Thursday, September 4, 2014

विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्कमा नेपाल एकसय दुई स्थानमा

   विश्व आर्थिक मञ्चले वुधबार सार्वजनिक गरेको विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्कमा नेपाल एकसय दुई स्थानमा परेको छ । मञ्चद्वारा सार्वजनिक प्रतिवेदनमा गत वर्षभन्दा नेपाल यसपटक १५ औं स्थानले माथि उक्लेको उल्लेख गरिएको छ ।

विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्कका लागि सन् २०१४–२०१५ मा १४४ वटा देशको सर्वेक्षण गरिएको सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एडमिनिष्ट्रेसनका डा. रामचन्द्र ढकालले बताए । 
एक्जुकेटिभ ओपिनियन सर्वे २०१४ नेपालका संयोजक प्रा. डा. रमेशचन्द्र चित्रकारले विश्व आर्थिक विकासमा दक्षिण कोरियाले आफ्नो स्थान उच्च ढङ्गले वृद्वि गरेको बताए । विकासोन्मुख देशहरूको आर्थिक विकासका लागि लगानी, दक्ष सीपसहितको जनशक्ति र निजी–सार्वजनिक साझेदारितालाई बढाउनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ । - 

No comments:

Post a Comment

लोकप्रिय समाचार