Monday, April 20, 2015

"गोर्खाली रनिङ्ग कप २०१५"को बिजेता गोर्खाली फुटबल क्लब र उपविजेता नेपाल युनाईटेड

टोकियो:- हिजो १९ अप्रिल आईतबार टोकियोमा "गोर्खाली रनिङ्ग कप २०१५" नामक फुट्सल टुर्नामेन्ट सम्पन्न भयो I क्योदाई रेमिटेन्सको प्रायोजनमा गोर्खाली फुटबल क्लब र टोक्यो ब्रदर्सले संयुक्त रुपमा आयोजना गरेको उक्त रनिङ्ग कपको उपाधि आयोजक गोर्खाली फुटबल क्लबले जित्न सफल भएको छ I टोकियोको ओता कु स्थित अनामोरीईनारिमा रहेको टोक्यो बेय फुट्सल क्लबको खेल मैदानमा भएको उक्त टुर्नामेन्टमा २४ टिमले सहभागी जनाएको थियो I 
खेल पहिलो चरण लिगमा खेलाईएको थियो भने दोस्रो चरण बाट नक आउट आधारमा खेलाईएको थियो I
सेमीफाईनलका खेलहरु गोर्खाली फुटबल क्लब र सुबराशी फुटबल क्लब, नेपाल युनाईटेड र टोक्यो ब्रदर्स बीच प्रतिस्प्रधात्मक खेल भएको थियो I यी चार टिमबाट गोर्खाली फुटबल क्लब र नेपाल युनाईटेड फाइनलमा प्रवेश गरेका थिए I फाइनल खेलमा २ का बिरुद्ध ६ गोल गरि गोर्खाली फुटबल क्लबले नेपाल युनाईटेडलाई पराजित गरि उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका थिए I फाईनल खेलमा गोर्खाली फुटबल क्लबका तर्फ बाट अजय गुरुङ र बिशाल कार्की
ले तिन तिन गोल गर्न सफल भएका थिए भने नेपाल युनाईटेडका संगीत शाक्यले दुई गोल गरेका थिए I 
यसरि गोर्खाली फुटबल क्लब बिजेता बनि नगद २२२२२२ जापानी येन,ट्रफी,मेडल र प्रमाण पत्र हात पार्न सफल भए भने उपविजेता बनेको नेपाल युनाईटेडले नगद ९९९९९ जापानी येन,ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरे I 
यसै गरि सर्बोत्कृष्ठ खेलाडीको उपाधि गोर्खाली फुटबल क्लबका अजय गुरुङले प्राप्त गरे र सर्बोत्कृष्ठ गोलकिपरको उपाधि पनि गोर्खालीकै कुश कार्कीले प्राप्त गरे I तेसै गरि अत्यधिक गोल कर्ता नेपाल युनाईटेडका संगीत शाक्य ठहरि I
फाईनल खेल हुनु भन्दा अगाडी नेपाल जापान युथ क्लब र टोक्यो ब्रदर्स (सिनियर) बिचमा मैत्रीपुर्ण खेल पनि भएको थियो उक्त खेलमा टोक्यो ब्रदर्स (सिनियर) बिजयी भएको थियो I 
खेलको समापन कार्यक्रममा बिजयी खेलाडी हरुलाई जापानका लागि नेपाली राजदुत डा.मदन कुमार भट्टराईले पुरस्कार वितरण गर्नु भएको थियो I

No comments:

Post a Comment

लोकप्रिय समाचार