Friday, June 13, 2014

नेदरल्याण्डले लियो बदला डिफेनडिंग च्याम्पियनको लज्जास्पद हार

    डिफेन्डिङ च्याम्पियन स्पेनका लागि यो भन्दा खराव सुरुआत अरु हुन सक्ने छैन् । नेदरल्यान्ड्सका लागि भने यो चार वर्ष अगाडि फाइनलमा बेहोरेको हारको मीठो बदला रह्यो ।स्पेनमाथि नेदरल्यान्डको बदला

 विश्वकप ०१४ को पहिलो हाइप्रोफाइनल खेलमा नेदरल्यान्ड्सले शनिबार स्पेनलाई ५-१ ले पराजित गर्यो । अन्तर्राष्ट्रिय फुटबलमा स्पेनले बेहोरेको यो सर्वाधिक खराव हारका रूपमा रहनेछ ।

एरिना फोन्टे नोभामा डच टिम एक गोलले पछाडि रहेर सुन्दर जित रच्न सक्षम भएको हो । स्पेनी टिमका लागि यो लज्जास्पद हार सावित भएको छ । सन् २०१० मा दक्षिण अपि|mकामा भएको विश्वकपमा स्पेनले नेदरल्यान्डलाई हराएको थियो । त्यस विश्वकपसँगै दुई संस्करणको युरोपेली विजेता रहेको स्पेनको समूह 'बी' को यस हारले उसको उपाधि रक्षा गर्ने अभियानमा ठूलो धक्का लागेको छ ।

अब स्पेनले दोस्रो चरण पुग्न पनि संघर्ष गर्नु पर्नेछ । जितले नेदरल्यान्ड्स भने आप\mनो समूहमा सुरुआती अग्रता लिन सफल भएको छ । चार वर्ष अगाडि पनि स्पेन आप\mनो पहिलो खेलमा भने पराजित रहेर पनि उपाधि जित्न सफल भएका थियो । त्यति बेला स्पेन स्विट्जरल्यान्डसँग पराजित रहेर पनि उपाधिसम्मको यात्रा तय गरेको थियो ।

यसपल्ट भने डच टिमविरुद्ध बेहोरेको यो हारबाट माथि उठ्न भिन्सेन्ट डेल बस्कको स्पेनलाई सजिलो हुने छैन् । खेलमा स्पेनले २७ औं मिनेटमा जाभी एलोन्सोको गोलले अग्रता लिएको थियो । एलोन्सोले पेनाल्टीबाट गोल गरेका थिए । त्यसयता खेल एकपक्षीय जस्तै रह्यो र प्रशिक्षक लुइस भान गालको डच टिमले अविश्ववसनीय रूपमा पाँच गोल फर्काउन सक्यो ।

उसका लागि कप्तान रोबिन भान पर्सिले ४४ औं मिनेटमा पहिलो गोल गरे । आरेन रोबिनले ५३ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई पहिलो पल्ट अग्रता दिलाए । स्टेफान डे भि्रजले ६४ औं मिनेटमा तेस्रो गोल गरे । भान पर्सिले ७२ औं मिनेटमा चौथो गोल गरे भने रोबिनले ८० औं मिनेटमा फेरि अर्को गोल थपे ।

No comments:

Post a Comment

लोकप्रिय समाचार