Thursday, July 3, 2014

पेनाल्टी हान्दा नर्भस हुन्छु :नेमार

जारी विश्वकपको प्रिक्वार्टरफाइनल चिलीविरुद्धको खेल ट्राइब्रेकरमा पुग्दा पेनाल्टी सुटआउट पश्चात् २२ वर्षीय स्टार खेलाड िनेमारले यस्तो खुलासा गरेका हुन् । 

      उनले भनेका छन्, ‘पेनाल्टी सहजै हान्न त हान्छु । तर, निर्णायक क्षणमा पेनाल्टी हान्न मलाई निकै डर लाग्ने गर्छ र नर्भस हुने गर्छु । पेनाल्टी हान्नुआगाडि पेनाल्टी स्पट र गोलपोस्टको दूरी पाँच किलोमिटर टाढा जस्तो लाग्छ । त्यति लामो दूरीबाट कसरी गोल गर्ने भन्ने सोच्छु ।’

नेमारले अझै निर्णायक पेनाल्टी हान्ने पालो उनकै परेमा झन् बढी नर्भस हुने खुलाए । उनले विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनका कारण धेरैले ब्राजिलको यसपटकको उपाधिका लागि उनैमाथि आशा गरिरहेका बेला नेमारले यस्तो बताएका हुन् ।

समूह चरण र प्रिक्वार्टरफाइनलमा नेमारकै प्रदर्शनका कारण ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो । यसका लागि ब्राजिले प्रिक्वार्टरफाइनलमा चिलीको कडा सामना गर्नुपरेको थियो । सो खेल ट्राइब्रेकरसम्म पुग्दा पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो ।


No comments:

Post a Comment

लोकप्रिय समाचार