Thursday, April 9, 2015

फिफा बरियतामा नेपाल १८१औं स्थानमा भुटानले एतिहासिक फडको मारी १६३औं स्थानमा


बिश्व फुटवल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ फिफा बरियातामा नेपाल एक स्थान तल झरेको छ । यसअघि १ सय ८० औं स्थानमा रहेको नेपालले एक स्थान खस्किएको हो । दक्षिण एशियामा भुटानले ऐतिहासिक फड्को मार्दै ४६ स्थान सुधार गरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको बरियातामा दक्षिण एशियामा भुटानले ऐतिहासिक फट्को मारेको छ । यसअघि फिफा बरियाताको अन्तिममा रहेको भुटानले ४६ स्थान सुधार गर्दै  १ सय ६३ औं स्थानमा पुगेको छ । भुटान नेपालभन्दा १८ स्थान माथि छ । दुई साता अघि सम्पन्न बिश्वकप छनौटमा श्रीलंकालाई हराएर दोस्रो चरणमा पुगेपछि भुटानको फिफा बरियातामा उल्लेख्य सुधार आएको हो । दक्षिण एशियामा भुटान चौथो नम्बरमा आएको छ । श्रीलंकाले १ सय ८६ बरियाता पाएको छ । दक्षिण एशियामा अफगानिस्तान १ सय ३५ औं स्थानमा छ । त्यस्तै माल्दिभ्स १ सय ४१ औं स्थानमा छ ।
बिश्वकप छनौटमा नेपाललाई हराएर दोस्रो चरणमा पुगेको भारतले २६ स्थान सुधार गर्दै १ सय ४७ औं स्थानमा पुगेको छ । त्यस्तै बंगलादेश र पाकिस्तान क्रमसः १ सय ६७ औं र १ सय ७२ औं स्थानमा छन। फिफा बरियाताको शीर्ष र दोस्रो स्थानमा बिश्वबिजेता जर्मनी र उपबिजेता अर्जेन्टिना थयावत छन । कोलम्बियालाई पछि पार्दै बेल्जियम तेस्रो स्थानमा उक्लेको छ । ब्राजिल पाँचौं स्थानमा छ । त्यस्तै नेदरल्याण्ड छैटौं, पोर्चुगल सातौं, उरुग्वे आठौं, स्विटजरल्याण्ड नऔं र स्पेन दसौं स्थानमा छन ।   

No comments:

Post a Comment

लोकप्रिय समाचार