Friday, January 15, 2016

जनवरी १७ तारिक आईतबार टोकियोमा "कबड्डी कबड्डी" प्रदशन हुदै


टोकियोबासीको नेपाली चलचित्र प्रतिको माया मोह र चाहनालाइ मध्य नजर गर्दै र जापानमा रहेका नेपालीहरु माझ आकस्मिक आईपर्ने समस्या समाधानको निमित्त NRNA जापानद्वारा खडा गरिएको 'आकस्मिक आपतकालीन कोष'मा सहयोग गर्ने उदेस्यका साथ 'टोक्यो ड्रिम्स इन्टरटेन्टमेन्ट'ले आउदो जनवरी १७ तारिक आईतबार साँझ ५:३० बजे बाट टोकियोको मेगुरो स्थित मेगुरो कुमिन सेन्टर हलमा हालको अत्यधिक सफल नेपाली चलचित्र "कबड्डी कबड्डी"को दोस्रो प्रदर्शन गर्दैछ l

गत डिसेम्बर २७ तारिकमा पहिलो प्रदर्शन गरिएको उक्त चलचित्रले जापानमा एतिहासिक सफलता हासिल गर्न सफल भएको थियो lपहिलो शोमा सिमित सिटका कारण कतिपय दर्शक टिकेट नपाएर निरास भएर घर फर्किनु परेको थियो भने हल भित्र प्रवेश गर्न पाएका कयौं दर्शक सिट नपाएर भुइमा बसेर पनि चलचित्रमा रमाएका थिए l

पहिलो शोमा हलको क्षमता भन्दा बढी दर्शक ओइरिएका कारण उक्त दिन दर्शकहरुमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै टोक्यो ड्रिम्स इन्टरटेनमेन्टका अन्जु श्रेष्ठ ज्यु भन्नु हुन्छ "उक्त दिन हेर्न नपाएका र समय नमिलेर छुटाउनु भएका साथै नेपाली चलचित्रलाई माया गर्नु हुने सम्पूर्ण जापानबासि नेपाली हरुलाई आउदो आइतबार १७ तारिक मेगुरो कुमिन सेन्टरमा आइ नेपाली चलचित्रलाइ माया गरिदिनु हुन बिनम्र अनुरोध  
गर्दछु" l साथै उक्त दोस्रो शो बाट उठेको रकमको १०%रकम NRNA जापानको आपतकालीन कोषमा हस्तान्तरण गरिने कुरा सहयात्री जापानलाई उहाँले जानकारी गराए l

लोकप्रिय समाचार