Saturday, June 21, 2014

तेरिया फौजा मगरले नेपालीको शिर उचो गराईन

डि आइ डि लिटिल मास्टर सिजन थ्रीको उपाधी नेपाली प्रतियोगि टेरिया मगरले जितेकी छिन् । अन्य ३ प्रतिपर्धिलाई पछि पार्दै उनले उपाधी जितेकी हुन ।
 
विगत साढे ३ महिनादेखि सञ्चालित प्रतियोगितामा अन्तिम चारमा पुगेकी टेरिया गए राती भएको फाइनल प्रतियोगिताबाट प्रथम भएकी हुन् । 
 
गए राती सम्पन्न लिटिल मास्टर सिजन थ्री प्रतियोगितामा नेपाली मुलकै दार्जिलिङकी आकांक्षा क्षेत्री उप विजेता बनेकी छिन् । सो प्रतियोगिताका लागी ४ लाखले आवेदन दिएकोमा अन्तिम १६ विच प्रतियोगिता सञ्चालन भएको थियो । 
 
रुपन्देहीको रुद्रपुर घर रहेकी टेरियाको जित संगै आम नेपालीहरुले नेपालमा र नेपालीहरु तथा नेपाली मुलका भारतिय नागरिकले नयाँ डिल्ली सहित भारतमा खुसियाली मनाएका छन् । 


No comments:

Post a Comment

लोकप्रिय समाचार