Sunday, January 18, 2015

नेपाली चलचित्र "जेरी" फुकुओकामा प्रदशन हुदै

 
   टोकियोको सफल प्रदशन पश्चात नेपाली सुपर हिट चलचित्र "जेरी" अब तपाईको शहर फुकूओका पनि पर्दशन हुदैछ I यहि आउदो जनवरी २५ तारिक आइतबारको दिन फुकुओकाको आकासाका स्थित च्युओ सिमिन सेन्टरमा 
साँझ ६:३० बजे बाट प्रदशन गरिदैछ I 
    पछिल्लो समयमा नेपाली चलचित्र उधोगमा धेरै चलचित्रहरु बन्ने गरे पनि अपबाद मात्रमा सफल हुने गरेको छ यी अपबाद चलचित्र मध्ये "जेरी" को नाम अग्रणी स्थानमा आउछ युवा पुस्ताले अत्याधिक मन पराएको यो चलचित्र बक्स अफिस करोड क्लबमा पर्न सजिलै सफल रहयो निर्देशक हेमराज बिसी र मनोज शेरचन निर्माता रहेको "जेरी" टिनएज रोमान्स ड्रामा जेनरमा बनेको चलचित्र हो I
"जेरि"मा युवतीहरुको ढुकढुकी अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुको पनि बेजोड अभिनय रहेको छ I "जेरी" नेपालको उत्कृष्ट गन्तब्य मध्ये एक हिमाल पारीको जिल्ला मुस्ताङ्मा छायांकन गरिएको चलचित्र हो I कलाकारहरुको प्रस्तुति,कला,अभिनय र कथाका बाबजुत मुस्तांङ्का प्राकृतिक सम्पदाहरुको मनोरम दृश्यहरुले चलचित्र झन् उत्कृस्ट बनेको छ I

   समय : जनवरी २५ साँझ ६:३० बजे 
   स्थान : च्युओ सिमिन सेन्टर (Fukuoka Shi 
            Chyuo Ku, Akasaka 2-5-8)
       福岡市中央区赤坂2丁目5番8号   
      (आकासका स्टेसन गेट न.२ बाट १०मिनेट)

थप जानकारीको लागि सम्पर्क नम्बरहरु :-
Chandraman :-080 4280 4467
Vikas:-090 3417 4315
Manoj:-080 9101 4454 

No comments:

Post a Comment

लोकप्रिय समाचार