Monday, April 6, 2015

हाल प्रयोगमा आइरहेको सवारी चालक अनुमति पत्र(लाईसेन्स)लाई बिधुतिय प्रणाली अन्तर्गतको स्मार्ट लाईसेन्समा परिमार्जित गरिदै

सरकारले कागजी सवारी चालक अनुमतीपत्र (लाइसेन्स) लाई विस्थापित गर्दै स्मार्ट (विद्युतीय) लाइसेन्स वितरण गर्ने भएको छ। यातायात व्यवस्था विभागले आगामी साउन १ गतेबाट चालकलाई विद्युतीय प्रणाली अन्तर्गतको स्मार्ट लाइसेन्स वितरण शुरु गर्नेछ। 
सुरुमा लाइसेन्स बनाउनेलाई विद्युतीय प्रणालीमा लगिने र तीन वर्षपछि सबै पुरानालाई स्मार्ट लाइसेन्स बनाइसक्ने विभागले जनाएको छ। स्मार्ट लाइसेन्सको अवधि १० वर्ष हुनेछ।

विभागले सोमबार एक कार्यक्रमबीच स्मार्ट लाइसेन्सको नमुना सार्वजनिक गरेको छ। स्मार्ट लाइसेन्स सार्वजनिक कार्यक्रममा केही नुमना लाइसेन्सको प्रिन्ट गरेर समेत देखाइएको थियो। स्मार्ट लाइसेन्स सार्वजनिक गर्दै विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले यो एटिम जस्तै हुने बताए। घामले नखुइलिने, पानीले नभिज्ने तथा नभाँचिने खालको हुने उनले जानकारी दिए।

'लाइसेन्सलाई व्यवस्थित र सुरक्षित बनाउन स्मार्ट कार्ड ल्याइएको हो,' उनले भने, 'यो नयाँ कार्ड वितरणपश्चात नक्कली लाइसेन्सको समस्या समेत समाधान हुनेछ।' उनका अनुसार उक्त स्मार्ट लाइसेन्सको चिप्समा चालकको सम्पूर्ण विवरहण रहनेछ ।

सरकारले एसियाली विकास बैंकको १५ करोड रुपैयाँ सहयोगमा उक्त स्मार्ट लाइसेन्स प्रयोगमा ल्याउन लागेको हो। विभागले कार्ड प्रिन्ट गर्ने ३ वटा प्रिन्टर, सफट्वेयर लगायत आवश्यक सबै प्राविधिक तथा पूर्वाधारहरु तयार पारिसकेको छ।

No comments:

Post a Comment

लोकप्रिय समाचार