Sunday, March 1, 2015

सौगात बिष्टले कान्छा निर्देशकका रुपमा गिनिज बुकमा नाम लेखाए

चलचित्र ‘लभ यू बाबा’ का ८ वर्षीय निर्देशक सौगात विष्ट विश्वकै कान्छा निर्देशकका रूपमा स्थापित भएका छन् । सौगात सबैभन्दा कम उमेरका निर्देशकका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाउन सफल भएका हुन् ।

 सौगातको नाम गिनिज बुकले आफ्नो आधिकारिक वेबसाइटमा राखेको छ । ७ वर्ष ३ सय ४० दिनका सौगातले ९ वर्षको उमेरमा एक भारतीय निर्देशकले राखेको रेकर्ड तोडेका हुन् । यसबीच गत शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा सौगातलाई सञ्चारमन्त्री मीनेन्द्र रिजालले गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण गरेका छन्

No comments:

Post a Comment

लोकप्रिय समाचार