Thursday, August 14, 2014

स्व.श्रीकृष्ण श्रेष्ठको चलचित्र "कोहिनूर"को एक साताको आम्दानी

'कोहिनुर'ले पहिलो साता अनुमानित १ करोड ६० लाख ग्रस कारोबार गरेको छ । मुलुकका ५० पर्दाबाट फिल्मले आक्रामक कमाइ गरेको हो । बुधबार १४ लाख सिंगल डे ग्रस छ । यो कूल आम्दानीमा सिनेमाले काठमाडौं टेरिटोरीबाट मात्र ९० लाख ग्रस कमाएको छ । बाँकी ७० लाख मोफसलका सिंगल थिएटरको योगदान रह्यो । तर, लगातारको वर्षाका कारण विहिबार अकुपेन्सीमा केही गिरावट देखिएको छ । अन्य नेपाली सिनेमा रिलिज नभएको र बलियो वर्ड अफ माउथले फिल्मले दोस्रो साता २ करोड ग्रस कमाउने प्रक्षेपण गरिएको छ । वितरक सुनिल मानन्धरले यो कूल कलेक्सनको नेट आम्दानी १ करोड ४० लाख रहेको बताए । कोहिनुर वर्ष २०७१ को सर्वाधिक कमाउने फिल्म बनेको छ । निर्माता तथा अभिनेता श्रीकृष्ण श्रेष्ठ निधनको कारण आइतबारदेखि कलेक्सन उकालो लागेको थियो । तर, शुक्रबार र शनिबार कलेक्सन कमजोर थियो । अन्य फिल्म सीसा, बलिउडको इन्टरटेनमेन्टले भने कमजोर ब्यापार गरेका छन् । 

No comments:

Post a Comment

लोकप्रिय समाचार