युनिभर्सीटिको सर्टिफिकेट भएको दाबी गरिरहँदा कांग्रेसआईका नेताहरुले उनको ईमान्दारीताको विषयमा प्रश्न समेत उठाए । उनले कम पढेको विषयमा अहिले पनि विभिन्न टिका टिप्पणी हुने गरेको छ, भारतीय समाजमा ।

राजनितीमा मात्रै होईन । हरेक क्षेत्रमा केही यस्ता मान्छे छन् जसले कम शैक्षिक योग्यता भएर पनि आफ्नो उच्च क्षमता प्रस्तुत गरेका छन् । अभिताभ बच्चन, विद्या वालान, अमिषा पट्टेल, पि्रति जिन्टा जस्ता उच्च शिक्षा हासिल गरेका कलाकार मात्रै छैनन् बलिउडमा । करिना कपुर र दिपिका पादुकोण जस्ता करिअर बनाउने क्रममा पढाई छाडेकाहरुले पनि राम्रै गरेका छन् ।

बंैग्लोरको माउण्ट कार्मल कलेजमा पढ्दा पढ्दै मोडलिङमा लागेकी दिपिकाले करिअरकै कारण पढाई छाडेकी थिईन् । पछि उनले घरमै बसेर स्नातक गर्ने योजना बनाए पनि पूरा हुन सकेन ।

अभिनेता शाहरुख खान दिल्लीको प्रसिद्ध कलेज हंशराजका विद्यार्थी हुन् । अर्थशास्त्रमा स्नातक गरेपछि उनले जामिया मिलिया ईस्लामिक कलेजमा  मास कम्युनिकेशनमा स्नातकोत्तरका लागि भर्ना भएका थिए, ब्यस्तताकै कारण पूरा गर्न पाएनन् ।

स्कुल पढ्दैदेखि अमिर खानको दिमागमा अभिनयको भूत चढेको थियो । स्कुलको पढाई केही होईन । जे गर्नुछ अभिनयमै गर्नुपर्छ भन्ने मान्यता राख्थे उनि । प्लस टु पढ्दा पढ्दै अभिनय सुरु गरेका अमिर त्यसपछि कलेज फर्केनन् । ग्वालियरको सिन्धिया स्कुल पढेका सलमान खानले कलेज जीबनमा तीनवटा कलेजमा भर्ना भए । पछिल्लो पटक बान्द्रा स्थित नेशनल कलेजमा भर्ना भएका सलमान पनि पढाईलाई निरन्तरता नदिने नायकका रुपमा चिनिन्छन् ।

कलेज पढ्दैताक टेलिभिजनमा काम गर्थिन विद्या वालान । करिअरकै कारण पढाई छोडिनन् उनले । सेन्ट जेभियर कलेजवाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् उनले । पछिल्लो पुस्ताका पढेका कलाकार मध्ये अर्का हुन् जोन अब्राहम । मुम्बईको जय हिन्द कलेजवाट स्नातक गरेका जोनले मुम्बई एजुकेशनल ट्रष्टवाट एमबीए गरेका छन् । स्कुलको पढाईसके लगत्तै फिल्ममा प्रवेश गरेकी थिईन् आलिया भट्ट । सन २०१२ मा निर्माण भएको ‘स्टुडेन्ट अफ द ईयर’ वाट फिल्ममा प्रवेश गरेकी आलियाले पनि त्यसपछि कलेज जाने समय पाएकी छैनन् ।

क्याटरिना कैफको बालापन १८ मुलुकमा घुमेरै बित्यो । लगातार ट्राभलिङको कारण उनले कहिल्यै स्कुल पढन पाईनन् । घरायशी शिक्षकको सहायताले घरमै पढेकी क्याटरिना १४ वर्षको उमेरमा मोडलिङमा प्रवेश गरिसकेकी थिईन् । प्रारम्भको पढाई लखनउमा गरेकी पि्रयंका चोपडाले प्लटु अध्ययन अमेरिकावाट गरेकी छिन् । जय हिन्द कलेजमा भर्ना भएकी पि्रयंकाको पनि स्नातक गर्ने योजना अभिनयले तुहाईदियो ।

स्कुल पढ्दा कहिल्यै अभिनयको वारेमा नसोचेकी सोनाक्षी सिन्हाले मुम्बईको श्रीमाठी नाठीबाई दामोदर ठाकरे ओमन युनिभर्सिटीवाट फेशन डिजाईनमा स्नातक गरेकी छिन् । बम्बे स्कटिङ स्कुलको पढाई सकेपछि एचआर कलेज भर्ना भएका रणबीर कपुरले पढाईलाई विचमै छाडेर अभिनय पढ्नका लागि न्युयोर्क गएका थिए । न्युयोर्कवाट फर्किए लगत्तै अभिनय सुरु गरेका रणबीरसंग पनि कलेज फर्किने समय छैन ।


Tuesday, August 12, 2014

तमु धिं जापानको १८औं रोधी साँझ सम्पन्न( फोटो फिचर र भिडियो सहित)

   टोकियो:- गत आईतबार अगस्ट १० तारिकको दिन टोकियोको मेगुरो स्थित मेगुरो कुमिन सेन्टर हलमा तमु धिं जापानको १८औं रोधी साँझ सम्पन्न भयो I उक्त सास्कृतिक कार्यक्रममा अथिति कलाकारको रुपमा अमेरिका बाट चर्चित गाएक नरेन्द्र प्यासीलाई आमन्त्रण गरिएको थियो भने कार्यक्रम जापानका लागि नेपाली राजदूत डा•मदन कुमार भट्टराईले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो I
"संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए परम्परा  हराउँछ ,परम्परा हराए मान्छे हराउँछ" भन्ने मूल नाराका साथ आयोजना गरिएको रोधी साँझमा आमन्त्रित कलाकार नरेन्द्र प्यासीले आफ्ना चर्चित अनि नया पुरानो गरि करिब दर्जन जति गित गाएर दर्शकहरुलाई मंन्त्रमुग्ध बनाएका थिए I
  प्यासीका साथ साथै स्थानीय कलाकारहरु अमर गुरुङ,सुदिन गुरुङ,डम्ब स्किल ब्याण्ड, युक्तमान गुरुङ,बिमला गुरुङ,रिता गुरुङ लगायत अन्य कलाकारहरुले पनि आ-आफ्नो कला प्रस्तुत गरेर दर्शकलाई भरपुर मनोरंजन प्रदान गरेका थिए I साथै कार्यक्रममा आयोजकको तर्फबाट आमन्त्रित र स्थानीय कलाकारहरुलाई प्रमाण पत्र र खादा लगाई सम्मान पनि गरिएको थियो I
  तमु जातिमा सदिऔ देखि चलि आएको रोधी बस्ने परम्परालाई जापानमा बसोबास गर्ने तमुहरुले प्रतेक वर्ष "रोधी साँझ"कार्यक्रम गरि आफ्नो गाँउ घरमा हुने रोधी परम्पराको झल्को दिने गरेका छन् I
  स्मरण रहोस जापानबासी तमुहरुले आफ्नो संस्कृति      र परम्परा जोगाई राख्नको लागि प्रतेक वर्ष गरिने "ल्होछार साँझ"र "रोधी साँझ"लाई दशकौ देखि निरन्तरता दिइराखेका छन् I 
   (भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोला)

Sunday, August 10, 2014

१८ औ रोधी साँझ भव्यताका साथ सम्पन्न..

"संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए परंपरा हराउँछ ,परंपरा हराए मान्छे हराउँछ" भन्ने मूल नाराका साथ आइतबार अगस्त १० तारिक का दिन तमु धी जापान ले आफ्नो १८ औ रोधी साँझ भव्यता का साथ मनाएका छन | मौसम को खराबी ले गर्दा अपेक्षा गरे जस्तो दर्शक हरु को घुइचो नभएता पनि कार्यक्रम लाई भव्यताका साथ सफल पर्न उपस्थित दर्शक महानुभाव हरुले आ आफ्नो ठाउँ बाट ग़ीत गएर , नाचेर कार्यक्रम लाई भव्य बनाएका थिए |.
क्लार्यक्रम मा नेपाल राजदूतावास का राजदूत डाक्टर मदन कुमार भट्टराई मुख्य अथितिमा हुनुहुन्थ्यो भने अंन्य संग संस्था हरु का पदाधिकारी हरु को पनि बाक्लै उपस्थिति रह्यो|
कार्यक्रम मा अमेरिका बाट आउनु भएका गायक " नरेंद्र प्यासी " लाई पुष्पः गुच्छ दिएर स्वागत र सम्मान आयोजक संस्था बाट गरिएको थियो |
कार्यक्रममा गायक नरेंद्र प्यासी ले आफ्ना थुप्रै मीठा मीठा गीत संगीत ले दर्शक हरुलाई मनोरंजन दिए , साथ मा स्थानिय ब्यंद "डम्ब स्कील "  ले पनि कार्यक्रम मा सुन मा सुंगंद छर्दिए| स्थानिये कलाकार "सुदिन गुरुंग " ले पनि आफ्नो गायेन कला लाई सबै का माझ प्रस्तुत गरे  र  साथै अन्य संस्कृति झलकने
निर्त्य पनि बिभिन्न स्थानिये कलाकार बाट प्रदर्शन भयो |
हिजो को कार्यक्रम को केहि फोटो हरु
Note :वीडियो चाडै आउदै छ |

लोकप्रिय समाचार