Friday, July 4, 2014

जारी बिश्वकपमा क्वाटरफाईनलका खेल आज बाट शुरु

 
  ब्राजिलमा जारी विश्वकप फुटबलमा आजदेखि क्वार्टरफाइनल खेलहरु सुरु हुँदैछन् । पहिलो भिडन्त आज बेलुकी पौने १० बजे जर्मनी र फ्रान्सबीच हुनेछ ।

रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने खेल तीन पटकको विश्व च्याम्पियन जर्मनी र एक पटकको च्याम्पियन फ्रान्स दुवैका लागि कठिन हुनेछ । ब्राजिलको गर्मीमा खुलेर खेल्न नसकिरहेका दुई युरोपियन राष्ट्रहरुबीचको भिडन्तलाई निकै महत्व दिइएको छ ।

‘राउण्ड अफ सिक्सटिनमा अल्जेरियालाई हराउँदै जर्मनी तथा नाइजेरियालाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा पुगेका थिए । जर्मनीले समूह चरणमा पोर्चुगल र अमेरिकालाई हराएको थियो भने घानासँग बराबरी खेलेको थियो ।

यसैगरी, फ्रान्सले समूह चरणमा स्वीट्जरल्याण्ड र होण्डुरसलाई हराएको थियो भने इक्वेडरसँग बराबरी खेलेको थियो ।


विश्वकप फुटबलको दोस्रो क्वार्टरफाइनल खेलमा भोलि बिहान पौने दुई बजे ब्राजिल र कोलम्बिया भिड्नेछन् । ‘राउण्ड अफ सिक्सटिन’मा चिलीलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो । सोही चरणमा कोलम्बियाले अर्को लेटिन अमेरिकीमुलुक उरुग्वेलाई २–० ले हराएको थियो ।

ब्राजिल र कोलम्बिया दुवै टोली समूहका विजेता हुन् । ब्राजिलले समूहमा क्रोएसिया र क्यामरुनलाई हराएको थियो भने मेक्सिकोसँग बराबरी खेलेको थियो ।

उता, कोलम्बियाले भने समूहका सबै खेल जित्ने क्रममा आइभोरी कोष्ट, जापान र ग्रीसलाई पन्छाएको थियो । जारी विश्वकपमा सर्वाधिक गोल गर्ने होडमा रहेका कोलम्बियाका जेम्स रोड्रिग्वेजले ५ गोल गरिसकेका छन्भने ब्राजिलका नेइमारको नाममा चार गोल रहेको छ ।

त्यसैले यो खेल दुवै टोलीका लागि प्रतियोगितामा टिकिरहन महत्वपूर्ण भएसँगै व्यक्तिगतरुपमा पनि नेइमार र रोड्रिग्वेजको भिडन्तको रुपमा हेरिएको छ । बार्सिलोनाका चर्चित स्ट्राइकर नेइमार र फ्रेन्च क्लब मोनाकोका कमै नाम सुनिएका स्ट्राइकर रोड्रिग्वेजमध्ये जसको दिन लाग्छ, उसैको टोलीले खेल जित्नसक्ने अनुमान धेरैको छ ।

यो खेलको विजेताले सेमिफाइनलमा फ्रान्स र जर्मनीबीचको पहिलो क्वार्टरफाइनल विजेतासँग खेल्नेछ 

No comments:

Post a Comment

लोकप्रिय समाचार