Showing posts with label culture. Show all posts
Showing posts with label culture. Show all posts

Friday, October 24, 2014

आज संसार भर छरिएर रहेका नेपालीहरुले तिहारको भाई टिका पर्ब मनाउदै

   नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण तथा अन्तिम दिन शनिबार दिदीबहिनीहरुले दाजुभाइलाई भाइटीका लगाइदिँदैछन् । यस वर्षको भाइटीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३५ मिनेटमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
 
तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लाउनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए । तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्दितियाका दिन यो पर्व उत्साहका साथ मनाइन्छ।

यो पर्व दिदीले भाइलार्इ र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विधिपूर्वक पूजा गर्ने चलन छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चक पर्व यो वर्ष कात्तिक ४ गते बाट शुरु भएको हो । 
 
४ गते काग तिहार, ५ गते कुकुर तिहार, ६ गते लक्ष्मी पूजा, ७ गते गाईपूजा, गोवद्र्धनपूजा र नेवार समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल सम्वत् ११३५ एवम् म्हपूजा मनाइयो । 
 
शनिबार परेको भाइटीकालाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बली राजाका लागि आफ्नो राज्य छाडेको कथन पनि जोडिएको छ । 

Wednesday, June 25, 2014

जपानमा पनी नेपाल को जस्तै गारी खेतमा हिलो खेलने पर्व |

शीमा ,मए प्रान्त--- लगभग ४० जना बिना शर्ट को पुरुष हरु सेतो कछाड़ लगाई ऱ टाउकोमा सेतो फित्ता लगाएर नेपाल को जस्तै गारी खेतमा हिलो खेलेका छन|
यस Otaue चाडले राष्ट्रको महत्वपूर्ण अमूर्त लोक सांस्कृतिक गुण झल्काऊंडछ |


विडियो हेर्नुहोस |

लोकप्रिय समाचार