Wednesday, June 11, 2014

बिश्वकप फुटबलमा कछुवा द्वारा भबिस्यबाणी:-पहिलो खेल ब्राजिलको पक्षमा

विश्वकप फुटबल कसले जित्छ भनेर अनुमान लगाउन गाह्रो छ । तर, विश्वकपको उपाधि कसले जित्छ भनेर जनावरबाट अनुमान लगाउने क्रम सुरु भएको छ ।

मंगलबार राति ब्राजिल र क्रोएसियाबीचको उद्घाटन खेल कसले जित्छ भनेर कछुवालाई पूर्वामानुमान गरिएको छ । ठूलो टाउको भएको कछुवाले घरेलु टोली रोजेको छ ।

पोखरीमा ब्राजिल र क्रोएसियाको झण्डा झुण्ड्याइएको २५ वर्षको भाले समुन्द्री कछुवालाई माछा खान दिइएको थियो । जसमा उसले ब्राजिल रोजेको छ ।

दक्षिण अफ्रिकामा भएको २०१० को विश्वकपमा पल अक्टोपस निकै चर्चामा रहृयो । जर्मनीको यो अक्टोपसको पूर्वामानुमान सुरुमा मिलेको थियो ।

तर, सेमिफाइनलमा स्पेनले जर्मनीलाई हराएपछि उनको पूर्वामानुमान फेल खाएको थियो । विश्वकपको झण्डै चार महिनापछि आठ खुट्टे पल अक्टोपस मरेको थियो ।


No comments:

Post a Comment

लोकप्रिय समाचार