Thursday, September 25, 2014

आई फ़ोन ६ प्लस लिने ग्राहकको गुनासो .....आई फ़ोन ६ प्लस खल्तीमा राख्दा बंगिने |

गत हप्ता मात्र बिक्रीमा आएको एप्पल कंपनीको नया फ़ोन (आई फ़ोन ६ र ६  प्लस ) को उपभोक्ताहरु को गुनासो आउने थालेको छ | कंपनीले जनाए अनुसार हाल सम्म ६ ओटा आई फ़ोन उपभोक्ताहरु ले आफ्नो नया आई फ़ोन खल्तीमा राख्दा बंगिएको  बताएका छन |
अहिले नया आई फ़ोन को साथ  तातिएको सामाजिक संजाल , फेरी त्यही नया आई फ़ोनले सामाजिक संजाल लाई तताएको छ  | एप्पल कंपनीको माक रुमोर ब्लॉग ( MAC RUMOR BLOG) मा बिभिन्न  बंगिएका आई फ़ोनका तस्वीरहरु ले भरिएको छ |

पहिलो सप्ताहन्तमा एप्पल कंपनीले १० लाख भन्दा बढ़ी नया आई फ़ोन बेचिसकेको छ | आई फ़ोन ६ प्लसको डिज़ाइन ले गर्दा जति एप्पल चर्चामा आयो , त्यसको रिलीज़ पछि एप्पल त्यति नै विवादमा आयोको छ |  आई फोन ६ प्लस को तौल १७२ ग्राम र डिस्प्ले ५.५ इंच रहेको छ भने  आई फ़ोन ६ प्लस हाल सम्म कै सबै भन्दा पातलो फ़ोन भन्न पनि  सफल भएको छ | तर तेहि तौल , लम्बाई र चौड़ाई ले गर्दा कंपनी विवादमा फसेको छ |

इफोने ६ प्लस बंगिनु को मुख्या कारण:

इफोने ६ प्लस को बाहिरि बनाओट अल्युमिनियम धातुले बनेको हुन्छ र अल्युमिनियम येस्तो धातु हो जून अपेक्षाकृत नरम, टिकाउ, हल्का, नमनीय र नरम हुन्छ | र आई फ़ोन ६ प्लस पातलो , हल्का र ठूलो भएको कारण कुनै पनि टाइट लुगा,कपड़ा ,प्यान्टमा राख्दा हल्का शारीरिक बल परदामा यो बंगिन सक्ने विद्वान हरु को भनाई छ |

थप जानकारी वीडियो मा हेर्नुहोस |

No comments:

Post a Comment

लोकप्रिय समाचार