Tuesday, July 1, 2014

विश्वकपमा क्वाटरफाईनलका खेलहरु शुक्रवार रातीबाट

   ब्राजिलमा जारी विश्वकप फुटबलको क्वाटरफाईनल समिकरण पुरा भएको छ । प्रतियोगिताको पहिलो क्वाटरफाईनल खेलमा शुक्रवार वेलुकी जर्मनी र फ्रान्स भिड्नेछन् । नेपाली समय अनुसार वेलुकी पौने १० वजे हुने खेल तीन पटकको विश्व च्याम्पियन जर्मनी र एक पटकको च्याम्पियन फ्रान्स दुवैका लागि कठिन हुनेछ ।

क्वाटरफाईनलको
दोस्रो खेलमा शनिवार विहान पौने दुई वजे ब्राजिल र कोलम्बिया भिड्नेछन् । राउण्ड अफ सिक्सटिनमा चिलीलाई पेनाल्टी शुट आउटमा हराँउदै ब्राजिल क्वाटरफाईनलमा पुगेको हो ।

सोही चरणमा कोलम्बियाले अर्को लेटिन अमेरीकी मुलुक उरुग्वेलाई २-० ले हराएको थियो । ब्राजिल र कोलम्बिया दुवै टोली समुहका विजेता हुन् ।जारी विश्वकपको तेस्रो क्वाटरफाईनल खेल शनिवार वेलुकी पौने १० वजे अर्जेन्टिना र बेल्जीयमविच हुनेछ ।

राउण्ड अफ सिक्सटीनमा अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई तथा बेल्जियमले अमेरीकालाई अतिरिक्त समयमा हराएका थिए । लियोनल मेस्सीको टीम अर्जेन्टिना विश्वकपको मुख्या दावेदार हो ।

विश्वकपको अन्तिम क्वमाटरफाइनल खेल आईतवार विहान पौने २ वजे नेदरल्याण्ड्स र कोष्टारिकाविच हुनेछ । अघिल्लो विश्वकपको उपविजेता टोली नेदरल्याण्ड्स यसपटक विजेता बनेरै घर फर्कीने सुरमा छ ।

समुह चरणमा चिली, स्पेन र अष्ट्रेलियालाई हराँउदै विजेता बनेको नेदरल्याण्ड्सले राउण्ड अफ सिक्सटिनमा भने मेक्सिकोमाथि २-१ को नाटकीय जीत निकालेको थियो । आयर्न रोबेन, रवीन भन पर्सी र वेस्ले स्नाईज्डरको बलमा नेदरल्याण्ड्स यसपटक उपधि उचाल्ने प्रयासमा छ ।

No comments:

Post a Comment

लोकप्रिय समाचार