Saturday, June 28, 2014

जर्मनीका गोलमेसिन थोमस मुलर गोल्डेन बुट होइन बिश्वकप ट्रफी नै चाहन्छन

mullerererer   चार वर्षअघि गल्तीले डिएगो म्याराडोनाले जर्मनीका खेलाडी थोमस मुलरलाई बल-ब्वाई भनेर बोलाएका थिए । उनले दक्षिण अफ्रिकामा भएको त्यो विश्वकपमा गोल्डेन बुट नै जिते, ५ गोलसहित ३ गोलको सिर्जना गरिदिएर । जर्मनीले सोमबार अन्तिम १६ मा प्रतिस्पर्धा गर्दा उसको अघि अल्जेरिया हुनेछ । जर्मनीले उसलाई पन्छाए, क्वाटरफाइनलमा मराकाना रंगशालामा फ्रान्स वा नाइजेरियाको सामना गर्नेछ ।

'हाम्रो टिमको भावना र भाग्यका आधारमा हामीसँग ठूलो योजना छ । हामी धेरै अघि जान सक्छौं,' मुलरले भने । उनकै चार गोल मदतले जर्मनीले समूह 'जी' मा विजेताका रूपमा रह्यो । चौबीस वर्षीय मुलरले नौ विश्वकप खेलमा नौ गोल नै गरेका छन् । मुलर पछिल्लो पटक चार वर्षअघि म्याराडोनाले प्रशिक्षण गरेको अर्जेन्टिनालाई ४-० ले क्वाटरफाइनलमा हराउँदा हाँसेका थिए । बायर्न म्युनिकका यी स्टार गोल्डेन बुटका साथै उत्कृष्ट युवा खेलाडी पनि भएका थिए । चार वर्षपछि उनी फेरि गोल्डेन बुट पाउने तयारीमा छन् । एट्याकिङ मिडफिल्डर मुलरले बिहीबार अमेरिकाविरुद्ध १-० को जितमा गोल गरेका थिए ।

साथै उनले पोर्चुगलविरुद्ध ४-० को खेलमा ह्याटि्रक गरेका थिए । मुलर सन् २०१४ को गोल्डेन बुटको दाबेदारीमा ब्राजिलका नेयमर र अर्जेन्टिनाका लियोनल मेसीभन्दा अग्रपंक्तिमा छन् । सबैले समान ४ गोल गरेका छन् । मुलरले मारियो गोत्जेलाई गोलको अवसर पनि सिर्जना गरिदिएका थिए । त्यो खेलमा जर्मनीले घानासँग २-२ को बराबरी खेल्यो । उनलाई जर्मनीका म्याराडोना भने नभन्नु । 'कृपया, छैन,' मुलरले संवाददाताहरूलाई जवाफ दिए ।

नौ गोलले उनी प्रतियोगितामा बढी गोल गर्ने खेलाडीको सूचीमा आठौं स्थानमा छन् । मुलर अहिले जर्मनीलाई चौथो विश्वकप जिताउने अभियानमा छन् । 'म नौ गोल गर्न सफल भएँ । त्यो मेरा लागि राम्रो हो,' उनले जर्गेन क्लिन्सम्यानविरुद्धको अमेरिकालाई हराएपछि भने,'मलाई गोलको कीर्तिमानले कुनै आनन्द दिएको

छैन । मसँग यसअघि नै गोल्डेन बुट छ ।' उनले थपे,'म टिमलाई विश्व च्याम्पियन बनाउन चाहन्छु । मैले जित्न नसकेको कुरा त्यही हो ।'

उनले जर्मनकै मिरोस्लाभ क्लोज र ब्राजिलका लेजेन्ड रोनाल्डोको कीर्तिमानी १५ गोल तोड्न सक्छन् । तर उनले जर्मनीका लागि जसले गोल गरे पनि टिमले जिते हुने बताए । क्लोज रोनाल्डोको रेकर्ड तोड्न एक गोलले पछि छन् । क्लोजले घानाविरुद्ध २-२ को बराबरीमा गोल गर्दै रोनाल्डोको १५ गोलको कीर्तिमानसँग बराबरी गरेका थिए । 'उनी धेरै दौडिए र राम्रो खेले । आशा गरौं उनले धेरै गोल गरून् र गोल्डेन बुट घरमा लिएर जाउन,' क्लोजका बारेमा मुलरले भने । क्लोजले सन् २००६ को विश्वकपमा गोल्डेन बुट जितेका थिए ।



No comments:

Post a Comment

लोकप्रिय समाचार