Showing posts with label Teej festival in japan. Show all posts
Showing posts with label Teej festival in japan. Show all posts

Saturday, September 13, 2014

'वी फर अलद्वारा राहत कोषमा थप सहयोग'

िबदेशी भूमि जापानमा रहेरपनि समाजकाे हरेक क्षेत्र वर्ग र समूहसँग हातेमालाे गर्दै समाजकाे लागि िवभिन्न सामाजिक  र जनचेतनामूलक कार्य गर्दै आएकाे संस्था ' वी फर अल' द्वारा  राहत कोषमा  जापानी येन  ५०,००० सहयोग गरेका छन  |
' वी फर अल’ द्वारा आयोजित  महिलाहरुको महान् चाड 'हरितालिका तीज' को अवसर पारेर "तीज महोत्सब २०१४" नामक एक कार्यक्रम  गएको महिना अगस्ट २४ तारिखका दिन आईतवार भब्यरुपमा सम्पन्न भएको थियो |उई फर अल जापानको तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न.....( फोटो फिचर र भिडियो सहित)
जापान जस्तो बेस्त देशमा छरिएर बसेका नेपाली दाजुभाई दिदी बहिनीहरुको एकैठाउमा भेटघाट दुख साटासाटको अवसर जुटाउन र जापानमा  स्थापना गरेको राहतकोषको वृद्धि गर्ने   मूल  उद्देश्य का साथ सम्पन्न शो कार्यक्रम,आज मिति २०१४ सेप्टेम्बर १३ तारिक सनिबार को दिन , वी फॉर अल जापानका अध्यक्ष  श्री सराेज कुमार खत्री ज्यू ले एक  बिज्ञप्ति जारी गरी, शो कार्यक्रमबाट उठेको रकम  जापानी येन  ५०,००० जापानमै रहेकाे अर्को सामाजिक सँस्था नेपाल जापान युथ क्लब र वी फर अल द्वारा  खडा गरिएकाे "आपतकालिन राहत कोषमा " जम्मा गरिएको  शो बिज्ञाति मा जनाएका छन  | 
"साथै तीज महोत्सवलाई सभ्य र भब्य बनाईदिनु भएकोमा जापानमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदी-बहिनी, दाजुभाईहरु , कार्यक्रमलाई प्रायाेजन गर्नु भएका प्रायाेजकहरु, सम्पूर्ण मिडियाहरु लगायत जापानका सम्पूर्ण संघ-संस्था र त्यसमा आबद्द सम्पूर्ण महानुभावहरुलाई हृदयदेखिनै धन्यवाद ज्ञापन गर्दछौ र पछिल्ला वर्षहरुमाझैँ आउँदो वर्षहरुमा पनि यहाँहरूको साथ र सहयोगको हामीले आशा राखेका छौँ " ........बिज्ञप्ति मा लेखिएको छ |
तीज महोत्सब २०१४ को केहि झलक हरु वीडियोमा हेर्नुहोस ...

Monday, August 25, 2014

उई फर अल जापानको तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न.....( फोटो फिचर र भिडियो सहित)

उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन  शिंजुकू स्थित  बुंका  सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको छ  । प्रमुख अतिथी बिनिता अधिकारीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख आकर्षण रूपमा  नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल  कार्यक्रममा उपस्थित थिए भने प्रख्यात गायक रामझी खाड भने समय र हवाई टिकट को समय नमिल्दा कार्यक्रममा उपथित हुननसकेको आयोजक पक्षले कार्यक्रममा सबैलाई जानकारी दिएका थिए | नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल  ले दर्सक हरु लाई निक्कै मनोरञ्जन दिएका थिए भने  साथमा स्थानीय कलाकार बिनोद भंडारी र सूर्य खडकाले पनि दर्सक लाई निक्कै नचाएका थिए |

कार्यक्रम का केहि झलक हरु :

"WE FOR ALL" TEEJ MAHOTSAB 2014  FULL EVENT VIDEO

लोकप्रिय समाचार