Sunday, September 7, 2014

नेपाल फेडरेशन रनिङ कप फूटबलको तयारी पूरा ......खेल तालिका सार्वजनिक

नेपाल जापान युथ क्लवले आगामी सेप्टेम्बेर १४ तारिख आईतवारको दिन आयोजना गर्न लागेको नेपाल फेडरेशन रनिङ फूटबल कप प्रतियोगिता चौथौ औं संसकरणको सम्पूर्ण तयारी पुरा भएको छ। क्बले बिगत केही बर्षदेखी टोकियोमा लगातररुपमा हरेक बर्ष फूटबल प्रतियोगिताको आयोजना गर्दै आएका छन।
'एकता र मित्रताका लागि फूटबल' "FOOTBALL FOR YOUTH UNITY & FRIENDSHIP" भन्ने नाराका साथ नेपालका राष्ट्रिय फुटबल खेलाडी नरेश जोशीको प्रमुख अतिथ्या र एनआरएन जापानका अध्यक्ष पारशमणि पोखरेलको विषेश अतिथ्यामा सम्पन्न हुन गईरहेको उक्त प्रतियोगिता बिगतका बर्षहरुमा हुने गरेको टोकियो बे फूटवल क्लव आनामोरी ईनारी (हानेदा) मा हुनेछ।
क्लबका सचिब प्रकाश थापाले जानकारी गराए अनुसार यस प्रतियोगिताको उपाधि हात पार्न सहभागी टिमका खेलाडीहरुले बिगत ६ महिनादेखी कडा परिश्रमका साथ अभ्यास गर्दै आएका छन भने बिभिन्न देशका टिमहरुसँग मैत्रीपुर्ण खेलहरु खेल्दै आएका छन। सचिब थापाका आनुसार पहिलो पटक भएको प्रतियोगतामा १० टिमले भाग लिएका थिए भने यस पटक २२ टिमले प्रतियोगितामा भाग लिन आबेदन गरेका थिए तर खेल खेलाउन मैदानको अभाव र समयको पावन्दीले गर्दा यस पटक १६ टिममात्र प्रतियोगिताको लागी छानिएका छन।
जस आनुसार, यस पटक प्रतियोगितामा दिप युनाईटेड A, दिप युनाईटेड B, नेपाल युनाईटेड A, नेपाल युनाईटेड B, वाईएमएम JAPAN (YMM JAPAN), फुस्सा गाईज, टोकियो ब्रदर्स, गोर्खाली समाज जापान, स्याङ्जा समाज जापान, सुबारासी, मनाङ मर्स्याङदी फुटबल क्लब, जनसम्पर्क सिजोओका, कावासाकी फुटबल क्लब, वि फर अल, ड्याम साईड क्लब र रेड मेरसी फुटबल क्लबबिच काडा प्रतिष्प्रधा हुँदै छ।
यो प्रतियोगिता दुई वटा मैदानलाई चार पोलमा बिभाजित गरेर ३२ खेल खेलाईने छ। सहभागी १६ टिमले २४ लिगको खेल खेल्नेछन र हरेक पोलबाट प्राप्त अंकको आधारमा दुई टिमलाई क्वाटर फाईनलमा प्रवेश गर्नेछन। आठ टिमले क्वाटर फाईनल नकआउटको आधरमा खेलेर ४ टिम सेमी फाईनलमा प्रवेश गर्ने छन। फाईनल खेल हुन अघि नेपाल भुतपूर्व खेलाडीले अगुवाई गरेको NJYC kids टिम र गैर आवशिय नेपाल संघ जापानविच च्यारिटि खेल हुने छ।

पोल A:  मा नेपाल युनाईटेड A, दिप युनाईटेड B,  स्याङ्जा समाज जापान र वाईएएमए,
पोल B: मा टोकियो ब्रदर्स, फुस्सा गाईज,  जनसम्पर्क सिजोओका र रेड मेरसी फुटबल क्लब
पोल C: मा दिप युनाईटेड A, सुबारासी, मनाङ मर्स्याङदी फुटबल क्लब र वि फर अल,
पोल D: मा ड्याम साईड क्लब, नेपाल युनाईटेड B, गोर्खाली समाज जापान र कावासाकी फुटबल क्लब बिच प्रतिष्प्रधा हुने छ।

नोट : खेल तालिका हेर्ने को लगी  दाहिने भाग मा राखिएको फोटो लाई क्लिक गर्नुहोस 
Note: To view the Tie-Sheet,Please click on the photo given in the right side to enlarge.

त्यस्तै अध्याक्ष लामाले जापानवासी नेपाली दाज्यूभाई दिदीबहिनीहरुलाई उक्त दिन टोकियो बे फूटवल क्लवको मैदान आनामोरी ईनारीमा आएर खेलडिहरुलाई हौसेला प्रदान गरिदिन समेत अनुरोध गरेका छन।
स्मरण रहोस क्लबले प्रतियोगिताबाट संकलित रकमलाई सामजिक कार्यमा खर्च गर्दै आएका छन। यसैक्रममा सन २०१२ को प्रतियोगिताबाट संकलित आम्दानी  पर्बतका एकै परिवारका  ५ जना असहाय बच्चाहरुलाई  सहयोग गरेको थियो भने, २०१३ को  प्रतियोगिताबाट संकलित आम्दानी सिएनएन हिरो पुष्प बस्नेतलाई सहयोग गरेको थियो। फुटबल प्रतियोगिता बाहेक क्लबले हरेक बर्ष रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ।
थप जानाकारीका लागि सम्पर्क :

प्रकाश थापा: ०९०-९३८१-४०१४ 
सुमन गौचन: ०८०-४६७८-०७६५
लेलिन भट्टचन: ०८०-६५८६-५००३

No comments:

Post a Comment

लोकप्रिय समाचार