Wednesday, June 11, 2014

फुटबलका हस्तीहरु ब्राजिल पुग्दै, दुलहीझैं सिंगारियो ब्राजिल

  जुन १२ बाट सुरु हुने विश्वकप फुटबलका लागि विश्वभरका खेलाडीहरु ब्राजिल पुग्ने क्रम जारी छ । विश्व फुटबलका एकसेएक हस्ती राष्ट्रका खेलाडीहरु धमाधम ब्राजिल ओर्लिरहेका छन् ।

ब्राजिल पुग्ने टीममा विश्वकपकै दावेदार मानिएका अर्जेन्टिना, फ्रान्स, उरुग्वेलगायत देशका फुटबलका महान् हस्ती खेलाडीहरु छन् । खेलाडी र खेल
पदाधिकारीहरुलाई सम्बन्धित होटलमा कडा सुरक्षाकाबीच राखिएको छ ।

उत्साह र उमंग बोकेर फुटबलमा महान् मानिने पेलेको देश ब्राजिल ओर्लनेमा वर्तमानका चर्चित फुटबलर अर्जेन्टिनी खेलाडी लियोनल मेसी र फ्रान्सका करीम बेन्जामलगायत छन् ।

विश्वकपको पूर्व सन्ध्यामा ब्राजिल दुलहीझै सिंगारिएको छ । एकसेएक रंगशाला निर्माण, चौडा र ठूला सडकहरु, सडक र बजार चारैतर्फ ब्राजिल र विश्वका झण्डाहरुले रंगिएका छन् ।

फुटबलको ज्वरोमा तातिएका बेला केही विरोधीहरुका कारण ब्राजिलियन सरकारको टाउको दुखाइ बनेको छ । जनतालाई महँगीको मार थोपरेर विश्वकप आयोजना गरेको भन्दै विरोधीहरुले लगायतर विरोध प्रदर्शन गर्दै आएका हुन् । (एजेन्सी) 

No comments:

Post a Comment

लोकप्रिय समाचार