Tuesday, February 17, 2015

अर्जेन्टिनी स्ट्राइकर डि मारियाको सम्पति सुरक्षाको लागि गोर्खा सैनिक

 अर्जेन्टिनी स्ट्राइकर एन्जेल डि मारिया रियल मड्रिड छाडेर म्यान्चेष्टर युनाइटेड पुगेका छन् । तर, बेलायतको बसाईको सुरुवातमै उनलाई अफाप भएको छ ।

दुई साताअघि मात्रै बन्दुकधारीहरुको एउटा समूहले डि मारिया बसिरहेको घरमा आक्रामण गरेको थियो । साँझ करिव साढे ७ बजे पत्नी र छोरीसँग खाना खाइरहेका बेला मारियाको घरमा बन्दुकधारी प्रवेश गरेका थिए ।

सो घटनापछि डि मारिया परिवारसहित घर छाडेर होटलमा बस्न थालेका छन् । सुरक्षाको प्रत्याभूति नभएसम्म घर नर्फकने मुडमा रहेका डि मारियालाई हालै उनका साथीहरुले समाधान सुझाएका छन् ।

बेलायती अनलाइन दि सन अनुसार म्यान्चेष्टरकै खेलाडी वायन रुनीले सम्पत्तिको सुरक्षाको जिम्मा भूपू गोर्खालाई दिन सुझाव दिएका छन् ।

भूपू गोर्खाका अगाडी कुनै पनि आक्रामणकारी घरमा प्रवेश गर्न नसक्ने भन्दै उनले उनीहरुको साथ लिन सुझाव दिएको बताइएको छ ।

आफुले पनि सन् २०१० देखि नै भूपू गोर्खालाई सुरक्षाको जिम्मा दिएको भन्दै उनले त्यसो भएमा फेरि आक्रामणको चिन्ता लिन नपर्ने बताएका छन् ।

बेलायती सेनामा काम गरिसकेका र बहादुर गोर्खालीलाई सुरक्षाको जिम्मा दिएपछि आफु र आफ्ना साथी वेष्ट ब्रोम ढुक्क भएको उनले बताएका छन् ।


No comments:

Post a Comment

लोकप्रिय समाचार