Thursday, June 26, 2014

ब्राजिलियन फुटबल स्टार नेमार अन्डर वयरका कारण बिबादमा

      ब्राजिलियन स्ट्राइकर नेइमारले अनधिकृत पेन्टी लगाएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघले छानबिन गर्ने भएको छ । ब्राजिलले क्यामरुनलाई ४–१ ले हराएको खेलमा नेइमारले आफूले लगाएको पेन्टी देखाएका थिए ।

नेइमारले त्यो पेन्टी कुनै कम्पनीको विज्ञापन गर्ने हेतुले देखाएका हुन् वा होइनन् भन्ने बारेमा फिफाले छानबिन गर्न लागको हो ।

टिमको आधिकारिक प्रायोजक बाहेकका लोगो तथा उत्पादनको विज्ञापन अंकित सामग्री खेलाडीले खेलका क्रममा प्रयोग गर्न नपाइने व्यवस्था छ । यो व्यवस्थाको उल्लंघन गर्दैै नेइमारले कुनै कम्पनीको प्रचार गर्ने हेतुले त्यो कट्टु देखाएको पाइए उनी कारवाहीको भागीदार बन्नेछन् ।

No comments:

Post a Comment

लोकप्रिय समाचार