Showing posts with label crime in nepal. Show all posts
Showing posts with label crime in nepal. Show all posts

Tuesday, June 24, 2014

काठमांडू उपत्यका मा बर्षनी हजारौ कला,कृति र इतिहासिक मूर्ति हरु चोरी हुदा.

काठमांडू उपत्यका मा बर्षनी हजारौ कला,कृति  र इतिहासिक मूर्ति हरु चोरी हुदै आएको छ | १९५० को दसक मा नेपाल ले संसार को लगी आफ्नो डोका खोलेपनी , केहि दसक येता त्यसले निमताएको चोरी, तस्करी पनि मौलाएको छ |
केहि हराएका मूर्ति खोजेर फिर्ता लिएर आए पनि अदिकंसा चोरिएका पुरातात्विक महत्वो बोकेको कला कृति हरु अझै भेटिएको छैन|
बेलामा नै सम्बंदित निकाय को ध्यान  नगए अरु कला कृति पनि तस्करी को हातमा नपुंगला भन्ना सकिदैना |

बृस्तित जानकारी तलको वीडियो मा हेर्नुहोस |

Monday, May 19, 2014

नेपालका जेलमा २९ देशका ८५० बिदेशी कैदी

  नेपालका ३६ जेलमा २९ देशका नागरिक छन् । कारागार व्यवस्था विभागका अनुसार नेपालका ७४ जेलमध्ये ३६ जेलमा आठसय ५० विदेशी कैदी छन् ।
कैदीबन्दीमध्ये सबैभन्दा बढी भारतीय छन् । विभिन्न अपराधको मुद्दामा ६ सय १४ भारतीय नेपाली जेलमा छन् । त्यस्तै भुटान, बंगलादेश, चीन, रोमानिया, जर्मनी, पाकिस्तान, इटाली, दक्षिण अफि्रका, नेदरल्यान्ड, इरान, जाम्बिया, नाइजेरिया, लाइबेरिया, भियतनाम, जापान, सियरालियोन, अस्टि्रया, फिलिपिन्स र मोजाम्बिकका नागरिक नेपालको जेलमा रहेको नयाँ पत्रिकामा खबरछ ।
अमेरिका, थाइल्यान्ड, पोल्यान्ड, स्विटजरल्यान्ड, आइभरी कोस्ट, माली, तान्जानियाँ, फ्रान्स र गिनीका नागरिक पनि विभिन्न अपराधमा नेपालको जेलमा परेका छन् ।
भारतपछि सबैभन्दा धेरै भुटानी ९३ जना नेपालको जेलमा छन् । नेपालमा भुटानी शरणार्थीको शिविर भएकाले उनीहरु विभिन्न अपराधमा पटकपटक फक्राउ परी जेलमा जाने गरेका छन् । तेस्रोमा चिनियाँ रहेका छन् । नेपालमा विभिन्न सातवटा जेलमा ३४ जना चिनियाँ नागरिक छन् । डलर, वन्यजन्तु सम्बन्धी अपराध र कल बाइपासजस्ता अपराधमा चिनियाँ पक्राउ पर्ने गरेका छन् ।


लोकप्रिय समाचार