Friday, July 11, 2014

बिश्वकपमा नियम तोडे बापत फिफा द्वारा अर्जेन्टिना कारबाहीमा


प्रतियोगिताका क्रममा देखाएको व्यवहारको भ्रत्सना गर्दै फिफाले अर्जेन्टिनालाई ३ लाख स्वीस फ्र्याँक अर्थात झण्डै ३ करोड २५ लाख नेपाली रुपैयाँ बराबरको आर्थिक जरिवाना गरेको छ ।

विश्वकप फुटबलका नीति नियम तोडेको भन्दै फिफाको अनुशासन समितिले अर्जेन्टिनाको फुटबल संघलाई ३ लाख स्वीस फ्र्याँक जरिवाना गर्ने निर्णय गरेको हो । खेलपछिको पत्रकार सम्मेलनमा टिमका मुख्य प्रशिक्षक र एक जना खेलाडी उपस्थित हुनु पर्नेमा मुख्य प्रशिक्षक मात्र उपस्थित भएर अर्जेन्टिनाले नियम तोडेको फिफाको दावी छ ।

समूह चरणमा अर्जेन्टिनाले नाइजेरिया, स्वीट्जरल्याण्ड र बेल्जियमसँगको खेलपछिको पत्रकार सम्मेलनमा अर्जेन्टिनाका प्रशिक्षक अलेजेन्द्रो साबेला मात्र उपस्थित थिए  । यस्तै सेमिफाइनलमा नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएपछि पनि कुनै खेलाडी पत्रकार सम्मेलनमा उपस्थित भएका थिएनन् । खेलको पूर्वसन्ध्यामा र खेल लगत्तै हुने पत्रकार सम्मेलनमा प्रशिक्षकका साथमा टिमका एक जना खेलाडी पनि उपस्थित हुने पनि व्यवस्था छ । अर्जेन्टिनाले विश्वकपको फाइनलमा आइतबार राती जर्मनीसँग खेल्दै छ  ।

No comments:

Post a Comment

लोकप्रिय समाचार