Saturday, August 9, 2014

नायक श्रीकृष्ण श्रेष्ठको निधन


  नेपाली नायक श्रीकृष्ण श्रेष्ठको उपचारको क्रममा नयाँ दिल्लीमा गएराती निधन भएको छ ।
भख्खरै विहे बन्धनमा बाँधिएका नायक उपचारको लागि नयाँ दिल्ली गएका थिए । निमोनियाका कारण गम्भीर बिरामी परेका श्रीकृष्ण विगत तीन सातादेखि दिल्लीमा उपचार गराइरहेका छन् ।

कोहिनुर चलचित्रका निर्देशक आकाश अधिकारीले मृत्युको पुष्टि गरेका छन्

 

तीन दिन अगाडी श्रीकृष्ण श्रेष्ठ र श्वेताले नयाँ दिल्लीबाट एक अडियो पठाएका थिए । सो अडियोमा श्रीकृष्ण श्रेष्ठ निकै सकसका साथ बोलिरहेका थिए । 

श्रीकृष्णले यसो भनेका थिए :

मेरा भगवान्रूपी दर्शक महानुभावहरू, नमस्कार, म श्रीकृष्ण श्रेष्ठलगायत नेपा: मुभिज टिमको तर्फबाट । नेपा: मुभिजले बनाएको पहिलो चलचित्र कहाँ भेटिएलालाई तपाईंहरूले माया गरेर सफलताको शिखरसम्म पुर्याइदिनुभयो । त्यो सफलताको शिखरमा पुगेको चलचित्रको बोझलाई काँधमा राखेर म अघि बढेको छु । तपाईंहरूको त्यही मायाले मैले कोहिनुर नामक चलचित्र बनाउन पुगेको छु । नेपाली चेलीहरूको विषयलाई लिएर देश–विदेशमा सुटिङ गर्ने मेरो एउटा कल्पना, सपना थियो । त्यसलाई साथ दिनुभयो, मेरा निर्देशक आकाश अधिकारीजीले ।

उहाँले असाध्यै मिहिनेत गरेर सिनेमा बनाउनु भा’छ । यसको रिलिज पनि तपाईंहरूसँगै बसेर एकदम जोडतोडका साथ गरुँ भन्ने सोच थियो, त्यो पूरा गर्न सकिनँ, दर्शक महानुभावहरू । र, जसरी कहाँ भेटिएलाको वेलामा मिडियाका साथीहरूले सहयोग गर्नुभएको थियो, त्यसैगरी अहिले पनि सहयोग गरिरहनुभएको छ । उहाँहरूलाई धेरै–धेरै धन्यवाद ।

म नभए तापनि, श्वेताजी नभए तापनि, यो चलचित्र मेरोमात्र होइन, यो चलचित्र तपाईंहरूको हो, हाम्रो हो । त्यसकारण यो चलचित्रलाई आफ्नो सम्झिएर माया गरिदिनुहोस् । बच्चा सम्झिएर काखमा राखिदिनुस् । त्यो नै तपाईंहरूले मलाई दिएको औषधि हुनेछ, माया हुनेछ । मेरो फ्यामिली नेपालमा बसेर तपाईंहरूसमक्ष चलचित्र कोहिनुर उपहार स्वरूप ल्याउन लागिरहनुभएको छ । म लाग्नु र मेरो परिवार लाग्नु एउटै हो । मैँ सम्झिएर उहाँहरूलाई सहयोग गरिदिनुहोला । हलदेखि लिएर, डिस्ट्रिब्युटर, दर्शक, श्रोता, मिडियाकर्मीलाई म रिक्वेस्ट गरिरहेको छु । र, थ्यांक्यु आकाशजी, आकाशजीले एकदम मिहिनेत गरेर यो चलचित्रलाई रिलिज गर्नतिर लागिरहनुभएको छ । त्यसले गर्दा म त्यहाँ भए पनि, नभए पनि, म एकदम ढुक्क छु । चलचित्र जुन रूपमा रिलिज हुनुपर्ने हो, म नभए पनि त्यो भइरहेको छ ।

मान्छेको जिन्दगीमा अप्स एन्ड डाउन, सुखदु:ख आउँछ । त्यही सुख र दु:ख नै जीवनको चौतारी हो भन्छन्, म त्यही चौतारीमा बसिरहेको छु । तर, म तपाईंहरूबाट धेरै टाढा छैन । नजिक नै छु । सायद, फिल्म रिलिज भएको केही दिनमै म तपाईंहरूसँगै सिनेमा हेरेर सुखदु:ख साट्न आउँछु । धन्यवाद, नमस्कार ।

No comments:

Post a Comment

लोकप्रिय समाचार