Wednesday, September 30, 2015

जापानमा घान्द्रुक साँझ हुने ..

ब्रेज मेश्रों घान्द्रुक समाज जापानको आयोजनामा यही आउदो अक्टुबर -२५ तारिक आईतबारको दिन ईकीगामी खाइकन हलमा "ब्रेज मेश्रों साँझ -२०१५ बिबिध सांस्कृतिक कार्यक्रम हुने भएको छ । 
समाजको बार्षिकउत्सब सँगै दसैं तिहारको शुभ अब्सरमा बाढी पहिरो सहयोगार्थत "ब्रेज मेश्रों साँझ नामकरण गरेको उक्त कार्यक्रममा नेपालबाट अमन्त्रित चर्चित पप गायक अनिल सिंह र नव चर्चित लोक दोहोरी गायक बिमल परीयार आउने भएको छ भने नेपालबाटै अर्को कार्यक्रमको लागी आउनु भएको चर्चित लोक दोहोरी गायिका भिमु गुरुङ पनि सो कार्यक्रममा सहभागी हुनेछ साथमा स्थानिया कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । 

जापानको ब्यस्त समयको बाबजुत पनि नेपालबाट कलाकारहरु झिकाएर गरिएको समाजको जापानमा यो पहिलो कार्यक्रम हो | कार्यक्रमबाट उठेको सबै रकम खर्च कटाएर बाढी पहिरोले क्षेतीग्रस्त भएको कोल्टेभाटी पुल र मत्क्यु पुल निर्माणको लागी सहयोग गर्ने कुरा आयोजक कमिटिका प्रचार बिभागका संयोजक युक्तमान गुरुङले बताउनुभयो । उक्त कार्यक्रमलाई सफल बनाइदिनुहुन जापान स्थित बिभिन्न संघ सस्था, समाज ब्यबासायी नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई अनुरोध गर्दै कार्यक्रममा उपस्थिति जनाइदिनुहुन ब्रेज मेश्रों घान्द्रुक समाज जापान परिवार तथा आयोजक कमिटिको तर्फबाट हार्दिक निमन्त्रणा गर्दछौं बिज्ञप्तीमा भनिएको छ । 


मिती - २०१५ -अक्टुबर - २५ तारिक आईतबार समय - दिउसो ठीक ४ बजे स्थान- ईकिगामी खाईकन हल ईकिगामी स्टेशनबाट ७ मिनट

Saturday, September 26, 2015

भारतीय संञ्चारकर्मीहरुलाइ नेपाल प्रवेशमा रोक

१० असोज ।
 भारतीय संचारकर्मीले नेपालको सन्र्दभमा गलत समाचार सम्प्रेसण गरेको भन्दै उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।

तराइमा जारी आन्दोलन र संविधान जारी भइसकेको अवस्थामा पनि भारतीय मिडियाले अफवाह फैलाएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरंगका प्रमुख जिल्ला अधिकारी गणेश राज कार्किको निर्देशनमा नेपाल प्रहरीले प्रवेशमा रोक लागाएको मोरंगका संचारकर्मी विरेन्द्र झाले जनाएका छन् ।

झाका अनुसार भारतको जीन्यूज टेलिभिजन , आजतक टेलीभिजन , इन्डिया टेलिभिजन , एण्डी टेलिभिजन, इटिभि बिहार टेलिभिजन, हिन्दुस्तान टाइमस् लगायतका दुइ दर्जन बढि संञ्चारकर्मीहरुले प्रत्यक्ष प्रसारणका लागी ओभि भ्यानसहित बिराटनगर प्रवेश गर्न खोज्दा उनीहरुलाइ नेपालका ससस्त्र प्रहरीहरुले रोकेका थिए ।

जसरी भारतमा तेल भर्न गएका नेपाली ट्यांकरलाई माथिको आदेश भन्दै हिस्स पारीएको थियो त्यही शैलीमा नेपाली प्रहरीले पनि माथिको आदेश भन्दै नेपाल छिर्न नदिएपछि भारतीय संचारकर्मीहरु जिल्ल परेर नाकामा नै उभिइरहे ।

Thursday, September 24, 2015

सेप्टेम्बर २७ तारिक टोकियोमा "होस्टेल रिटन्स"प्रदर्शन हुने

आउँदो आईतबार अर्थात् सेप्टेम्बर २७ तारिक साँझ ५:३० बजे बाट टोकियोको मेगुरोमा अवस्थित मेगुरो कुमिन सेन्टर हलमा बहुचर्चित नेपाली चलचित्र "होस्टेल 
रिटन्स" प्रदर्शन  हुने भएको छ l मिनामी डाईनिङ् एण्ड बारले प्रदशन गर्न लागिएको उक्त चलचित्र नेपालमा भदौ ४ गते बाट प्रदर्शनमा आएर सुपरहिट बनेको चलचित्र हो र अझै पनि नेपालमा भव्यताका साथ प्रदशन भईरहेको छ I  

सायद र होस्टेल जस्ता सुपरहिट चलचित्र निर्माण गरेका निर्माता सुनिल रावलको यस चलचित्रलाई पनि नेपालका दर्शकहरुले अत्यधिक मन पराएका छन् साथै टोकियोमा हुने उक्त सोको लागि निर्माता सुनिल रावलको समेत उपस्थिति हुनेछ  भन्ने कुरा आयोजक पक्ष मध्यका एक इशोर श्रेष्ठ ज्युले सहयात्री जापानलाई जानकारी गराए I साथै उहाँले उक्त दिन बहुप्रतिक्षित चलचित्र होस्टेल रिटनर्स हेर्न आइदिनुहुन सम्पूर्ण जापानबासी नेपालीहरुलाई अनुरोध पनि गर्नुभयो I 

दुर्गिश फिलिम्सको व्यानरमा निर्माण भएको ,सुरज भुषालले निर्देशन गरेको होस्टेल रिर्टनसमा होस्टेलमा बसेर इञ्जिनियरिङ पढ्ने विद्यार्थीहरुको कथाबस्तुलाई प्रस्तुत गरिएको छ भने फिल्ममा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, अभय बराल, नाजिर हुसेन पिके चौधरी, सुनिल रावल, निर्मल शर्मा, दिया मास्केलगायतको उत्कृष्ठ अभिनय रहेको छ I 

Saturday, September 19, 2015

चलचित्र "वडा नम्बर ६ " करोड क्लबमा

फिल्मीबजार नेपाल :- चलचित्र वितरक गोपाल कायस्थको भनाईलाई आधार मान्ने हो भने शुक्रबारबाट सार्वनिक प्रर्दशनमा आएको चलचित्र ‘वडा नम्बर ६’ले शनिवार साँझ सम्म करोड क्लबमा प्रवेश गरिसकेको छ ।उनका अनुसार राजधानीका २४ वटा पर्दाहरुबाट प्रर्दशनमा आएको ‘वडा नम्बर ६’ ले शनिवार ३१ व्टा पर्दा पाएको छ । चलचित्रले शुक्रबार मात्रै २७ लाख ३५ हजारको ग्रश कलेक्सन गरेको थियो । शनिवार झनै शुक्रबार भन्दा बढी मान्छेको फ्लो हलमा देखिएको थियो । शनिवार साँझ सम्म मोटामोटी चलचित्रले एक करोडको ग्रश कलेक्सन गरेको वितरक कायस्थले जानकारी गराएका छन् । त्यस्तै चलचित्र ‘वडा नम्बर ६’ले गोपी कृष्ण मुभिजमा पनि नयाँ इतिहास रचेको छ । अहिलेसम्म कहिल्यै पनि गोपीकृष्ण मुभिजका दुई ठुला हलहरु गोपी र कृष्णमा एकैपटक एउटै नेपाली सिनेमा लागेको रेकर्ड छैन । तर प्रथम पटक यही चलचित्रबाट दुबै ठुला हलहरुमा हिन्दी फिल्मलाई हटाएर ‘वडा नम्बर ६’प्रर्दशन गरिएको जानकारी छ । ति दुबै हल हाउसफुल रेहको वितरकले दाबी गरेका छन् । नेपाली चलचित्र क्षेत्रका लागि यो निकै सकारात्क संकेत भएको गोपीकृष्ण भुभिजका प्रबन्धक प्रदिप दहाल बताउछन् । यति धेरै मान्छे सिनेमा हेर्न एकैपटक आएको मैले अहिलेसम्म देखेको छैन्, उनले भने, जे होस् चलचित्रले हाम्रो हलमा नयाँ इतिहास कायम गर्यो । उज्जवल घिमिरे निर्देशित चलचित्र ‘वडा नम्बर ६’मा हाँस्यकलाकारहरुको बाहुल्यता रहेको छ । दिपकराज गिरी , दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, निर शाह, राजाराम पौडेल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

News:filmybazar

Tuesday, September 8, 2015

आईफोन ६ सक्कली र नक्कली छुट्टाउने सरल बिधि

एप्पलले आफ्नो नयाँ आईफोन सान फ्रान्सिस्कोमा चाडै सार्वजनिक गर्दैछ। यो नयाँ आईफोनको नाम आईफोन ६ एस वा आईफोन ७ हुनेछ। नयाँ आईफोन लञ्च हुनैलाग्दा पुराना आईफोनको मूल्यमा पनि केही कमी आउनेछ। मुल्य घटेको बेला आईफोन किन्दा केही सावधानी भने अपनाउनुपर्छ किनकी बजारमा नक्कली आईफोन पनि देखिने गरेका छन्। कसरी चिन्ने सक्कली र नक्कली आईफोन?

आईफोन किन्दा, बटनको ठाँउ, स्क्रिनको आकार, एप्पलको लोगो, अपरेटिङ सिस्टम, सिरियल नम्बर, बिल्ट-इन एप्स, मेमोरी क्यापासिटी, मोटाइ अनि तौल, वेलकम स्क्रिन अनि वारेन्टी राम्रोसंग याद गर्नुपर्छ।

१)बक्सः

आईफोन राख्ने बक्सबाट पनि सक्कली नक्कली छुट्याउन सकिन्छ। सक्कली बक्समा कालो अक्षरले iPhone लेखिएको छ भने नक्कलीमा सुनौलो वा सुन्तला रंगले iPhone लेखिएको भेटिन्छ। सक्कलीको बक्स अलि सानो अनि चिटिक्क परेको हुन्छ भने नक्कलीको बक्स अलि ठुलो अनि भद्दा हुन्छ। सक्कली बक्सको पछाडी फोनको बारेमा केही लेखेको हुन्छ भने नक्कली आफईफोनको बक्सको पछाडी केही लेखिएको भेटिदैन।

२)बक्स भित्रः

बक्स भित्र आईफोनकै आकारको प्लास्टिक कार्ड पहिला भेटिन्छ। नक्कली र सक्कली दुवैमा यस्तो कार्ड खासै फरक हुदैन। दुवैको बीचमा प्वाल हुन्छ। सक्कलीमा क्यामेराको ठाउँमा पनि प्वाल पारिएको हुन्छ यो कार्डमा। त्यसपछि फोनसंग सम्बन्धित कागजपत्र हु्न्छन। सक्कलीको कागपत्रको गुणस्तर निकै राम्रो हुन्छ।

३)उपकरणहरुः


कागजपत्रको तल प्यास्टिकको एक बक्समा फोनलाई आवश्यक पर्ने उपकरणहरु राखिएको हुन्छ। यो इयरफोन दुवै बक्समा उस्तै जस्तो देखिन्छ। जसको गुणस्तर केही सुने पछि पत्ता लाग्छ। सक्कलीको बक्समा चार्जर र डाटा केवलको लागि छुट्टा छुट्टै ठाउँ हुन्छन्, जुन नक्कलीको बक्समा हुदैन।

४)फोनको पछाडीः
फोन सक्कली की नक्कली छुट्याउने सजिलो तरिका फोनको पछाडीको भाग हो। सक्कलीमा फोनको बारेमा लेखिएको जानकारी सबैभन्दा तल हुन्छ भने नक्कलीमा केही माथी। त्यस्तै एप्पलको लोगो नक्कलीमा ऐना जस्तो टल्कन्छ। सक्कलीमा पनि लोगो टल्कन्छ तर ऐना जस्तो रिफेल्ट भने गर्दैन।

५)क्यामेराः
सक्कली र नक्कली आइफोनको क्यामेराको डिजाईन निकै फरक छ। नक्कली क्यामेराको वरिपरि सिल्भर रंगको एक घेरा हुन्छ, जुन सक्कलीमा हुदैन। सक्कली आईफोनको फ्याल्स लाइटको रंग पहेंलो छ, अनि भित्र फैलिएको जस्तो देखिन्छ। तर नक्कलीको पनि रंग पहेंलो नै देखिन्छ तर भित्र खुम्चेको हुन्छ।

६)मोटाइ र बटनः
सक्कली नक्कली दुवैको मोटाइ करिब करिब उस्तै भेटिन्छ। अलि नियालेर हेर्ने हो भने सक्कली नक्कली बन्दा थौरै पातलो छ। सक्कलीको तुलनामा नक्कलीको साइड बटन अलि साह्रो छ। भोलुम बटन सक्कलीको थिच्दा आवाज आउँछ जुन नक्कलीमा हुदैन।

७)डिस्प्ले र आईकन
सक्कली र नक्कली फोन लाई अन गर्ने बित्तिकै यी दुईको डिस्प्ले क्वालिटीको फरक थाह पाउन सकिन्छ। सक्कलीको डिस्प्ले नक्कलीको भन्दा चहकिलो अनि प्रष्ट छ। लक स्क्रिनमा देखिने क्यामेराको आइकन निकै फरक छ। Slide to unlock लेखेको नक्कलीमा सादा रंगमा छ भने सक्कलीमा केही एनिमेसन गरिएको भेटिन्छ।

नक्कली आईफोन ६ को एपस्टोर चीनियाँ भाषामा छ। सक्कली आईफोन एक पटक भएपनि चलाउनुभएको छ भने नक्कली आइफोन कुन हो भनी छुट्याउन गाह्रो पर्ने छैन।

यी सबै टिप्स आईफोन ६ को सक्कली र नक्कली छुट्याउनको लागि हो। सेट नै फरक हुने भएपछि डिजाइन, क्षमता सबै फरक नै हुने भइहाल्यो। तर किन्ने बखत यी कुरा ध्यान दिँदा नक्कली भएपनि चिन्न सकिन्छ।

Friday, September 4, 2015

"उपयुक्त प्रतिनिधि चयन गरौँ,साझा सबल र सुदृढ एनआरएनको निर्माण गरौँ I" : टाशी वाङ्दी लामा

जापानमा अहिले मौसमी गर्मि केहि कम भए पनि जापान बासी नेपालीहरुलाई एनआरएनए जापानको चुनाबी गर्मीले ह्वात्तै छोएको छ I उमेदवारी दिने व्यक्तिहरु आफुलाई सक्दो भोट माग्न सामाजिक संजालका भरपुर उपयोग , प्रतेक व्यक्तिलाई फोन गरि सहयोग माग्ने साथै मौखिक रुपमा कोठा कोठा चाहार्ने जस्ता विभिन्न उपायहरु अपनाई रहेका छन् I 

कसैको बढी बोल्ने र कसैको कम बोल्ने सबैको आ-आफ्नो छुट्टा छुट्टै  बानि हुन्छ तर आफुलाई चाहिने बेलामा जो कोहि बढी बोल्ने त गर्छन नै I बिशेष गरि चुनाबी माहौलमा सत प्रतिशत नेता हरु बोल्न,भाषण गर्न एकसा एक अगाडी बढ्ने गर्छन I स्टेजमा माइक देख्यो कि जनताको ध्यान आफूतिर आकर्षित गर्न ठुल ठुला गफ र भाषण गर्न तम्सिहाल्छन भलै सामाजिक कार्यमा हात एकचोटी पनि नहालेको किन नहोस I तर जापानमा एक नेपाली व्यक्ति यस्तो हुनुहुन्छ जो बोल्नमा भन्दा बढी कर्ममा बिश्वाश गर्छन I दशकौं देखि दिन रात नभनी लगातार समाजका लागि खटि रहेका छन् ! उहाँ हुनुहुन्छ आगामी एनआरएनए जापानका नया कार्यकाल(२०१५-२०१७सम्म)का लागि उपाध्यक्ष  पदका लागि उमेदवारी दिएका टाशी वाङ्दी लामा I 

टाशी वाङ्दी लामा एक यस्ता व्यक्ति हुनुहुन्छ जो एनआरएन जापानको आइसीसी २०१३ देखि २०१५सम्मका युवा प्रतिनिधी भएर धेरै अनुभब संगाली सक्नु भएका छन्,  तेस्तै जापानको टोकियोमा सामाजिक कार्यमा सधै सक्रिय रहने युवाहरुको संस्था नेपाल जापान युथ क्लबको अधयक्ष पदमा रहेर पनि धेरै सामाजिक कार्य गरिरहनु भएको छ I उदाहरणको लागि भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर जापानी र विश्व समुदायमा चिनाउने हेतुले गरिने र्याली होस् वा रक्तदान कार्यक्रम  होस् वा भुकम्प पिडित हरुको निम्ति राहत संकलन होस् या जापानमा भएका नेपालीहरु बीच आपसमा भाइचारा र सदभाव बढाउनको निम्ति खेलकुद आयोजना गरेर होस् या सांगेतिक कार्यक्रम गरेर होस् मेलमिलापको उपयुक्त बातावरण सृजना गर्ने गर्छन I साथै व्यक्तिगत रुपमा पनि जापानमा समस्यामा परेका नेपालीहरुको लागि आफै दौड धुप गर्ने गर्दछन एक अर्थमा भन्नु पर्दा उहाँले मन बचन र कर्म सधै दुखमा परेकाहरुको निम्ति खर्चिने गर्नु हुन्छ फलस्वरूप जापानमा नेपाली समुदायमा अत्याधिक चर्चामा पनि हुनुहुन्छ I 

हँसिला र मिजासिला स्वभावका टाशी लामा स्पष्टबक्ता पनि हुन्  'सहयात्री जापान'  संगको कुराकानीमा उहाँले भन्नु भयो " म बचनमा भन्दा कर्ममा बिश्वाश गर्ने मान्छे ! एक घण्टा भाषण गरेर समय बर्बाद गर्नु भन्दा दुइजनाको समस्या समाधान गर्न सके त्यो उपलब्धि हुन्छ र समयको सदुपयोग पनि I तेसैले अबको यो एनआरएनए जापानको चुनाबमा म तपाई सम्पुर्ण नेपालीहरुको आवाज लिएर उपाध्यक्ष पदको लागि प्रतिस्पर्धा गर्दैछु I  तपाईहरु सम्पूर्णको सहयोगको आवस्यकता छ र 
आशा गर्दछु  सम्पूर्ण नेपालीहरुले सहयोग गर्नु हुनेछ I भोट जस्लाई दिए पनि फरक पर्दैन  जे होस् तपाईहरुले दिएको भोट खेर नजावोस I हालसम्मको कामको मुल्यांकन पनि गर्नुहोस् र तपाईले चुनेका व्यक्तिले एनआरएन जापानलाई अझ सबल र सुदृढ बनाउन एक चित्त भएर सधैं  लागि रहोस र जापानमा समस्यामा पर्ने नेपालीहरुको आवाज सुनिदिओस, सम्बधित ठाउमा आवाज उठाईदिवोस र समस्याको समाधान गरिदिओस I  र अन्तमा 
   उपयुक्त प्रतिनिधि चयन गरौँ I 
  साझा सबल र सुदृढ एनआरएनको निर्माण गरौँ I"
भन्दै उहाँले सेप्टेम्बर ६ तारिक आईतबार समयमै भोट हाल्न आइदिनु हुन सम्पूर्ण जापानबासी नेपालीलाई अपिल गर्नु भयो I 


अब चिनेको बोलेको भरमा भोट दिने कि ?सामाजिक कार्यमा अग्रसर हुने ,एनआरएनए जापानलाई अझ सबल र सुदृढ बनाउने खुबी भएको अनि राष्ट्र निर्माणमा सहयोग पुराउन सक्नेलाइ दिने?यी दुइ मध्ये कस्तो खालको उमेदवारीलाई भोट दिएर उपयुक्त प्रतिनिधि छान्ने कर्तब्य  हजुरको I 
                        मतपत्र 


गिनिज बुक वर्ल्ड रेकर्डर चन्द्रबहादुर डाँगीको निधन

विश्वकै होचो मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भएको छ ।

कार्यक्रमका क्रममा अमेरिकामा रहेका डाँगी अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

दाङ घर भएका उनको उपचारकै क्रममा अमेरिकाको ल्योन्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा शुक्रबार मध्यान्ह निधन भएको हो ।

हालसम्मकै होचा जीवित मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल डाँगीको जन्म वि.सं. १९९६ साल मंसिर १५ गते भएको थियो ।

उनलार्इ २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्वकै जीवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो । लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेन्टीमिटर भएको प्रमाणित गरेका थिए ।

गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भएअनुसार १२ किलोग्राम भएका उनी विश्वमा भेटिएकामध्ये सबैभन्दा होचा प्रमाणित भएका थिए ।

यो कीर्तिमान यसअघि भारतका गुल मोहम्मदको नाममा थियो । जसको उचाइ ५७ सेन्टिमिटर थियो। जीवित व्यक्तिमध्ये सबैभन्दा होचाको कीर्तिमान यसअघि फिलिपिन्सका जुन्रे वालाविङ को नाममा थियो। 

(अन्नपुर्ण पोष्ट बाट)

Thursday, September 3, 2015

के तपाईलाई थाहा छ ? लामखुट्टेले ओ ब्लड ग्रुप भएको मानिसलाई बढी मन पराउछ अर्थात् बढी टोक्ने गर्छ

कोही कोही मानिसले लामखुट्टेले आफुलाई अरुलाई भन्दा बढि टोक्ने गरेको गुनासो गर्छन् । अरु मानिसहरु सँगै हुँदापनि लामखुट्टेहरु आफ्नै जिउमा बढि झुम्मिने गरेको दाबी हुन्छ कसैकसैको । यस्तो दाबी गर्नेलाई हामीले जिस्काउने गर्छौँ प्रायः ।
अनि भन्ने गर्छौँ की तिमीलाई बढि मन पराएको होला नी लामखुट्टेले । साँच्ची उक्त साथीले नखरा पारेको हो, आखिर लामखुट्टेले टोक्ने त सबैलाई उस्तै त हो भन्ने हाम्रो बुझाइ रहँदै आएको छ । लामखुट्टेले धनी, गरीब, दुब्लो मोटो, कालो तथा गोरो भनेर विभेद गर्ने कुरा भएन । कोही मानिसको रगत बढि मीठो र कसैको नमीठो हुने कुरा पनि भएन ।
त्यसैले लामखुट्टेले जसलाई मौका पायो उसैको जिउबाट रगत चुस्ने हो नी भन्ने ठम्याइ हुन्छ हाम्रो । तर वास्तवमा हाम्रो यो ठम्याइ गलत रहेछ । हालैको एक अध्ययनले मानिसको रगतको प्रकारले उसलाई लामखुट्टेले कति सताउँछ भन्ने कुराको निधो हुने तथ्य पत्ता लगाएको छ ।

शोधकर्ताका अनुसार लामखुट्टेले मानिसको जिउबाट रगत चुस्न रुचाउने दर मानिसको रक्त समूह अर्थात् ब्लड ग्रुपमा निर्भर गर्दछ ।
अमेरिकाको पब्लिक लाइब्रेरी अफ साइन्सका शोधकर्ताहरुका अनुसार ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले बढि मन पराउँछ । ओ ब्लड ग्रुप भएका मानिसको शरीरको रगत चुस्न लामखुट्टेले बढि रुचाउँछ ।
शोधकर्ताहरुका अनुसार हाम्रो रगतमा प्रोटिन हुन्छ र उक्त रक्तप्रोटिन ओ ग्रुपको रगतमा बढि हुन्छ । त्यसैले बी ब्लड ग्रुप भएका मानिसको तुलनामा ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले टोक्ने दर दोब्बर हुन्छ । त्यस्तै ए ब्लड ग्रुपका मानिसलाई बी ब्लड ग्रुपका मानिसलाई भन्दा पनि लामखुट्टेले कम टोक्छ ।
शोधका अनुसार लामखुट्टे मानिसको पसिनाको गन्धबाट पनि आकषिर्त हुन्छ । बढि पसिना आउने मानिसप्रति लामखुट्टे बढि आकषिर्त हुने शोधकर्ताको ठम्याइ छ । पसिनामा ल्याक्टिक एसिड, युरिक एसिड तथा एमोनिया जस्ता तत्व हुन्छन् जसले लामखुट्टेलाई आकषिर्त गर्दछ ।
त्यस्तै एक शोधका अनुसार लामखुट्टेले हेर्ने तथा रंग छुट्टाउने क्षमता पनि हुन्छ । लामखुट्टेले रातो, निलो तथा कालो लगायतका रंग सजिलै सँग पहिचान गर्न सक्छ । त्यसैले यदि तपाइँले यस्ता रंगका कपडा पहिरिनुभयो भने लामखुट्टेले बढि सताउनेछ ।
शोधले अर्को रोचक कुराको खुलासा पनि गरेको छ । जस अनुसार बियर पिउने मानिसलाई नपिउने मानिसको तुलनामा लामखुट्टेले बढि सताउने गर्छ । बियर पिउने मानिसको शरीरमा इथानोलको मात्रा बढि हुन्छ । इथानोलले मानिसलाई बढि आकषिर्त गर्दछ ।

From Health magazine 

लोकप्रिय समाचार