Saturday, June 20, 2015

वाई फाईको राउटर कस्तो ठाउँमा राख्दा उचित हुन्छ जानी राखौ

  
कहिलेकाहिँ कोठामा बसेर वाइ-फाइ चलाइराखेको बेला वाइ-फाइ सिग्नल कमजोर देखाउँछ? अनि राउटर नै बिग्रियो कि भनेर शङ्का पनि गर्नुहुन्छ होला हैन?

तर ढुक्क हुनुहोस्, तपाईँको राउटरलाई केहि भएको छैन, समस्या केमा छ त भन्दा राउटर राख्ने ठाउँमा! राउटर तपाईँकै कोठामा छ र त्यहिँ बस्दा पनि सिग्नल कमजोर देखाउँछ भने एकचोटि राउटरको ठाउँ परिवर्तन गर्नुहोस् त!

‘विज्ञान-प्रविधीको युगमा विध्युत्तिय तरङ्ग (Electromagnetic wave) भनेको जुनसुकै पनि इलेक्ट्रोनिक यन्त्रहरूमा प्रयोग हुने कुरा हो। तपाईँ मोबाइल चलाउनुहुन्छ, कसैलाई कल गर्नुहुन्छ वा वाइ-फाइ चलाउनुहुन्छ, हरेक काम गर्दा तपाईँलाई विध्युत्तिय तरङ्गले घेरेको हुन्छ। यी तरङ्गहरूलाई पृथ्वीको वायुमण्डलको माथिल्लो भागले प्रतिबिम्बित गर्दछ र प्लाज्मामा परिवर्तन गर्दछ। प्लाज्मा (Plasma) भनेको त्यस्तो पदार्थको अवस्था हो जसको भिन्नै गुणहरू हुन्छन् र विध्युत्तिय तरङ्गहरूप्रति विशेष प्रतिक्रिया गर्दछ। प्लाज्माको उक्त गुणलाई प्रयोग गरेर रेडियो अथवा विध्युत्तिय तरङ्गहरूलाई प्रतिबिम्बित गरेर सिग्नलको सीमा बढाउन सकिन्छ।’

राउटर कस्तो ठाउँमा राख्दा उचित हुन्छ त?

घरमा प्रयोग हुने राउटरको एन्टिनाले २.४ गिगाहर्जको फ्रिक्वेन्सीमा विध्युत्तिय तरङ्ग फालिरहेको हुन्छ।
त्यसैले राउटर राख्ने उचित ठाउँ भनेको खुल्ला ठाउँ हुनुपर्छ, जहाँबाट सिग्नल जताततै सजिलै फैलिन पाओस्। अर्को कुरा भनेको कहिलेकाहिँ राउटर राखेकै कोठामा बस्दा पनि सिग्नल कमजोर आउन सक्छ, त्यस्तो अवस्थामा तपाईँले आफ्नो राउटरको स्थितिलाई परिवर्तन गरेर विचार गर्न सक्नुहुन्छ। यसले गर्दा राउटरबाट निस्केको विध्युत्तिय तरङ्गहरू सबैतिर फैलिन मद्धत गर्दछ।

No comments:

Post a Comment

लोकप्रिय समाचार