Showing posts with label nepali event in japan. Show all posts
Showing posts with label nepali event in japan. Show all posts

Wednesday, November 5, 2014

जापानको टोक्यो शहरमा बहुप्रतिक्षित चलचित्र टलकजंग भर्सेज टुल्के प्रदशन गरिने...

यही नोवेम्बर २३ तारिक आईतबारका दिन जापानको टोकियोमा सुपरहिट चलचित्र "लुट" का निर्देशक "निश्चल बस्नेत" द्वारा निर्देशित दोस्रो चलचित्र "टलकजंग भर्सेज टुल्के" प्रदर्शन गरिने भएको छ ।
हालै नेपालको विभिन्न भागमा आएको बाढि पहिरोबाट पीडितहरुको सहयोगार्थ रकम जुटाउने उक्त चलचित्र प्रदर्शनको मूल उदेश्य रहनेछ |
 चलचित्र प्रदर्शनको लागि हल र चलचित्रको प्रदर्शन अधिकार लिइसकेको आयोजक पक्ष ले जनाएक छ्न्|नोभेम्वर २३ तारिख आइतबार साँझ ६ बजे प्रदर्शन गरिने भएको टलकजंग भर्सेज टुल्केको  प्रवेश शुल्क २,५०० जापानी येन राखिएको छ भने विद्यार्थीहरुले विद्यार्थी सहुलियत स्वरुप २,००० जापानी येनमा प्रवेश पाउनेछन्| टोकियोमा एक शो मात्र भएकोले हेर्ने मौका नछुटाउनु होला।
मिति :- २३ नोवेम्बर आईतबार
समय :- साँझ ६ बजे
स्थान :- मेगुरो कुमनी सेन्टर
सम्पर्क नम्बरहरु:-----
अनिल :- 08012080800
बिक्रम :- 080 3575 4061
मदन :- 080 4075 6237
मधु :- 080 6635 4760

Wednesday, October 22, 2014

जापानको टोक्यो शहरमा बहुप्रतिक्षित चलचित्र टलकजंग भर्सेज टुल्के प्रदशन गरिने...

यही नोवेम्बर २३ तरिकका दिन जापानमा बहुप्रतिक्षित चलचित्र टलकजंग भर्सेज टुल्के  प्रदशन गरिने  भएको छ । जापानको टोक्यो शहर स्थित मेगुरो कुमिन सेन्टरमा चलचित्र प्रदर्शन गरिने  आयोजक पक्षले जनाएक छ्न्|
हालै नेपालको विभिन्न भागमा आएको बाढिपहिरोबाट पीडितहरुको सहयोगार्थ रकम जुटाउने  उक्त चलचित्र प्रदर्शनको मूल उदेश्य रहनेछ |
 चलचित्र प्रदर्शनको लागि हल र चलचित्रको प्रदर्शन अधिकार लिइसकेको आयोजक पक्ष ले जनाएक छ्न्|नोभेम्वर २३ तारिख आइतबार साँझ ६ बजे प्रदर्शन गरिने भएको टलकजंग भर्सेज टुल्केको  प्रवेश शुल्क २,५०० जापानी येन राखिएको छ भने विद्यार्थीहरुले विद्यार्थी सहुलियत स्वरुप २,००० जापानी येनमा प्रवेश पाउनेछन्|
चलचित्र प्रदर्शनबाट उठेको रकमबाट बचेको रकम नेपालका बाढी पिडितलाई सहयोग गरिने र यसको सबै खर्च विवरण सार्वजनिक समेत गरिने आयोजकहरुले बताएका छन् ।
सम्पर्क नम्वरहरु
मदन ०८०४०७५६२३७ 
अनिल ०८०१२०८०८००
विक्रम ०८०३५७५४०६१ 
मधु ०८०६६३५५४७६० 

Tuesday, September 30, 2014

टोकियोमा पोखरा गाईज समूहको आयोजनामा पोखरा नाइट-२०१४" हुने....


टोकियोमा  आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन  "पोखरा नाइट-२०१४"  हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका साथ पोखरा गाईज समूहको आयोजनामा टोकियोमा लाईभ सांगीतिक प्रस्तुती ;"पोखरा नाइट-२०१४" गर्ने   भएको छ|

हालै नेपालको विभिन्न भागमा आएको बाढिपहिरोबाट पीडितहरुको सहयोगार्थ रकम जुटाउने  उक्त सांगीतिक कार्यक्रम मूल उदेश्य रहनेछ |आगामी महिना अक्टोवर १२ तारिक आईतवार अपरान्ह ४ बजेदेखि ,सेतागाया कुमिन सेन्टरमा हुन गईरहेको आयोजक पक्ष्यले जानकारी दिएका छन |"द एज  व्याण्ड " को प्रस्तुती रहने उक्त कार्यक्रममा व्याण्डका जीवन गुरुङ (भोकल तथा व्याण्डका म्यानेजर), अच्युत जंग थापा (ड्रमर), विष्णु गुरुङ (लिड गितार) रहनेछ भने  साथमा डिमोर्चा व्याण्डका भाष्कर ध्वज श्रेष्ठ (भोकल)को पनि प्रस्तुती रहनेछ|

सांगीतिक कार्यक्रममा प्रवेश शुल्क ३५०० जापानी येन राखिएको छ भने विद्यार्थीहरुले विद्यार्थी सहुलियत स्वरुप ३००० जापानी येनमा प्रवेश पाउनेछन्|
चारवर्ष अगाडि यही समूहले पोखरा गोल्डन नाईट आयोजना गरेको थियो भने अहिले दोस्रो  पटक पोखरा नाईट नमक यस कार्यक्रम
आयोजना यही समूहले नै गर्न गहिरहेको छ |
आयोजकले आगामी दिनमा पनि  सांगीतिक  कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाएको छ|

सम्पर्क फ़ोन नंबर 
अमर गुरुंग - ०९०-८५०२-४०७२
प्रकाश थापा-०९०-९३८१-४०१४
सौगात गुरुङ्ग ०८०-३३९९-४३५६
आशीष गुरुङ्ग (भांजा ) ०८०-४८७६-९१८०

लोकप्रिय समाचार