Wednesday, April 22, 2015

टोकियोमा "रेशम फिलिली" प्रदर्शन हुने मिति अप्रिल २६ तारिक आईतबार

आउँदो आईतबार अप्रिल २६ तारिक मेगुरो कुमिन सेन्टर हलमा बहुप्रतिक्षित नेपाली चलचित्र "रेशम फिलिली" प्रदर्शन  हुदैछ I नेपाल जापान युथ क्लब द्वारा प्रदर्शन  गर्न लागिएको उक्त चलचित्र साँझ ५ बजे बाट मेगुरो कुमिन सेन्टर हलमा प्रदशन हुन लागेको हो I 

 चलचित्रको "जालमा" बोलको गीत युट्युब मार्फत एका एक हिट र भाइरल बने पछि चलचित्रको चर्चा झन् आकाशियो जसको फलस्वरूप चलचित्रले प्रदर्शन अगावै लगानी सुरक्षित गर्न पनि 
सफल रहयो I 
 मादव वाग्ले द्वारा निर्मित र प्रणब जोशी द्वारा निर्देशित चलचित्रको मुख्य भूमिकामा बिनय श्रेष्ठ, कर्मा, कामेश्वर चौरासिया र मेनुका प्रधान रहेको छ I नेपालमा शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र टोकियोमा दुइ दिन पछि आईतबार प्रदर्शन हुन लागेको हो I उक्त चलचित्र टोकियोको प्रदर्शन पश्चात फुकुओका,नागोया,ओसाका लगायत जापानका अन्य शहरहरुमा पनि प्रदर्शनमा आउने कुरा सम्बन्धित पक्षले जानकारी गराए I 
चलचित्र कस्तो छ भन्ने कौतुहल मेटाउन र जालमा बोलको गीतको आधिकारिक भिडियो हेर्न टोकियोबासी नेपालीहरुलाइ २६ तारिक सम्म कुर्नु पर्ने नै हुन्छ I 


नोट :- टोकियोको प्रदर्शन पश्चात रेशम फिलिली मे ३ तारिक फुकुओका पनि प्रदशन हुदैछ 

No comments:

Post a Comment

लोकप्रिय समाचार