Monday, July 7, 2014

ब्राजिलका कप्तान सिल्भाले विश्वकपको सेमीफाईनल खेल गुमाउने पक्का

 


ब्राजिलका डिफेन्डर एवं कप्तान थियागो सिल्भाले विश्वकपको सेमीफाईनल खेल गुमाउने पक्का भएको छ । कोलम्बिया विरुद्धको खेलमा पहेलो कार्ड खाएपछि सिल्भाले प्रतियोगितामा दुई पहेलो कार्ड व्यहोरेका थिए ।

उनलाई दिईएको दोस्रो पहेलो कार्ड अनावश्यक भन्दै ब्रजिलले फिफाको अनुशाशन कमिटि समक्ष उजुरी दिएको थियो । तर फिफाले कानुनी अड्चन भन्दै ब्राजिलको उजुरी अस्विकार गरेपछि सिल्भाले जर्मनी विरुद्धको खेल गुमाउने पक्का भएको हो ।

उनको ठाँउमा जर्मन क्लव बायर्न म्युनिखका डिफेन्डर दाँतेले खेल्नसक्ने अनुमान गरिएको छ भने घाईते फरवार्ड नेयमारको ठाँउमा विंगर विलियनलाई पहिलो रोजाईमा पारीने धेरैको विश्वाश छ ।


ब्राजिलको प्रतिद्धन्दी जर्मनी भने सुरुवाती ११ मा कुनै परिवर्तन गर्न बाध्य छैन् । वाकिम लोउको टोलीका सबै खेलाडी सेमीफाईनल भिडन्तको लागि फिट छन् । यो खेललाई सन् २००२ को विश्वकपको फाईनल खेलको रि म्याच भनिएको छ । त्यतीवेला जर्मनीलाई हराँउदै ब्राजिलले उपाधि जितेको थियो 

No comments:

Post a Comment

लोकप्रिय समाचार