Thursday, October 30, 2014

बलेवा सेवा समाज जापान द्धारा बाढी पिडितलाई २ लाख ६४ हजार ८ सय १६ रुपयाँ सहयोग हस्तान्तरण.....

केही महिना अगाडि बलेवा सेवा समाज जापान द्धारानेपालको सिन्धुपाल्चोक जिल्लाको माङ्खा र राम्चेको जुरे भन्ने स्थानमा परेको प्राकृतिक विपत्तिबाट उत्पन्न समस्यालाई मध्यनजर गर्दै पिडित जुरेबासीको लागि सक्दो सहयोग गर्ने हेतुले "सिन्धुपाल्चोक बाढी पिडित राहत सहयोग अभियान" संचालन गरेको थियो |
सो अभियानबाट संकलित कुल रकम २ लाख ९४ हजार ७ सय १४ जापानी यन लाई नेपाली रुपयाँमा रुपान्तरण गर्दा २ लाख ६४ हजार ८ सय १६ रुपयाँ संकलित सम्पूर्ण रकम बलेवा सेवा समाज संस्थाका भूतपुर्ब अध्यक्ष रामचन्द्र केसी ज्यू ले , काठमान्डू स्थित बिएफबिएस गोर्खा रेडियो कार्यालयमा पुगी चेक हस्तान्तरण गर्नु भएको  छ ।

साथै बलेवा सेवा समाज बाट एक बिज्ञप्ती जारी गरी सो अभियानलाई सहयोग गरि आफ्नो दानी मनको परिचय दिनु भएका जापानबासी आदरणीय नेपाली दाज्युभाई तथा दिदिबैनीहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छौं   भनी लेखिएको  छ|  
" बलेवा सेवा समाज जापान द्धारा पठाएको रकम बुझी बिएफबिएस गोर्खा रेडियो कार्यालयमा पुगी बलेवा सेवा समाज जापानको उद्देस्य बारेमा र आफ्ना तार्किक भनाईहरु सहित रकम बुझाउनु हुने भूतपुर्ब अध्यक्ष आदरणीय रामचन्द्र केसी ज्यू र सो रकम संकलन अभियानमा बिगत  डेढ महिना निरन्तर खट्नु भएका संस्थाका अध्यक्ष महेन्द्र पिसी ज्यू, सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरु र सल्लाहकार ज्यूहरुमा बलेवा सेवा समाज जापानको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौं" भनी सो बिज्ञप्तीमा लेखिएको  छ|

अध्यक्ष- महेन्द्र पिसी, महासचिब- शर्मेन्द्र पौडेल 
बलेवा सेवा समाज जापान 
टोकियो, जापान


नेपालले जित्यो डिभिजन ३ क्रिकेटको उपाधि III युगान्डा ६२ रनले पराजित


    आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को उपाधि नेपालले जितेको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा अफ्रिकी प्रतिद्धन्द्धी युगान्डालाई ६२ रनले हराउँदै नेपालले दोस्रो पटक उपाधि जितेको हो ।

किन्रारा एकेडेमी ओभल मैदानमा विहीबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम ओभरमा अलआउट हुनुपूर्व  
२ सय २३ रन जोड्यो ।नेपालका तीन खेलाडिले अर्धशतक बनाए । सागर पुनले ६४, नरेश बुढाऐरले ५१ तथा ज्ञानेन्द्र मल्लले ५६ रन जोडेको इनिङमा पुछारका ब्याट्सम्यानहरुले भने खुलेर ब्याटिङ गर्न सकेनन् ।

पारस खड्काले १३ रन बनाए भने अन्य सबै खेलाडी दोहोरो अंक जोड्न नपाउँदै पभेलियन फर्किए । बलिङतर्फ युगान्डाका रोजर मुकासा एक्लैले ६ विकेट लिए ।

जवाफमा २ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डा ४५औं ओभरमा १ सय ६१ रनमै समेटियो । नेपालका भुवन कार्कीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे ।


यो जितसँगै नेपालले डिभिजन ‘थ्री’को पहिलो खेलमा युगान्डासँग भोगेको हारको बदला समेत लिएको छ । नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को उपाधि जितेको यो दोस्रो अवसर हो ।

यसअघि सन् २०१३ मा बर्मुडामा भएको फाइनलमा युगान्डालाई नै ५ विकेटले हराउँदै नेपाल पहिलो पटक डिभिजन ‘थ्री’ च्याम्पियन बन्दै डिभिजन ‘टु’मा उक्लिएको थियो ।

तर, डिभिजन ‘टु’को प्रतियोगिता हुन नपाउँदै सन् २०१५ मा हुने विश्वकपको लागि न्यूजिल्यान्डमा सम्पन्न छनोट प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पुछारको दुई स्थानमा रहेपछि नेपाल र युगान्डा डिभिजन ‘थ्री’मा झरेका थिए । यो पटक दुबै टोलीलाई डिभिजन ‘टु’मै रहने वा त्योभन्दा माथि उक्लने अवसर मिलेको छ ।

डिभिजन ‘टु’ प्रतियोगिता आगामी जनवरी १७ तारीखबाट नामिबियामा हुनेछ । उक्त प्रतियोगितामा नेपाल र युगान्डासहित केन्या, नामिबिया, नेदरल्यान्ड्स र क्यानडा सहभागी हुनेछन् । 

Wednesday, October 29, 2014

२१औं फिफा बिश्वकपको लोगो सार्बजनिक

आगामी सन २०१८ मा रूसमा आयोजना हुने २१औं फिफा बिश्वकपको लोगो सार्बजनिक भएको छ।

मंगलबार साँझ आयोजक राष्ट्र रुसले राजधानी मस्कोमा २०१८ को बिश्वकप फुटबलको आधिकारिक लोगो सार्बजनिक गरेको हो।

सार्वजनिक गरिएको लोगोमा रुसको कलात्मक परम्परा, समृद्ध इतिहास र नविनतम् उपलब्धिहरुलाई समेटिएको छ।

चार वर्षपछि हुने २१औ संस्करणमा रुसले, इङल्याण्ड, स्पेन पोर्चुगल, नेदरल्याण्डस् र बेल्जियमलाई पछि पार्दै पहिलो पटक बिश्वकप आयोजना गर्ने अवसर पाएको हो।२०१८ को बिश्वकप रुसको बिभिन्न ११ शहरमा आयोजना गर्नेछ।

Tuesday, October 28, 2014

जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंकले भारतीए ईन्टरनेट शोप्पिङ साईट "स्नप डिल डट कम"मा ६२.७ करोड अमेरिकि डलर लगनी गर्ने....

यो बर्ष जापानको  दूरसञ्चार  कम्पनी  सॉफ्टबैंक निक्कैनै चर्चामा रह्यो | चाहे त्यो ईन्टरनेट शोप्पिङ साईट "अलिबाबा डट क्म " मा शेयर लगनी गर्द होस् या यही बर्ष सॉफ्टबैंक का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे बन्न सफल भएका कुराले होस् ,सॉफ्ट बैंक यो बर्ष बिस्वो भर नै चर्चामा रह्यो |

यही दोउरान जापान को सॉफ्टबैंकले संसारकै सबैभन्द ठुलो ईन्टरनेट शोप्पिङ साईट "अलिबाबा डट क्म "मा  शेयर लगनी गरे  पछी  सॉफ्टबैंकले भारतीए ईन्टरनेट शोप्पिङ साईट "स्नप डिल डट कम"मा शेयर लगनी  गर्ने भएको छ |

सॉफ्टबैंक ले मंगलवार जनाए अनुसार सॉफ्टबैंकले भारतीए अन्लाईन रिटेलोर स्नप डिल डट कम मा $ ६२.७ करोड लगानी गर्नेछ्न्|जापानी दूरसञ्चार कम्पनी सॉफ्टबैंक ३०% भन्दा बडीको शेयर लगनी गरी  स्नप डिल डट कम मा सबैभन्दा ठूलो हिस्सेदार बन्ने छ्न्|स्नप डिल डट कम ले मुख्यत अन्लाईनमा  लुगा र इलेक्ट्रनिक्स सामान बेच्ने गर्दछ | हाल स्नप डिल डट कममा २.५ करोड अन्लाईन युजर छ्न्|

थप जानकारी भिडियो मा हेर्नुहोस् |

होक्काइडोको प्रमुख सहरहरूमा यो बर्षाको पहिलो हिमपात .......

होक्काइडोको केही प्रमुख शहर हरु मा यो बर्षको पहिलो हिमपत सुरु भएको छ| जापान मौसम विज्ञान एजेन्सी अनुसार,सप्पोरो ,हकोदाते र आसाहिखावा मा   लगभग पाँच सेन्टिमिटर जती हिमपात  अवलोकन गरिएको छ|


थप जानकारी भिडियोमा हेर्नुहोस् |

Monday, October 27, 2014

जापान सरकारले इबोला उपचार लागि फुजी फ्लिम द्वारा निर्मित दबाइ प्रयोग गर्न अनुमति दिने ....

जापानको  स्वास्थ्य सेवाको एउटा विशेषज्ञहरुको एक प्यानलले यदी जापान भित्र  कुनै पनि मनिषमा इबोला को सन्क्रमण देखिएमा फुजी फ्लिम कम्पनी द्वारा निर्मित  दबाइ प्रयोग गर्न अनुमति दिने कुरामा सहमत भएका छ्न्|

 इबोलाको दबाइ सो रोगको लागि अधिकृत हुन अझै बाँकी रहेको तर इबोला संक्रमण जापानमा पुष्टि भएमा सोही   दबाइ  प्रभावकारी हुन सक्ने र      प्रयोग गर्न अनुमति दिने कुरा सो विशेषज्ञहरुको प्यानलले बाताए का छ्न्|


थप जानकारी भिडियोमा हेर्नुहोस् |

Halloween Burger at Japan's McDonald.

Halloween is a yearly celebration observed in a number of countries on 31 October, the eve of the Western Christian feast of All Hallows' Day. It initiates the time in the liturgical year dedicated to remembering the dead, including saints (hallows), martyrs, and all the faithful departed believers.
Halloween arrived only recently in Japan, mainly in the context of American pop culture. Western-style Halloween decorations  can be seen in many locations, and places such as Tokyo Disneyland and Universal Studios Japan put on special Halloween events. The wearing of elaborate costumes at night is recently very popular in many areas.

With the rising popularity of Halloween in Japan, McDonald have unveil their special edition of burger for this year Halloween. Although the similar black burger can be seen in the market where the Burgers kings japan has already been a market penetrator for black burger but recently McDonald Japan has also joined the black burger's club in Japan.
McDonald’s own dark burger just  for Halloween. The burger is called the “Ika Sumi Burger” (Squid Ink Burger), and is a rival to Burger King

McDonalds have also released a new chicken burger which features Camembert cheese, and a new McFlurry with pumpkin sauce.

The Ika Sumi Burger (Squid Ink Burger) 
The Ika Sumi (Squid Ink) Burger features two beef patties, cheddar cheese, and crispy fried onions, with a special yellow smoky & spicy Chipotle sauce. The burger also contains a black squid ink sauce. The black in color may   represent a black witch for this Halloween which plays mischief on the burger. Price @370 yen

The Camembert Chicken Burger  
The Camembert Chicken Burger is the second Halloween burger and features a chicken fillet, lettuce and creamy white Camembert cheese sauce with standard white buns.  The white buns and  sauce may   represent a white ghost, with the burger dressed up in a white ghost costume. Price @ 370 yen

Pumpkin Oreo McFlurry 

The third item on the Halloween menu is the Pumpkin Oreo McFlurry. It features pumpkin sauce in the regular oreo cookies & cream vanilla ice-cream Oreo McFlurry. Price@ 276 yen
CLICK PHOTO TO VIEW HIGH RESOLUTION. 

जापानको केसेन्नुमाको बासिन्दाले देशको सबैभन्दा लामो सुशी रोल बनाए.....

जापानको  केसेन्नुमाको बासिन्दाले  देशको सबैभन्दा लामो टुना रोल(सुशी रोल) बनाउन सफल भएका छ्न्| पर्यटक सहित लगभग १,३०० मानिसहरू  विशाल सुशी रोल बनाउन मदत गरेका थिए |

१,००० फिट लामो सो सुशी रोल बनाउन १८७ पाउण्ड टुना माछा ,१,२०० पाउण्ड धान र १,७०० नोरी पानाहरू  प्रयोग गरिएको थियो |

थप जानकारी भिडियो मा हेर्नुहोस् |

जापानको अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै यात्रुहरूको यात्रा इतिहास जाँच गर्ने........

जापानले इबोला प्रभावित पश्चिम अफ्रिकी देशहरूको भ्रमण गरेका यात्रुहरुको  पहिचान गर्न देशमा  अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै यात्रुहरूको  यात्रा इतिहास जाँच गर्ने भएको छ| अन्तर्राष्ट्रिय विमानस्थलको राहदानी परीक्षा समयमा ,अध्यागमनका अधिकारीहरूले सबै यात्रुहरुलाई  "अघिल्लो २१ दिन सम्म कुनै पनि इबोला प्रभावित पश्चिम अफ्रिकी देशहरूको भ्रमण (गिनी, लाइबेरिया, सियरा लियोन वा कङ्गो ) गरेका छ्न् वा छैन्न् " भन्ने प्रशन सोद्द्ने छ्न्|
यात्रुहरुको सुविदाको लागि अधिकारीहरुले नौ भाषामा लेखिएको जानकारी बोर्डहरू देखाउनेछ। यो नयाँ उपाय जापानका ३० अन्तर्राष्ट्रिय विमानस्थलमा लगुहुनेछ |
थप जानकारी भिडियोमा हेर्नुहोस् |

Friday, October 24, 2014

आज संसार भर छरिएर रहेका नेपालीहरुले तिहारको भाई टिका पर्ब मनाउदै

   नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण तथा अन्तिम दिन शनिबार दिदीबहिनीहरुले दाजुभाइलाई भाइटीका लगाइदिँदैछन् । यस वर्षको भाइटीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३५ मिनेटमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
 
तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लाउनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए । तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्दितियाका दिन यो पर्व उत्साहका साथ मनाइन्छ।

यो पर्व दिदीले भाइलार्इ र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विधिपूर्वक पूजा गर्ने चलन छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चक पर्व यो वर्ष कात्तिक ४ गते बाट शुरु भएको हो । 
 
४ गते काग तिहार, ५ गते कुकुर तिहार, ६ गते लक्ष्मी पूजा, ७ गते गाईपूजा, गोवद्र्धनपूजा र नेवार समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल सम्वत् ११३५ एवम् म्हपूजा मनाइयो । 
 
शनिबार परेको भाइटीकालाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बली राजाका लागि आफ्नो राज्य छाडेको कथन पनि जोडिएको छ । 

टोकियोमा "क्योदाई फुटसल टुर्नामेन्ट"हुदै

टोकियो:- आउँदो  आइतबार अक्टोबर २६ तारिकका दिन  टोकियोमा क्योदाई रेमिटेन्स द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक्ष सहयात्री जापान जानकारी गराउदछौ "क्योदाई वल्ड कप २०१४"नामांकरण गरिएको उक्त टुर्नामेन्ट कानागावा केन सागामिहारा शी मिनामी कु को शिन्दोमा(सोबुदाईशिता स्टेसनबाट १५ मिनेटको दुरीमा) हुन गैरहेको छ I 
शिन्दोबात जामा फुटसल क्लबमा बिहान ९ बजे बाट शुरुवात गरिने क्योदाई फुटसल टुर्नामेन्टमा जापानमा भएका नेपाली युवाहरु  माँझ चर्चित दुइ टिम क्रमश: टोक्यो ब्रदर्स र गोर्खाली समाज सहित अन्य देशका १४ टिम गरि कुल १६ टिमको सहभागिता रहनेछ I प्रतियोगितामा नेपाल सहित जापान, भारत,बंगलादेश ,भियतनाम ,पेरु र अन्य राष्ट्रका ब्यबसायिक फुटबल खेल्ने खेलाडीहरुले समेत भाग लिने कुरा गोर्खाली समाजका खेलाडी अजय गुरुङले हामीलाई जानकारी गराउनु भयो I 
प्रतियोगितामा बिजेता टिमले नगद ८०००० जापानी येन र ट्रफी दोस्रो हुने टिमले नगद ४०००० जापानी येन र ट्रफी तेस्रो टिमले ट्रफी मात्र र अन्य व्यक्तिगत पदकहरु पनि प्राप्त गर्नेछ I युवा खेलाडीहरुको बर्चस्व रहेको गोर्खाली समाज र टोक्यो ब्रदर्स दुवै टिमले उपाधि नेपाली टिमले नै ल्याउनु पर्छ भनेर दुवै टिम मिलेर मेहनतका साथ अभ्यास गरिरहेको बताए हामीलाई टोक्यो ब्रदर्सका टिम म्यानेजर सचिन श्रेष्ठ ज्यु ले I 
टोक्यो र टोक्यो आसपासका शहरहरुमा बेला बेलामा भैरहने नेपालीले आयोजना गर्ने होस् या विदेशीले आयोजना गर्ने यस्ता फुटबल टुर्नामेन्टहरुमा नेपाली फुटबलर हरुको ठुलो जमात नै लाग्ने गर्दछ यस्तैमा "फुटबल मेरो जिन्दगीको अभिन्न अंग हो"भन्नु हुने अजय गुरुङ भन्नु हुन्छ 'जापानमा म जस्ता फुटबल प्रेमी साथीहरु धेरै छन् हामीहरुको लागि यस्तो टुर्नामेन्ट हुनु भनेको आफुलाई फिट बनाई राख्ने र हाम्रो लागि नया नया टेक्निक सिक्ने र आफ्नो स्किल बढाउने जस्ता अवसर प्राप्त गर्नु हो र हामीले बिदेशी खेलाडी अनि प्रशिक्षक बाट आफ्नो देशको फुटबललाइ कसरि अगाडी बढाउन सकिन्छ भन्ने कुराको पनि सुजाब र सल्ला लिने अवसर पाउनु हो भन्नुहुन्छ उहाँ'I 
टोक्योमा चर्चित नेपाली फुटबल क्लबहरुमा टोक्यो ब्रदर्स ,गोर्खाली समाज  दीप युनाईटेड,नेपाल युनाईटेड, कावासाकी युनाईटेड, मनाङ् युनाइटेड जस्ता क्लबहरुको नाम अग्र स्थानमा आउने गर्दछ I 
     (टोक्यो ब्रदर्स र गोर्खाली समाजका खेलाडी हरुको नामावली )

Thursday, October 23, 2014

No sex please, we're Japanese - Documentary

Japan’s Internal Ministry published on its website a report that shows that the country’s population has continued to shrink for the third year in a row. The proportion of those 65 years old and up has also risen to a new record, highlighting the increasing problem of an aging population in the world’s third largest economy.
The documentary is filmed in one of the prefecture of Japan where maternity rate is Zero and the Hospital is so silent that it turned out to be a store room. The documentary has also featured one of the amusement park,where thousand of visitor used to visit but eventually it turned out to be a graveyard when no visitor and no children comes to visit there. here's some few marital statistics.
 Marital status
Over 15: Never married Male 61.8%, Female 58.2%. Never married Male 31.8%, Female 23.7%.
25 – 29: Never married Male 69.3%, Female 54.0%.
30 – 34: Never married Male 42.9%, Female 26.6% (July 2000).

जापानमा आगंतुक पर्यटकको संख्या वृद्धि......

जनवरी देखी सेप्टेम्बर सम्म जापानमा आगंतुकको संख्या २६.० पर्सेन्टले वृद्धि भएको छ| यो बर्ष  आगंतुकको   संख्या  ९,७३७,३०० रहेको जापान राष्ट्रिय पर्यटन बोर्ड द्वारा बुधबार डेटा सर्वजनिक गरिएको छ |

गत महिन सेप्टेम्बरमा मात्र आगंतुकको संख्या १,०९९,१०० रहेको र जापान राष्ट्रिय पर्यटन बोर्डले जनाए  अनुसार जनवरी देखी अक्टोबर सम्म पर्यटकको सन्ख्या १०.३६ लाख पार गर्नेछ|

यो सन्ख्या पहिलेको बर्षको रेकर्डलाई तोडने निश्चित देखिएको छ|जापानमा आगंतुक पर्यटक लगातार दोश्रो वर्ष सम्म  उच्च संख्यामा रहेको छ|

थापा जानकारी भिडियो मा हेर्नुहोस् |

Wednesday, October 22, 2014

जापानको टोक्यो शहरमा बहुप्रतिक्षित चलचित्र टलकजंग भर्सेज टुल्के प्रदशन गरिने...

यही नोवेम्बर २३ तरिकका दिन जापानमा बहुप्रतिक्षित चलचित्र टलकजंग भर्सेज टुल्के  प्रदशन गरिने  भएको छ । जापानको टोक्यो शहर स्थित मेगुरो कुमिन सेन्टरमा चलचित्र प्रदर्शन गरिने  आयोजक पक्षले जनाएक छ्न्|
हालै नेपालको विभिन्न भागमा आएको बाढिपहिरोबाट पीडितहरुको सहयोगार्थ रकम जुटाउने  उक्त चलचित्र प्रदर्शनको मूल उदेश्य रहनेछ |
 चलचित्र प्रदर्शनको लागि हल र चलचित्रको प्रदर्शन अधिकार लिइसकेको आयोजक पक्ष ले जनाएक छ्न्|नोभेम्वर २३ तारिख आइतबार साँझ ६ बजे प्रदर्शन गरिने भएको टलकजंग भर्सेज टुल्केको  प्रवेश शुल्क २,५०० जापानी येन राखिएको छ भने विद्यार्थीहरुले विद्यार्थी सहुलियत स्वरुप २,००० जापानी येनमा प्रवेश पाउनेछन्|
चलचित्र प्रदर्शनबाट उठेको रकमबाट बचेको रकम नेपालका बाढी पिडितलाई सहयोग गरिने र यसको सबै खर्च विवरण सार्वजनिक समेत गरिने आयोजकहरुले बताएका छन् ।
सम्पर्क नम्वरहरु
मदन ०८०४०७५६२३७ 
अनिल ०८०१२०८०८००
विक्रम ०८०३५७५४०६१ 
मधु ०८०६६३५५४७६० 

Monday, October 20, 2014

जापानमा पनि हुन थाल्यो नेपाली पप संगीतको म्युजिक भिडियो शूटिंग....

नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै दौरन गत हप्ता मात्र जापानको टोक्यो शहरमा  नेपाली पप म्युजिक भिडियोको छायान्कांन गरिएको थियो |

सो म्युजिक भिडियोका निर्देशक रोशन कार्कीले जनाए अनुसार  "म्युजिक भिडियो रिलिज अघी नै गायक को नाम भन्न नमिल्ने" तर स्रोतले जनाए अनुसार सो म्युजिक भिडियोका गायक नेपालका निक्कैनै चर्चित गायक मध्यका एक हुन्|

टोक्यो शहरको निक्कैनै सुन्दर ठाउँ र संसारकै  प्रसिद्ध पर्यटन स्थलमा छायान्कांन गरिएको सो म्युजिक भिडियो लग्भग १ महिन पछी नेपालमा रिलिज हुने स्रोतले जनएका छ्न |

सो म्युजिक भिडियोका निर्देशक रोशन कार्की हुन भने क्यामेरा म्यन प्रबिन हिराचन र मोडेलहरु बिक्रम खत्री ,संगिता छेत्री ,प्रियान्का चोखल , मधु भण्डारी ,बसन्त खड्का रहेका छ्न्|
म्युजिक भिडियो  छायान्कांनको बेला खिचिएको केही तस्विरहरु ....
CLICK PHOTO TO ENLARGE AND VIEW HIGH RESOLUTION.

जापानमा ३ डि प्रिन्टर बाट बन्दुक बनाउने पूर्व कलेज कर्मचारीलाई २ वर्ष जेल सजाय ......

एक जापानी अदालतले ३ डि प्रिन्टर बाट बन्दुक बनाउने पूर्व कलेज कर्मचारीलाई  २ वर्ष  जेल सजाय सुनाएको छ|

योशिमोतो इमुर नामक सो ब्यक्तीले  गैरकानुनी २ प्लास्टिक बन्दुक राखेको भन्दै अभियोग दर्ता गरिएको थियो।

सो प्लास्टिक बन्दुक बनाउन अभियुक्तले कावासाकी शहरको  आफ्नो घरमा ३ डि प्रिन्टर प्रयोग गरेको र   सो प्लास्टिक बन्दुक आफुले कुनै अवैद कामको लागि नभइ आफ्नो ज्ञान र कौशल प्रदर्शन गर्नको लागि मात्र भएको बताएक छ्न्|


थाप जानकारी भिडियो म हेर्नुहोस् |

Sunday, October 19, 2014

जापानमा इन्टरनेटको लत ६ वर्ष पहिले को भन्दा ५० प्रतिशतले ब्रिद्धी.....

जापानमा विशेषज्ञहरु को एक प्यानलले   देशमा ४.२ करोड   भन्दा बढी मानिसहरूलाई  इन्टरनेट को  लत लागेको जनाएका छ्न   ।
स्वास्थ्य सेवाको  एक प्यानलले  गत वर्ष ४,००० भन्दा बढी मानिसहरूको  अन्तरवार्ता लिएका थिए  जसमा  २० बर्षा  उमेरका मानिसहरु थिए भने अन्तरवार्ताको लागि मानिसहरु अनियमित चयन गरेको   थियो।जस्को परिणाम,इन्टरनेटको  लत   ६ वर्ष पहिले को भन्दा ५० प्रतिशतले ब्रिद्धी भएको  अन्तिम सर्वेक्षणले देखएको छ ।

 धेरै समय ईन्टरनेटमा बसदा वा अन्लाईन गेम खेल्दा मानिसहरु  आफ्नो काम वा घरायसी बेवास्ता गर्ने गरेको सो सर्वेक्षणले देखएको छ ।

थाप जानकारी भिडियो म हेर्नुहोस् |

Thursday, October 16, 2014

एप्पल कम्पनीले हिजो नयाँ अाई प्याड , अाई माक र नयाँ ओपेरटिङ सिस्टम सार्बजनिक गर्यो...

एप्पल कम्पनीले हिजो मात्र नयाँ अाई प्याड , अाई माक र नयाँ ओपेरटिङ सिस्टमको प्रेजेंटेशन गरेका छ्न|एप्पलको आईफ़ोन सिक्स र आईवाच सार्बजनिक गरेको १ महिना पछी एप्पल कम्पनीले आफ्नो नयाँ प्रोडक्ट फेरी सार्बजनिक गरेका छ्न |  नयाँ अाई प्याडलाई  ,"अाई प्याड एअर २" नमन्कन गरिएको छ|सो अाई प्याड पहिलेको अाई प्याड भन्दा छिटो र पातलो हुने छ भने नयाँ अाई प्याडमा  आईफ़ोन ५ एस देखी सुरु गरिएको फिंगर प्रिंट सेंसर राखिएको हुँनेछ |





हिजो बिहीवार गरिएको एप्पल कम्पनीको सो इवेंट मा नया अाई माक(कंप्यूटर) को पनि प्रदर्शन गरिएकोथियो | सो कंप्यूटर एप्पल कम्पनी ले बनाएको अहिले सम्म को कंप्यूटर भन्दा राम्रो र छिटो रहेको कंपनीले बताएका छन | नया अाई माक मा "५ के" रेटिना डिस्प्ले रहने छ | नया अाई माक मा  "योसमिते" नामांकन गरिएको नया ऑपरेटिंग सिस्टम रहनेछ |
अाई प्याड एअर २ को मूल्य $४९९ रहनेछ भने   नया अाई माक $२,४९९ रहनेछ |

थप जानकारी वीडियो मा हेर्नुहोस |



यो हप्ता जापानमा रोबोट प्रदर्शनी.....नर्सिङ केयरमा भविष्यको सम्भव बोकेका थुप्रै रोबोटहरु प्रद्रशन|

यो हप्ता जापानको टोक्योमा  रोबोट प्रदर्शन भयो |नर्सिङ केयरमा भविष्यको सम्भव बोकेका थुप्रै रोबोटहरु प्रद्रशन गरिएको थियो |जापान को बढ्दो वृद्ध जनसंख्या लाई मध्यानजर गरी यि नर्सिङ रोबोट को प्रदर्शन गरिएको थियो |

सो रोबोट प्रदशनमा संचार र टाढाको भिडियो अनुगमन देखि प्रकोप प्रतिक्रिया गर्न  सक्ने सबै  कुराको लागि नयाँ प्रविधि प्रदर्शन  गरिएको थियो |


यि भविष्य को सम्भव बोकेका रोबोट हरु को झलक तपाईंहरु पनि भिडियो मा हेर्नुहोस् |

Tuesday, October 14, 2014

इबोला भाइरसको प्रकोप विरुद्ध मार्क जुक्केर्बेर्गले अमेरिकी डलर २५ लाख दान गर्ने.....

प्रख्यत सामाजिक सन्जाल फेसबुकका  संस्थापक मार्क जुक्केर्बेर्गले  घातक इबोला भाइरसको प्रकोप विरुद्ध  अमेरिकी डलर  २५  लाख दान गर्ने भएका छ्न्|
सो  पैसा सीडीसी फाउण्डेशनमा जानेछ  |

मार्क जुक्केर्बेर्ग   परोपकार को क्रनिकल अनुसार, २०१३ मा सबैभन्दा उदार दाताहरू मध्य को एक हुन्|

जापानले गर्यो संसारकै सबैभन्द ठुलो आतिशबाजी को प्रदर्शन.....


जापानिज  टेक्नीसियनले आतिशबाजीमा  नयाँ रेकर्ड  राख्न सफल भएको छ|  उत्तरपश्चिमी टोकियोको एक शहरमा संसारकै सबैभन्द ठुलो आतिशबाजी को प्रदर्शन जापानिज  टेक्नीसियनले गरेको छ्  ।

४६०-किलोग्रामको  आतिशबाज उत्तरपश्चिमी टोकियोको साइतामा   प्रान्तको  कोनोसु   शहरमा शनिबार  भएको थियो।

छ सय हजार मानिसको भिडमा ,१५,००० अलग आतिशबाजी प्रद्रशन गरेको थियो|आतिशबाजी   शो ले  शरद ऋतुको  आकाश उज्यालो पारेको  थियो |

यो सुन्दर  आतिशबाजी भिडियो म हेर्नुहोस्

Monday, October 13, 2014

पोखारा नाइट भब्यताको साथ सम्पन्न ...


No Image Loaded
Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded
पोखरा गाईजको आयोजनामा हिजो भएको पोखरा नाइट लाइभ कन्सर्ट टोकियोको सेतागया कुमिन हल सेन्टरमा भब्यताको साथ सम्पन्न भएको छ। नेपालबाट अमन्त्रित ख्यातीप्राप्त रक ब्यान्ड द एेज ब्यान्डले झन्डै दर्जनौ बडी आफ्नो चर्चित गीतहरु गाएर दर्शकह्स्रुलाई भरपुर मनोरन्जन दिलाएको थियो। ब्यान्डमा नेपालबाट आएको जीवन गुरुङ(गायक) लाई बिष्णु गुरुङ( लिड गितार), अच्युत थापा (ड्रमर) र स्थानिय सैलेज गुरुङ(बेश गितार) र गोपी थापा(रिदम गितार) ले साथ दिएको थियो । अतिरिक्त समय भन्दा केही ढिलो सुरु भएको सो कार्यक्रममा जीवन गुरुङले निरन्तर आफ्नो नयाँ पुराना गीतहरु गाउदै दर्शकहरुलाई नचाएका थयो भने अन्तिम समय सम्मा दर्शकहरुले सँगै गीत गाउदै साथ दिएको थियो। प्रकाश थापा संयोजक रहेको उक्त कार्यक्रममा कलाकारहरुलाई बिभिन्न संघसस्थाका पदाधिकारीहरु ब्यापारीहरुले खाता लगाइ स्वागत गरेको थियो भने कार्यक्रम सन्चालन ओमप्रकाश गुरुङले गरेको थियो।

लोकप्रिय समाचार