Friday, October 24, 2014

आज संसार भर छरिएर रहेका नेपालीहरुले तिहारको भाई टिका पर्ब मनाउदै

   नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण तथा अन्तिम दिन शनिबार दिदीबहिनीहरुले दाजुभाइलाई भाइटीका लगाइदिँदैछन् । यस वर्षको भाइटीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३५ मिनेटमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
 
तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लाउनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए । तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्दितियाका दिन यो पर्व उत्साहका साथ मनाइन्छ।

यो पर्व दिदीले भाइलार्इ र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विधिपूर्वक पूजा गर्ने चलन छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चक पर्व यो वर्ष कात्तिक ४ गते बाट शुरु भएको हो । 
 
४ गते काग तिहार, ५ गते कुकुर तिहार, ६ गते लक्ष्मी पूजा, ७ गते गाईपूजा, गोवद्र्धनपूजा र नेवार समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल सम्वत् ११३५ एवम् म्हपूजा मनाइयो । 
 
शनिबार परेको भाइटीकालाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बली राजाका लागि आफ्नो राज्य छाडेको कथन पनि जोडिएको छ । 

No comments:

Post a Comment

लोकप्रिय समाचार