Showing posts with label tamu dhin japan. Show all posts
Showing posts with label tamu dhin japan. Show all posts

Tuesday, August 12, 2014

तमु धिं जापानको १८औं रोधी साँझ सम्पन्न( फोटो फिचर र भिडियो सहित)

   टोकियो:- गत आईतबार अगस्ट १० तारिकको दिन टोकियोको मेगुरो स्थित मेगुरो कुमिन सेन्टर हलमा तमु धिं जापानको १८औं रोधी साँझ सम्पन्न भयो I उक्त सास्कृतिक कार्यक्रममा अथिति कलाकारको रुपमा अमेरिका बाट चर्चित गाएक नरेन्द्र प्यासीलाई आमन्त्रण गरिएको थियो भने कार्यक्रम जापानका लागि नेपाली राजदूत डा•मदन कुमार भट्टराईले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो I
"संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए परम्परा  हराउँछ ,परम्परा हराए मान्छे हराउँछ" भन्ने मूल नाराका साथ आयोजना गरिएको रोधी साँझमा आमन्त्रित कलाकार नरेन्द्र प्यासीले आफ्ना चर्चित अनि नया पुरानो गरि करिब दर्जन जति गित गाएर दर्शकहरुलाई मंन्त्रमुग्ध बनाएका थिए I
  प्यासीका साथ साथै स्थानीय कलाकारहरु अमर गुरुङ,सुदिन गुरुङ,डम्ब स्किल ब्याण्ड, युक्तमान गुरुङ,बिमला गुरुङ,रिता गुरुङ लगायत अन्य कलाकारहरुले पनि आ-आफ्नो कला प्रस्तुत गरेर दर्शकलाई भरपुर मनोरंजन प्रदान गरेका थिए I साथै कार्यक्रममा आयोजकको तर्फबाट आमन्त्रित र स्थानीय कलाकारहरुलाई प्रमाण पत्र र खादा लगाई सम्मान पनि गरिएको थियो I
  तमु जातिमा सदिऔ देखि चलि आएको रोधी बस्ने परम्परालाई जापानमा बसोबास गर्ने तमुहरुले प्रतेक वर्ष "रोधी साँझ"कार्यक्रम गरि आफ्नो गाँउ घरमा हुने रोधी परम्पराको झल्को दिने गरेका छन् I
  स्मरण रहोस जापानबासी तमुहरुले आफ्नो संस्कृति      र परम्परा जोगाई राख्नको लागि प्रतेक वर्ष गरिने "ल्होछार साँझ"र "रोधी साँझ"लाई दशकौ देखि निरन्तरता दिइराखेका छन् I 
   (भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोला)

Sunday, August 10, 2014

१८ औ रोधी साँझ भव्यताका साथ सम्पन्न..

"संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए परंपरा हराउँछ ,परंपरा हराए मान्छे हराउँछ" भन्ने मूल नाराका साथ आइतबार अगस्त १० तारिक का दिन तमु धी जापान ले आफ्नो १८ औ रोधी साँझ भव्यता का साथ मनाएका छन | मौसम को खराबी ले गर्दा अपेक्षा गरे जस्तो दर्शक हरु को घुइचो नभएता पनि कार्यक्रम लाई भव्यताका साथ सफल पर्न उपस्थित दर्शक महानुभाव हरुले आ आफ्नो ठाउँ बाट ग़ीत गएर , नाचेर कार्यक्रम लाई भव्य बनाएका थिए |.
क्लार्यक्रम मा नेपाल राजदूतावास का राजदूत डाक्टर मदन कुमार भट्टराई मुख्य अथितिमा हुनुहुन्थ्यो भने अंन्य संग संस्था हरु का पदाधिकारी हरु को पनि बाक्लै उपस्थिति रह्यो|
कार्यक्रम मा अमेरिका बाट आउनु भएका गायक " नरेंद्र प्यासी " लाई पुष्पः गुच्छ दिएर स्वागत र सम्मान आयोजक संस्था बाट गरिएको थियो |
कार्यक्रममा गायक नरेंद्र प्यासी ले आफ्ना थुप्रै मीठा मीठा गीत संगीत ले दर्शक हरुलाई मनोरंजन दिए , साथ मा स्थानिय ब्यंद "डम्ब स्कील "  ले पनि कार्यक्रम मा सुन मा सुंगंद छर्दिए| स्थानिये कलाकार "सुदिन गुरुंग " ले पनि आफ्नो गायेन कला लाई सबै का माझ प्रस्तुत गरे  र  साथै अन्य संस्कृति झलकने
निर्त्य पनि बिभिन्न स्थानिये कलाकार बाट प्रदर्शन भयो |
हिजो को कार्यक्रम को केहि फोटो हरु
Note :वीडियो चाडै आउदै छ |

लोकप्रिय समाचार