Thursday, July 24, 2014

भर्खर समाप्त भएको बिश्वकपको आधारमा फिफा द्वारा ड्रिम टिमको घोषणा

 

  ब्राजिलमा सम्पन्न विश्वकप फुटवलको प्रदर्शनको आधारमा विश्व फुटवल महासंघ फिफाको वेवसाइट फिफा डटकमका क्लब सदस्यहरुले जुन महिनाको २७ देखि जुलाईको १३ तारिखसम्मको खेलको आधारमा छनोट गरिएको फिफा ड्रिम टिमको उत्कृष्ट ११ जना खेलाडीमा जर्मनी र ब्राजिलका ४/४ सहित अर्जेन्टिनाका २ र कोलम्बियाका १ जना खेलाडी परेका छन् ।

फिफाका सबै क्लब सदस्यहरुको रोजाईलाई एकीकृत गरी ड्रिम टिम सार्वजनिक गरिएको हो । ड्रिम टिममा जर्मन गोलकिपर म्यानुअल निउर, डिफेन्डर म्याट्स ह्युमेल्स, मिडफिल्डर टोनी क्रुस र स्ट्राइकर थोमस मुलर परेका छन् । ड्रिम टिममा ब्राजिलका कप्तान डिफेन्डर थिएगो सिल्भा, डेविड लुइज, मार्सेलो र चर्चित युवा स्ट्राइकर नेयमार परेका छन् ।

त्यस्तै, अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसी र मिडफिल्डर एन्जेल डि मारिया पनि ड्रिम टिममा परेका छन् । गोल्डेन बुट विजेता कोलम्बियाका जेम्स रोड्रिगेज पनि ड्रिम टिममा छन् । ड्रिम टिममा पर्न सफल खेलाडीलाई बिभिन्न पुरस्कारको पनि ब्यवस्था गरिएको छ । यस्तै,प्रशिक्षक जर्मन प्रशिक्षक जोचिम लो छानिएका छन् ।

No comments:

Post a Comment

लोकप्रिय समाचार