Saturday, June 27, 2015

जानी राखौ उमेर नपुग्दै कपाल फुल्ने कारणहरु र रोकथाम गर्ने उपायहरु

हिजो आज मानिसहरु आफनो स्वास्थ्यमा, बाहिरी आवरणमा देखिएको रोग तथा बिभिन्न समस्याले तनावग्रस्त देखिन्छन् । त्यस्ता तनाव दिने मध्येको एक कारण उमेर नपुग्दै कपाल फुल्नु पनि हो । बूढेसकालमा फुल्ने कपाल अल्पायुमै पनि फुलेको देखिन्छ । कपाल मुख्य चार कारणले फुल्ने गर्दछ ।

पहिलो कारण वंशाणुगत हो अर्थात परिवारका सदस्यको कम उमेरमा नै कपाल फुल्दै आएको छ भने पनि अल्पायुमै कपाल फुल्ने गर्दछ । दोश्रो कारण भने बाल्यकालमा चाहिने पौष्टिक आहारको कमि हो । कपाललाई चाहिने पौष्टिक आहार पुगेन भने पनि उमेर भन्दा पहिले नै कपाल फुल्ने सम्भावना हुन्छ । तेस्रो कारणमा कपालमा प्रयोग गरिने केमिकल हो । केमिकलको  कारण पनि उमेर भन्दा पहिले नै कपाल फुल्ने हुन्छ ।  चौथो कारण हो, कपालमा लाग्ने रोग अथवा शरीरमा लाग्ने रोग । कपाललाई चाहिने भिटामिनहरु पुगेन भने वा खाना पचेन भने पनि कपाल फुल्न सक्छ ।

यदि कपाल फुल्ने कारण वंशाणुगत हो भने यसलाई रोक्न सकिदैन । पौष्टिक आहारको कारणले गर्दा हो भने बच्चालाई सन्तुलित भोजन गराउनु पर्छ । पौष्टिक आहारले मात्र हँुदैन, सन्तुलित भोजनको पनि त्यत्ति नै जरुरी हुन्छ । कुनैकुनै बच्चाले खाना खान रुचाउदैनन् जसको कारण आइरनको कमि हुन जान्छ । बच्चा मात्र होइन, युवाले पनि हरियो साग सब्जीहरु रुचाउदैनन् । त्यस्तो समयमा आइरनको अभाव हुन जान्छ र कपाल फुल्ने हुन्छ । तसर्थ सन्तुलित पौष्टिक आहारको व्यवस्था हुन सकेमा कम उमेरमा कपाल फुल्ने समस्याको रोकथाम गर्न सकिन्छ ।

त्यसैगरी केमिकल्सहरु अनावश्यक रुपमा कपालमा लगाउन रोकेमा पनि कपाललाई फुल्नबाट बचाउन सकिन्छ । जन्डीस, क्षयरोग अथवा अन्य दीर्घ रोगले गर्दा पनि शरीरमा भिटामिनको कमि हुन्छ र कपाल फुल्छ । त्यसैले कुनै पनि रोगको समयमै उपचार गर्न सकियो भने पनि अल्पायुमै कपाल फुल्ने समस्याबाट बच्न सकिन्छ ।

अहिलेसम्म कपाललाई फुल्नबाट रोक्ने ठोस उपचार एलोपेथिकमा छैन । तर पनि कपाल फुल्ने कारण पत्ता लगाई निवारण भने गर्न सकिन्छ । यसका लागि वायोटिन या भिटामिन ‘ई’ को प्रयोग अथवा क्याल्सीयम प्यान्थोनेट भन्ने पदार्थ९जुन ‘बी’ कम्प्लेक्समा पाइन्छ०को प्रयोग गर्न सकेमा केही न केही सुधार हुन्छ । सेतो दुबी भएको समयमा पनि कपाल फुल्ने सम्भावना धेरै हुन्छ । यदि सेतो दुबी टाउकोमा आयो वा शरीरमा आएको छ भने त्यस ठाँउमा भएका कपाल फुल्ने सम्भावना बढी हुन्छ ।

        (स्वास्थ्य खबर बाट साभार)

No comments:

Post a Comment

लोकप्रिय समाचार