Friday, September 5, 2014

श्रीकृष्ण श्रेष्ठको कोहिनूर चलचित्रको एक महिनाको आम्दानी

२८ दिनमा सिनेमा 'कोहिनुर'ले नेपाली बक्सअफिसमा ८ करोड ५० लाख ग्रस (७ करोड ५२ लाख २५ हजार नेरु नेट) कलेक्सन गरेको छ । मुलुकका ८० पर्दाबाट फिल्मले उक्त आम्दानी गरेको हो । यो शुक्रबारदेखि फिल्मले २० पर्दा गुमाएको छ र ६० पर्दामा खुम्चिएको छ । श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का अभिनित सिनेमाले पछिल्ला सप्ताहन्तका दिनमा पनि औषत पिकअपलाई कायमै राखेको छ । कोहिनुरले गुमाएका पर्दामा बिर्खेलाई चिन्छस र मेरी कोम रिलिज भएका छन् । श्रीकृष्ण श्रेष्ठको निधनको फ्याक्टरले फिल्मले तेस्रो दिनदेखि आक्रामक कमाइ थालेको थियो । गत साउन २४ गते श्रीकृष्णको बोन क्यान्सरले दिल्लीमा निधन भएको थियो । वितरक सुनिल मानन्धरका अनुसार निर्माताले लाइफटाइम कलेक्सनबाट ४ देखि ५ करोड नेरुको बीचमा सेयर पाउनसक्छन् । यद्यपी, यसो भन्नु हतार हुनसक्छ । आकाश अधिकारी निर्देशित फिल्मले दिल्लीमा बेचिएका नेपाली युवतीहरुको उद्दारको कथा पेश गर्छ । 

No comments:

Post a Comment

लोकप्रिय समाचार