Friday, August 15, 2014

बलिवुड चलचित्र "मेरी कोम" मा अभिनय गरेका नेपाली कलाकार सुनिल थापाको प्रशंसा

नेपाली अभिनेता सुनिल थापाले बलिउड पुनरागमनमै प्रशंसा बटुलेका छन् । आफू अभिनित पछिल्लो सिनेमा 'मेरी कोम'को म्युजिक लन्च समारोहमा प्रियंका चोपडाले थापाको खुलेर प्रशंसा गरेकी हुन् । भारतीय बक्सर मेरी कामको उक्त बायोपिकमा प्रियंकाले मेरी र सुनिलले मेरीको गुरुको भूमिकामा अभिनय गरेका छन् । ‘थापा सर कडा मिहेनत गर्ने र लागिपर्ने एक्टर हुनुहुन्छ’ मुम्बइको आइटीसी मराटा होटलमा प्रियंकाले भनेकी थिइन् । संजयलीला भन्सालीद्धारा निर्मित फिल्मका निर्देशक उमंग कुमारका साथमा आफैले संचालन गरेको कार्यक्रममा प्रियंकाले थापालाई सोधिन् –नेपालका सुपरस्टार सुनिल थापा सरले यसमा कोचको रोल खेल्नुभएको छ । थापा सर हामीसँग काम गर्दा हजुरलाई कस्तो अनुभव भयो ?’ थापाले परिचित लवजमा भने –रमाइलो लाग्यो, खुशि लाग्यो, एक्टिङ सँगै फिजिकल वर्क बढी थियो । तपाईंको पन्चले म घाइते पनि भएको थिएँ । गल्फर्स एल्बो (कुइनाको बायाँपट्टी सड्केको) थियो ।’ सुनिलले सो अवसरमा सहभागि मेरी कोमलाई आगामी एसियन गेमको सफलताको कामना गरे । उनले मेरी कोमले एसियन गेम जितेपछि निर्देशक उमंग कुमारलाई मेरी कोम २ बनाउन समेत निर्देशन दिए । उक्त अवसरमा प्रियंकाले सुनिलको जुँगादारीलाई लिएर ठट्टा पनि गरिन् । ‘दारीजुँगा काट्नु भएछ, असाध्यै ह्यान्डसम र योङ देखिनुभएको छ । योङ बन्नैका लागि दारीजुँगा खौरिनुभएको हो ?’ प्रियंकाले ठट्टा गरिन् । थापाले ठट्टामै दारीजुँगा पाल्ने जवाफ दिए । आउँदो सेप्टेम्बर ५ मा फिल्म रिलिज हुँदैछ । फिल्मको नेपाल वितरण अधिकार आदेश शाक्य र गीतकार तथा संचारकर्मी नरेशदेव पन्तले पाएका छन् । फिल्मको विश्व प्रिमियर भने क्यानडाको मन्ट्रियल फिल्म फेस्टिभलमा हुने भएको छ । 

No comments:

Post a Comment

लोकप्रिय समाचार