Thursday, February 26, 2015

टोकियोमा "गोर्खाली रनिङ्ग कप २०१५" फुटसल टुर्नामेन्ट

 
 नेपाली नया बर्षको उप्लक्ष्यमा आउँदो अप्रिल १९ तारिक टोकियोमा "गोर्खाली रनिङ्ग कप" फुट्सल टुर्नामेन्ट हुन गैरहेको छ I टोकियोको ओता कु स्थीत अनामोरीइनारीको टोकियो बे फुट्सल क्लबको खेलमैदानमा हुन गैरहेको उक्त फुट्सल टुर्नामेन्ट जापानमा भएका टोक्यो ब्रदर्स,गोर्खाली समाज र क्योदाई रेमिटेन्स मिलि संयुक्त रुपमा आयोजना गर्न लागिएको हो I 
बिहान १० बजे बाट शुरु गरिने उक्त फुट्सल टुर्नामेन्ट जापानमा हुने अन्य टुर्नामेन्ट भन्दा बढी धनराशिको हुनेछ जसमा प्रथम टिमलाइ नगद २२२२२२ जापानी येन(बाइस मान दुइ हजार दुइ सय बाईस येन) ट्रफी,मेडल र प्रमाण पत्र र दोस्रो टिमलाई नगद ९९९९९ जापानी येन ( नौ मान नौ हजार नौ सय उनान्सय) ट्रफी,मेडल र प्रमाण पत्र पुरुस्कार स्वरुप वितरण गरिनेछ साथै उतकृष्ठ खेलाडी,उतकृष्ठ गोल किपर र सर्बाधिक गोलकर्ताको लागि क्रमश नगद पाँच पाँच हजार जापानी येन ट्रफी र प्रमाण पत्रको पनि व्यवस्था गरिएको छ I 
टुर्नामेन्ट बाट उठेको रकमको केहि हिस्सा नेपालमा रहेका असहायहरुलाई सहयोग गरिने कुरा टोक्यो ब्रदर्सका सचिन श्रेष्ठ ज्युले हामीलाई जानकारी गराए I साथै श्रेष्ठ ज्युले जापानमा भएको फुटबल प्रेमीहरुलाई खेलमा सहभागीता लिईदिनु हुन र सो दिन जापानबासी नेपालीहरुलाई खेल मैदानमा आएर सम्पूर्ण खेलाडी हरुलाई हौसला बढाई दिनु हुन येही सूचना मार्फत अनुरोध गर्नु भयो I 

बृस्तृत जानकारीको लागि तलका नम्बरहरुमा सम्पर्क गर्नुहोला :-
Krishna Ghale =08040067600
Sachin Shrestha=09018164767
Bishnu Dahal =08043821166

Note:खेल अवधिमा बिदेशी खेलाडी एक जना मात्र खेलाउन पाइने I 

"'मेरो योगदानको उचित मूल्याङ्कन भएको छ" :संगीना वैद्य

   
   सरकारले तेक्वान्दो खेलाडी  संगीना  वैद्य
लाई  
१५ लाख रुपैयाँ दिने  निर्णय गरेको छ । बिहीबार  बसेको मन्त्रिपरिषद्को बैठकले संगीनालाई  सो रकम दिने निर्णय गरेको हो।सरकारको निर्णयको स्वागत  गर्दै  संगीनाले आफ्नो योगदानको मूल्यांकन  भएको प्रतिक्रिया दिएकी छन् । 

'मेरो योगदानको उचित मूल्याङ्कन भएको छ, यसले नयाँ खेलाडीलाई थप हौसला दिनेछ,' सरकारले सम्मानस्वरुप १५ लाख दिन गरेको निर्णयबाट खुसीको कुनै सीमा नरहेको बताउँदै चर्चित तेक्वान्दो खेलाडी सङ्गीनाले भनिन् । 
 
करिव डेढ दशक खेलाडीको रुपमा देशको सेवा गरेकी सङ्गीनाले सरकारको यो कदमले सबै खेलाडीलाई हौसला प्रदान गरेको बताइन् ।  ३६ वर्षीया सङ्गीनाले दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गर्दै दुईवटा स्वर्ण पदक जितेकी थिइन् ।  
 
उनको नाममा एसियाली च्याम्पियनसीपमा स्वर्ण जित्ने एकमात्र नेपाली खेलाडीको रेकर्ड पनि छ । 
 
१६ वर्षको उमेरदेखि देशको प्रतिनिधित्व गरेकी सङ्गीनाले पाँच वर्ष अघि खेलाडीको रुपमा सन्न्यास लिएकी थिइन् । हाल राष्ट्रिय प्रशिक्षकको रुपमा उनी कार्यरत छिन् । सङ्गीनाले प्राप्त रकमलाई सही सदुपयोग गर्दै व्यक्तिगत आवश्यकता परिपूर्ति गरी तेक्वान्दोकै योगदानमा लगाउने बताइन् ।

'साँच्चै भन्नुपर्दा तेक्वान्दो बाहेकको पेशा गर्ने कुरा म सोच्न पनि सक्तिनँ,' उनले खेलप्रतिको लगाव देखाउँदै भनिन् । 
 
ओलम्पिक प्रतियोगितामा प्रतिस्पर्धाबाट छनोट हुनेमध्ये थोरै नेपाली खेलाडीमा पर्ने सङ्गीनाले पछिल्लो समयमा खुट्टामा भएको समस्याका कारण महत्वपूर्ण प्रतियोगिताहरु गुमाउनुपरेको थियो ।

Wednesday, February 18, 2015

बहुचर्चित नेपाली चलचित्र "जेरी" गुन्मा केनमा



    टोकियो र फुकुओकाको सफल प्रदशन पश्चात नेपाली सुपर हिट चलचित्र "जेरी" अब गुन्मा केनमा पनि पर्दशन हुदैछ I यहि आउदो फेब्रुवरी २२ तारिक आइतबारको दिन २:३० बजे बाट गुन्मा केनको ओता शि हिगासी होन्चोमा प्रदशन हुदैछ I       
   पछिल्लो समयमा नेपाली चलचित्र उधोगमा धेरै चलचित्रहरु बन्ने गरे पनि अपबाद मात्रमा सफल हुने गरेको छ यी अपबाद चलचित्र मध्ये "जेरी" को नाम अग्रणी स्थानमा आउछ युवा पुस्ताले अत्याधिक मन पराएको यो चलचित्र बक्स अफिस करोड क्लबमा पर्न सजिलै सफल रहयो निर्देशक हेमराज बिसी र मनोज शेरचन निर्माता रहेको "जेरी" टिनएज रोमान्स ड्रामा जेनरमा बनेको चलचित्र हो I
"जेरि"मा युवतीहरुको ढुकढुकी अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुको पनि बेजोड अभिनय रहेको छ I "जेरी" नेपालको उत्कृष्ट गन्तब्य मध्ये एक हिमाल पारीको जिल्ला मुस्ताङ्मा छायांकन गरिएको चलचित्र हो I कलाकारहरुको प्रस्तुति,कला,अभिनय र कथाका बाबजुत मुस्तांङ्का प्राकृतिक सम्पदाहरुको मनोरम दृश्यहरुले चलचित्र झन् उत्कृस्ट बनेको छ I 

Date:- February 22 Sunday 
Time:- 2:30pm
Venue:- Gunma Ken, Ota Shi,
            Higashi Honcho 11-15
Ticket Price:- 2000¥with dinner 
Contact:- 080 40878503 Lokendra                       (Adam Indian Restaurant)

Tuesday, February 17, 2015

अर्जेन्टिनी स्ट्राइकर डि मारियाको सम्पति सुरक्षाको लागि गोर्खा सैनिक

 अर्जेन्टिनी स्ट्राइकर एन्जेल डि मारिया रियल मड्रिड छाडेर म्यान्चेष्टर युनाइटेड पुगेका छन् । तर, बेलायतको बसाईको सुरुवातमै उनलाई अफाप भएको छ ।

दुई साताअघि मात्रै बन्दुकधारीहरुको एउटा समूहले डि मारिया बसिरहेको घरमा आक्रामण गरेको थियो । साँझ करिव साढे ७ बजे पत्नी र छोरीसँग खाना खाइरहेका बेला मारियाको घरमा बन्दुकधारी प्रवेश गरेका थिए ।

सो घटनापछि डि मारिया परिवारसहित घर छाडेर होटलमा बस्न थालेका छन् । सुरक्षाको प्रत्याभूति नभएसम्म घर नर्फकने मुडमा रहेका डि मारियालाई हालै उनका साथीहरुले समाधान सुझाएका छन् ।

बेलायती अनलाइन दि सन अनुसार म्यान्चेष्टरकै खेलाडी वायन रुनीले सम्पत्तिको सुरक्षाको जिम्मा भूपू गोर्खालाई दिन सुझाव दिएका छन् ।

भूपू गोर्खाका अगाडी कुनै पनि आक्रामणकारी घरमा प्रवेश गर्न नसक्ने भन्दै उनले उनीहरुको साथ लिन सुझाव दिएको बताइएको छ ।

आफुले पनि सन् २०१० देखि नै भूपू गोर्खालाई सुरक्षाको जिम्मा दिएको भन्दै उनले त्यसो भएमा फेरि आक्रामणको चिन्ता लिन नपर्ने बताएका छन् ।

बेलायती सेनामा काम गरिसकेका र बहादुर गोर्खालीलाई सुरक्षाको जिम्मा दिएपछि आफु र आफ्ना साथी वेष्ट ब्रोम ढुक्क भएको उनले बताएका छन् ।


Tuesday, February 10, 2015

पूर्वी भारतमा फेरी अर्को एक जापानी महिला बलात्कृत...

पूर्वी भारतमा एक जापानी विद्यार्थी पर्यटक बलात्कृत भएकी छिन | २० बर्षिय सो जापानी महिला हाल को महीना मा बलात्कृत भएकी दोश्रो महिला हूँन |
प्रहरी महानिरीक्षक अनुसार सो आरोपी ल उक्त जापानी महिलालाई जयपुरमा भेटेको र  भारत भ्रमण दौरान आफु   टूर गाइड भनेर सहयोग़ गर्ने भन्दै फसाएका थिए   |
केहि महीना पहिले बोध गयाको  बौद्ध तीर्थ केन्द्रमा जापानी महिलालाई केहि बन्दुक धारी समूहले बन्दुक देखाई सामूहिक बलात्कार गरेका थिए |
थप जानकारी वीडियो मा हनुहोस् ।

जापानको सिनियर हाई स्कूलका छात्राहरुले एक दिनमा लगभग सात घन्टा स्मार्टफोन प्रयोग गर्ने गर्दछ ....

जापानको  एक सर्वेक्षणले जनाए अनुसार जापानको सिनियर हाई स्कूलका छात्राहरुले  एक दिनमा लगभग  सात घन्टा आफ्नो स्मार्टफोन प्रयोग गर्ने गर्दछ  |
 सुचना तथा संचार सिक्योरिटी कम्पनी डिजिटल आर्ट कर्पोरेशनले जनाए अनुसार पछिल्लो वर्षको तुलनामा ४० मिनेटले वृद्धि भई प्रतिदिन सात घन्टा भएको छ |
थप जानकारी वीडियो मा हेर्नुहोस |

लोकप्रिय समाचार