Saturday, March 7, 2015

बलिवुड बादशाह शाहरुख खानको अगाडी प्रियंका कार्कीको लुंगी डान्स

 यो बर्ष नेपालको लागि सर्वाधिक बलिउड कलाकार भित्रिएको बर्ष बन्न पुगेको छ । यस बर्ष नेपालमा आमिर खान , अक्षय कुमार लगायतका कलाकार आइसकेका छन् भने शाहरुख खान पनि भोलि आउदैछन । यिनको नेपाल आगमनको कारण फरक भए पनि यो बर्ष बलिउडकर्मिको वर्षा नै भएको छ नेपालमा ।

सन्नी लियोनी , जितेन्द्र , जारीन खान , रविना टन्डन , कपिल शर्मा , अनुपम खेर लगायतका कलाकार नेपाल आइसकेका छन् । आमिर र अक्षय गुपचुप नेपाल आए भने शाहरुख आउने हल्ला पहिले देखि नै भईरहेको छ । शाहरुख सहभागी हुने कार्यक्रमको लगभग तयारी पुरा भईसकेको बुझिएको छ । भारतीय राजदुतावासले सुरक्षाको जिम्मा लिएको छ भने शाहरुख २४ घण्टा भित्र नेपालबाट फर्किने बुझिएको छ ।

फागुन २४ गते ११ बजे नेपाल ल्याण्ड हुने शाहरुखले पत्रकारलाई ह्यात रेजेन्सी होटेलमा दिउसो ४ बजे भेट्नेछन । बुझिएअनुसार शाहरुखसंग नायिका प्रियंका कार्कीले मात्र स्टेज शेयर गर्नेछिन् । श्रोत भन्छ ‘डान्स बाहेकको सबै प्रस्तुति शाहरुखको टिमले क्यान्सिल गरेको छ त्यसैले अकेशा बिष्टको उद्घोषण र विल्सन विक्रम राईको कमेडी अब शाहरुखको अगाडी प्रस्तुत गरिनेछैन ।’ कार्यक्रममा प्रियंकाले डान्स गर्ने तय गरिएको थियो ।

बुझिएअनुसार प्रियंकाले ह्यापी न्यु इयरको- लभ्ली , डनको- आज कि रात , चेन्नई एक्सप्रेसको – लुंगी डान्स , शक्तिको – इश्क कमिना , बिल्लु बार्बरको – मर्जानी मर्जानी गीतमा ७ मिनेट नृत्य गर्नेछिन् । तर प्रियंकाको नृत्य हेरिरहेका शाहरुख नृत्य गर्न स्टेजमा जान्छन या जादैनन् यो भने स्वयम् प्रियंकालाई पनि थाहा छैन रे । तर हालै टेलिभिजनको पर्दामा समेत शो होस्ट गरिरहेका शाहरुखले कार्यक्रमलाई रमाइलो बनाउनको लागि कुनै कसर पनि बाकि नराख्ने अनुमान सहजै लगाउन सकिन्छ । प्रियंकाले १२ जना कोरस सहित नृत्य गर्नेछिन् । याक एण्ड यतिमा हुने कार्यक्रममा कान्साई नेरोल्याक पेन्ट्सले छानेको व्यक्तिले मात्र प्रवेश पाउने बुझिएको छ ।

No comments:

Post a Comment

लोकप्रिय समाचार