Saturday, June 21, 2014

जर्मनी र घाना बिचको खेल बराबरीमा सकियो ,मिरोस्लाभ क्लोजको १५औ गोल

  पहिलो खेलमा पोर्चुगललाई ४-० ले हराएर उत्कृष्ट सुरुआत गरेको जर्मनीलाई फोर्तालेजामा आइतबार अपि|mकी मुलुक घानाले २-२ को बराबरीमा रोकेको छ । त्यसमा जर्मन फरवार्ड मिरोस्लाभ क्लोजले विश्वकप फुटबलको कीर्तिमानी 
१५औं गोल गरे ।चारै गोल दोस्रो हाफमा भए । मारियो गोत्जेले ५१ औं मिनेटमा हेडर गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेट नबित्दै आन्द्रे आयवले गोल गर्दै घानालाई १-१ को बराबरीमा पुर्याए । उनले पनि हेडद्वारा गोल गरेका थिए ।जर्मनी पनि रोकियो, क्लोजको कीर्तिमान

त्यसपछि अग्रता लिने पालो भने घानाको रह्यो । असमोह जियानले जर्मन किपर म्यानुएल नेउरलाई कुनै मौका नदिई ६३ औं मिनेटमा लोभलाग्दो गोल गरेपछि घाना २-१ ले अघि बढ्यो । तर, मिरोस्लाभ क्लोजले जर्मनीलाई बराबरीमा फर्काए ।

सब्स्टिच्युटको रुपमा मैदान प्रवेश गरेलगत्तै क्लोजले ७१ औं मिनेटमा गोल वान टचमार्फत् बललाई गोल लाइन पार गराएर जर्मनीलाई २-२ को बराबरीमा पुर्याएका थिए ।
क्लोजले विश्वकप फुटबलमा १५ औं गोल गरेका हुन् । योसँगै उनले विश्वकपमा सर्बाधिक गोल गर्ने खेलाडीमा ब्राजिलका रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन् । क्लोजले विश्व्कप २००२ र २००६ मा ५-५ तथा २०१० मा ४ गोल गरेका थिए । उनी अर्को खेलमा गोल गर्दै सर्बाधिक गोलकर्तामा आफ्नो मात्रै नाम लेखाउन सक्नेछन् ।

पहिलो गोल गरेका मारियो गोत्जे म्यान अफ दि म्याच चुनिए । घानाले प्रशंसयोग्य खेल पस्कियो । जर्मनीको खेल अझ उत्कृष्ट थियो । उसले ५९ प्रतिश बल पोजेसन आफ्नोमा राख्यो । तर, थप गोल भने गर्न सकेन । अब उसले नकआउट प्रवेशको लागि निर्णायक खेलमा अमेरिकाको सामना गर्नेछ । घानाको भाग्य पोर्चुगलविरुद्धको नतिजाले निर्धारण गर्नेछ ।

No comments:

Post a Comment

लोकप्रिय समाचार