Showing posts with label बलेवा सेवा समाज जापान. Show all posts
Showing posts with label बलेवा सेवा समाज जापान. Show all posts

Thursday, October 30, 2014

बलेवा सेवा समाज जापान द्धारा बाढी पिडितलाई २ लाख ६४ हजार ८ सय १६ रुपयाँ सहयोग हस्तान्तरण.....

केही महिना अगाडि बलेवा सेवा समाज जापान द्धारानेपालको सिन्धुपाल्चोक जिल्लाको माङ्खा र राम्चेको जुरे भन्ने स्थानमा परेको प्राकृतिक विपत्तिबाट उत्पन्न समस्यालाई मध्यनजर गर्दै पिडित जुरेबासीको लागि सक्दो सहयोग गर्ने हेतुले "सिन्धुपाल्चोक बाढी पिडित राहत सहयोग अभियान" संचालन गरेको थियो |
सो अभियानबाट संकलित कुल रकम २ लाख ९४ हजार ७ सय १४ जापानी यन लाई नेपाली रुपयाँमा रुपान्तरण गर्दा २ लाख ६४ हजार ८ सय १६ रुपयाँ संकलित सम्पूर्ण रकम बलेवा सेवा समाज संस्थाका भूतपुर्ब अध्यक्ष रामचन्द्र केसी ज्यू ले , काठमान्डू स्थित बिएफबिएस गोर्खा रेडियो कार्यालयमा पुगी चेक हस्तान्तरण गर्नु भएको  छ ।

साथै बलेवा सेवा समाज बाट एक बिज्ञप्ती जारी गरी सो अभियानलाई सहयोग गरि आफ्नो दानी मनको परिचय दिनु भएका जापानबासी आदरणीय नेपाली दाज्युभाई तथा दिदिबैनीहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छौं   भनी लेखिएको  छ|  
" बलेवा सेवा समाज जापान द्धारा पठाएको रकम बुझी बिएफबिएस गोर्खा रेडियो कार्यालयमा पुगी बलेवा सेवा समाज जापानको उद्देस्य बारेमा र आफ्ना तार्किक भनाईहरु सहित रकम बुझाउनु हुने भूतपुर्ब अध्यक्ष आदरणीय रामचन्द्र केसी ज्यू र सो रकम संकलन अभियानमा बिगत  डेढ महिना निरन्तर खट्नु भएका संस्थाका अध्यक्ष महेन्द्र पिसी ज्यू, सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरु र सल्लाहकार ज्यूहरुमा बलेवा सेवा समाज जापानको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौं" भनी सो बिज्ञप्तीमा लेखिएको  छ|

अध्यक्ष- महेन्द्र पिसी, महासचिब- शर्मेन्द्र पौडेल 
बलेवा सेवा समाज जापान 
टोकियो, जापान


लोकप्रिय समाचार