Wednesday, February 18, 2015

बहुचर्चित नेपाली चलचित्र "जेरी" गुन्मा केनमा



    टोकियो र फुकुओकाको सफल प्रदशन पश्चात नेपाली सुपर हिट चलचित्र "जेरी" अब गुन्मा केनमा पनि पर्दशन हुदैछ I यहि आउदो फेब्रुवरी २२ तारिक आइतबारको दिन २:३० बजे बाट गुन्मा केनको ओता शि हिगासी होन्चोमा प्रदशन हुदैछ I       
   पछिल्लो समयमा नेपाली चलचित्र उधोगमा धेरै चलचित्रहरु बन्ने गरे पनि अपबाद मात्रमा सफल हुने गरेको छ यी अपबाद चलचित्र मध्ये "जेरी" को नाम अग्रणी स्थानमा आउछ युवा पुस्ताले अत्याधिक मन पराएको यो चलचित्र बक्स अफिस करोड क्लबमा पर्न सजिलै सफल रहयो निर्देशक हेमराज बिसी र मनोज शेरचन निर्माता रहेको "जेरी" टिनएज रोमान्स ड्रामा जेनरमा बनेको चलचित्र हो I
"जेरि"मा युवतीहरुको ढुकढुकी अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुको पनि बेजोड अभिनय रहेको छ I "जेरी" नेपालको उत्कृष्ट गन्तब्य मध्ये एक हिमाल पारीको जिल्ला मुस्ताङ्मा छायांकन गरिएको चलचित्र हो I कलाकारहरुको प्रस्तुति,कला,अभिनय र कथाका बाबजुत मुस्तांङ्का प्राकृतिक सम्पदाहरुको मनोरम दृश्यहरुले चलचित्र झन् उत्कृस्ट बनेको छ I 

Date:- February 22 Sunday 
Time:- 2:30pm
Venue:- Gunma Ken, Ota Shi,
            Higashi Honcho 11-15
Ticket Price:- 2000¥with dinner 
Contact:- 080 40878503 Lokendra                       (Adam Indian Restaurant)

No comments:

Post a Comment

लोकप्रिय समाचार