Saturday, June 6, 2015

बार्सिलोना पाँचौ पटक च्याम्पियन्स लिगको उपाधी जित्न सफल

एजेन्सी :-स्पेनिस च्याम्पियन  बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल प्रतियोगिता २०१४/१५ को उपाधी जितेको छ । 
प्रतियोगिता अन्तर्गत शनिबार राती भएको खेलमा युभेन्टसलाई ३–१ ले हराउँदै बार्सिलोनाले पाँचौ पटक च्याम्पियन्स लिगको उपाधी रक्षा गरेको हो । बार्सिलोनाले पछिल्लो ६ वर्षमा तेस्रो पटक र १० वर्षमा चौथो पटक च्याम्पियन्स लिगको उपाधी जितेको हो । प्रतिस्पर्धात्मक भएको खेलमा निकै उत्कृष्ट खेल प्रदर्शन गरेको इटालिनयन च्याम्पियन युभेन्टसलाई बार्सिलोना विरुद्ध नेइमार, लुइस सुआरेज र लियोनेल मेसीको प्रदर्शनका अगाडि केही लागेन ।
१२ वर्षपछि च्याम्पियन्स लिगको उपाधी जित्ने लक्ष्यका साथ मैदान उत्रेको युभेन्टसको सपना अधुरै रह्यो । यस सिजन इटालियन सिरिए र इटालियन कोपा डेल रे को समेत उपाधी जितेर निकै फर्ममा रहेको युभेन्टस उपविजेतामै सीमित भयो ।

खेलकोे ४ मिनेटमै इवान रेकिटिकले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमो १–० ले पछि परेको युभेन्टसका लागि दोश्रो हाफको १० औ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर दोश्रो हाफको २३ औं मिनेटमा लुइस सोरेज र अन्तिम मिनेटमा नेइमरले गोल गरेपछि बार्सिलोनाले सहज जित निकाल्यो । 
च्याम्पियन्स लिगको समेत उपाधी जितेको बार्सिलोनाले यस सिजन उपाधीमा ह्याट्रिक गरेको छ । बार्सिलोनाले अघिल्लो सातामा कोपा डेल रे र त्यसभन्दा अघि स्पेनिस ला लिगाको उपाधी जितेको थियो । 

No comments:

Post a Comment

लोकप्रिय समाचार